Advertisement

Responsive Advertisement

बाइबल अध्ययन २: करार भाग १ || बुधबार, फाल्गुन २३, २०८० || बेलुका ८.१५-९.५५ || Aradhana Platform

 Shorts Playlist: Anyway Door

Video sessions Playlist: Anyway Door


१. "करार" भनेको के हो? "करार" ले के कुराको प्रतिनिधित्व गर्दछ? 

सरल बुझाईमा यो एक वैधानिक सम्झौता हो | यसमा दुई पक्षहरू एक निश्चित लक्षलाई हासिल गर्न सँगै यात्राका लागि मन्जुरी गर्छन् | यसमा सहकार्य, प्रतिज्ञा, शर्तहरू, चिह्नहरू आदि समावेश हुन्छन् | यो व्यक्तिगत र सम्बन्धजनक स्वभावको हुन्छ | यसले कुनै पनि लक्ष हासिल गर्नका लागि आपसी सहकार्यको महत्त्वको प्रतिनिधित्व गर्दछ |


२. "बाइबल" मा पुरानो र नयाँ करार किन छुट्याइएको छ ?

बाइबल परमेश्वरको एक ऐतिहासिक कथा हो जहाँ उहाँले संसार र मानिसलाई सृष्टि गर्नुभई उनीहरूद्वारा नै उहाँको राज्य संसारमा फैलाउने एक दर्शन तथा लक्ष बनाउनुभयो | तर मानिसको विफलताका कारण त्यो योजना पुरा हुन सकेन | यद्दपी, त्यो योजनालाई उहाँले पुरा गर्ने प्रतिज्ञा उहाँले गर्नुभयो | यहि यात्रामा आफ्नो योजना पुरा गर्न उहाँद्वारा पुरानो र नयाँ करारको स्थापना हुन गयो |


३. "पुरानो करार" भनेको के हो? 

येशु आउनु अघि स्थापना गरिएको करार नै पुरानो करार हो जसमा व्यवस्था र आज्ञापालनको प्रमुख खेल थियो | यस करारले मानव जातिको पतित स्वभावलाई देखाउँदछ | परमेश्वरले कसरी एक व्यक्तिबाट शुरु गर्दै, परिवार, जाति र राज्य खडा गर्दै आफ्नो योजना अघि बढाउनुभयो भन्ने बारे यसमा स्पष्ट देख्न सक्छौं |


५. "नयाँ करार" भनेको के हो? 

येशुको आगमन र मृत्यु पश्चात् स्थापित गरिएको करार नै नयाँ करार हो | यो एक अनुग्रहको करार हो | यसमा पुरानो करारका कुनै पनि बोझ हामी माथि लगाइएको छैन तर ती सबै ख्रीष्ट येशुमा नै हाम्रा खातिर पुरा गरिएको छ | परमेश्वरको योजना अब नयाँ करार मार्फत पुरा हुँदै जानेछ जसमा उहाँले आफ्नो पवित्र आत्मा द्वारा मानव जातिलाई नविकरण गर्नुहुनेछ |


Post a Comment

0 Comments