Advertisement

Responsive Advertisement

धर्मको व्यापार? डलरको लालच? अनि फेरी त्यत्रो दुख किन?

 


इसाईहरू सोझा साझाहरूलाई पैसाको लोभ-लालच देखाई धर्म परिवर्तन गराउँछन् !

 

मेरो प्रश्न: फाइदा के?

पैसाको लागि नै त्यस्तो गरिएको हो त? अनि आफैं सोच्नु, जाबो पैसाको व्यापार र खेती गर्न यत्रो नाटक र भ्रम जसका लागि बाइबल कलेज चाहिने रे! बाइबल नियमित पढ्न पर्ने रे! विविध सिद्धान्तहरू र त्यसको पुष्टि! त्यस माथि पनि येशुको बारे जान्नै पर्ने, उहाँको जीवन इतिहास, प्रमाणहरू, उत्पत्ति देखि प्रकाश सम्मको अध्ययन र प्रमाण सहितको विश्वास कि ती सब भरोसा गर्न योग्य छन् ! व्यक्तिगत जीवन गवाहीहरू! मिसनरीहरूका त्याग!  मण्डली इतिहासमा झूटा शिक्षाहरू बीच संघर्ष, बाइबलका पाण्डुलिपिहरूको सुरक्षा एवम् होशियारपूर्वक अनुवाद, संसार भर परोपकारी कामहरू, मानिसहरूलाई जल्दाबल्दा आशा दिने काम आदि इत्यादि सब थोक केवल लोभ-लालच देखाई कमाई खाने भाँडो बनाउन? अनि डलर पाउँछ भनेर इसाई त बनियो तर बिचरा सोझा-साझाहरूलाई के थाहा कि विश्व इतिहास पढाएको जस्तो पो गरि बाइबल पढाउने रहेछ! यस्तो प्रकारले कि साँच्चै येशुमा मात्रै आशा छ! त्यो पनि मुक्ति को? सायद यस्तो दुख त हाम्रा अरु धर्मका छिमेकीहरूले कहिल्यै गरेनन् ! किन गिता पढ्नु र? किन वेद पढ्नु र? किन कुरान पढ्नु र? बेक्कार किन दुख हैन? बरु लोभ-लालच देखाई डलरमा बिकाउनेहरूले पो त्यत्रो दुख गरे त! अनि हामी चाहिँ तिनीहरूको पछि लाग्ने? त्यो पनि सित्तैको मुक्ती पाउन? हाम्रो अस्तित्वको अर्थ थाहा गर्न? परमेश्वरलाई चिन्न ? जीवनको अर्थ जान्न? येशुलाई पछ्याएर अनन्त जीवन प्राप्त गर्न? कत्तिन डलर कमाइएला भनेको त यी कुराहरू पो पाइने रहेछ त! बेकार है?

 

साच्चै क्या! फाइदा के?


Post a Comment

1 Comments