Advertisement

Responsive Advertisement

के बाइबल मलाई स्वीकार्य छ ?

 


प्रश्न सोध्नु जति सरल छ, त्यति नै सरल आजको युगमा अलि समय दिएर अध्ययन गर्नुमा पनि छ ।


१) प्रभुले एक छनौट दिनुभएको थियो । आदम र हव्वा दुबैले सहि र गलतका लागी उहाँको नियम र मापदण्ड स्वीकार गर्ने कि आफ्नो स्व-इच्छाको नियम र मापदण्ड अनुसार चल्ने । उनीहरूको गलत छनौटका कारण परमेश्वरको महिमाबाट उनीहरू अलग्गिन पुगे । यसै सत्यतालाई त्यो समयको मानिसहरूको भाषामा बुझाउन खोजिएको थियो ।

२) तत्काल आदम हव्वा नमर्नुको कारण हिब्रूमा हेर्ने हो भने खास उनीहरू मृत्युको मुखमा पुग्नेछ भनेर बताइएको छ । प्रभुले झूटो बोल्नु भएको थिएन तर यति कुरा थियो कि उहाँबाट छुट्टीएर उनीहरू जिउन सक्दैनन् भन्ने सत्यता बताउन खोजिएको हो । हव्वा र सर्पले मृत्यु सम्बन्धि व्यक्त गरेका आफ्ना भनाइ परमेश्वरको आशय भन्दा फरक पाइन्छ । सर्पले विशेष धोखा दिने काम गरेको थियोे ।

३) ३, ४ र ५ मा मानवीय कमजोरीहरू र इतिहासमा प्रभुले हुन दिनुभएको घटनाहरू बारे रेकर्ड उल्लेख गरिएको छ जुन अनुमोदन गरिएको होइन । उहाँले हुन दिनुभयो भन्दैमा उहाँले स्वीकार गर्नुभयो वा अरूलाई त्यसो गर्न उदाहरण सिकाउनु भयो भन्ने कदापि होइन । मुख्यत: बाइबलका समस्त पात्रहरूका कमी-कमजोरी छर्लङ्ग नै देखाइएको छ चाहे विश्वासको पिता अब्राहम नै किन नहोस् वा "मेरो हृदय अनुसारको मानिस" कहलिएका दाउद नै किन नहोस् ! येशू बाहेक कोहि पनि हाम्रो उदाहरण कदापि होइनन् ! 

६) यस खण्डले अन्त्यको दिनहरूमा हुने परमेश्वरको भयानक क्रोधलाई वर्णन गर्दछ जुन दुष्टहरू माथी आइपर्नेछ । याद गर्नुपर्ने कुरो, यो प्रकाशको पुस्तक हो जहाँ हुबहु बुझाइ लिन मिल्दैन तर यति निश्चित छ कि उहाँको क्रोधको दिन अति भयावह हुनेछ । उहाँको न्यायको वर्षात ।

७) एकदमै घीनलाग्दो बुझाइ ! येशूको जन्म पवित्र आत्माको शक्ति द्वारा भएको कुरा यहाँ उल्लेख छ । उत्पत्ति ३:१५ को एक अदभूत भविष्यवाणीको पुर्ती! जुन स्त्रीलाई सैतानले छक्यायो, त्यही स्त्रीकै सन्तानद्वारा सैतानको शिर कुच्याइनेछ भनेर परमेश्वरले घोषणा गर्नुभयो। यहि काम पूरा गर्न नै येशूको जन्म भएको थियो । फरक यति छ कि येशूको जन्म एक कन्याबाट भएको थियो ताकी आदमका कारण पापले प्रदुषणमा पुर्याएको पुरानो मानवबाट अब येशूद्वारा परमेश्वरमा मिलाप गराएको नयाँ मानवको थालनी येशूबाट हुन सकोस् जो परमेश्वरका सन्तान हुनेछन् (यूहन्ना ३:१६; १:१२) । साथै, पुरानो नियममा जुन दाउदको वंशमाथी (यर्मिया २२:२४-३०) उनको सिंहासनको हकदार हुन नपाउने श्राप थियो, त्यसलाई हटाउन येशू केवल मरियम द्वारा दाउद बाट नै अर्कै वंशज भएर जन्मनुभयो । अनि योसेफको स्वीकारद्वारा कानूनी पुत्र भएर दाउदको सिंहासनको हकदार पनि हुन सक्नुभयो । येशूको वास्तवमा आदि र अन्त्य छैन तर मानिसका खातिर देह धारण हुनुभएको कुरो नयाँ नियममा स्पष्ट नै बताइएको छ (यूहन्ना, कलस्सी, हिव्रू आदि) 

८) येशूको बारे सायद राम्रो ज्ञान रहेनछ । क्रुशमा उहाँको त्यो चित्कारको निकै गहिरो अर्थ छ जब पापी मानिसको सट्टामा येशूले आफ्नो प्राण बलिदान स्वरूप त्याग गर्दै हुनुहुन्थ्यो । उहाँले पिताबाटको वियोग सहनु पर्यो किनकि हाम्रो खातिर पाप नजान्ने व्यक्तिलाई पापको भार बोकाइएको थियो । येशूले धेरै पटक आफू मर्न पर्ने कुरा प्रष्ट सित बताउनु भएको थियो चाहे आफ्नो सेवाकाईको क्रममा होस् वा पुनरुत्थान पश्चात् । के परमेश्वरले आफ्नै पुत्रलाई बचाउन सक्नु भएन र? यसको ठिक विपरीत उहाँले येशूको मृत्युद्वारा उद्धारको ढोका खोल्नु भयो र अन्धकारको शक्तिको पराजय भयो । साथै येशूलाई यस्तो उच्च ओहोदा प्रदान गरियो कि हरेकले उहाँकै नाउँमा घुँडा टेक्नेछ र पिताको महिमाको खातिर उहाँको आदर र महिमा गर्न पर्नेछ !

९) गन्तीको पुस्तकको घटनामा त्यो युद्धको मालसामान बाँडफाँड थियो जुन परमेश्वरको इच्छा अनुसार गरिएको थियो । साथै उहाँलाई दिनुपर्ने कर वास्तवमा उहाँका मानिसहरूमा दिने हृदय होस् भन्ने हेतुले थियो किनकि सबै थोक उहाँकै कारण हुन गयो, विजयी उहाँकै कारण भएको थियो । अब आयो नयाँ नियम । नयाँ करारमा कुनै बलिदान आवश्यक छैन । नयाँ करारमा बलिदान भनेको नै हाम्रो जीवनलाई सदैव उहाँमा जिउँदो बलिको रूपमा अर्पण गर्ने हो र खुशी साथ, संकल्प साथ, ठिक हृदय साथ, आफ्नो औकात साथ प्रभुलाई दिने हो । अन्तिम जानकारी: परमेश्वरले मानव बलि मन पराउनु हुन्न ! व्यवस्था १२:३१-३३ 


के बाइबल मलाई स्वीकार्य छ ? हो, छ ! तर तपाइँको विश्लेषण गर्ने तरिका चाहिँ छैन ! आलोचना गर्न पाउनुहुन्छ, तर अध्ययन गर्न पनि आवश्यक छ । जे कुरा बाइबलले सिकाएको हुन्न, त्यही कुरा बाइबलले सिकायो भन्नू ठूलो भूल हुनेछ ! बाइबलको पनि आफ्नै परिवेश छ, भाषा छ, इतिहास छ र संसार छ जसलाई बुझ्न आवश्यक छ ।


Post a Comment

0 Comments