Advertisement

Responsive Advertisement

येशूलाई किन त्रीएकताको दोस्रो व्यक्ति भनिएको हो ?


 


जब हामीले उहाँलाई दोश्रो व्यक्ति भनिरहेका हुन्छौं तब निम्न कुराहरू ध्यान दिन जरुरी छ:

१. यो उहाँको दर्जा होइन (यूहन्ना १:१-३)

२. उहाँ पिता भन्दा एक तह कम हुनुहुन्छ भनिएको होइन (प्रेरित ४:१२, फिलिप्पी २:५-११)

३. उहाँ दोश्रो परमेश्वर हुन् भनिएको होइन (व्यवस्था ६:४)

४. पिता भन्दा उहाँ कम मुल्यको हुन् भनिएको होइन । (यूहन्ना ५:२३)

हामीले ध्यान दिन पर्ने कुरा त्रीएक परमेश्वरमा दुई पक्ष छन् । एउटा उहाँको सारतत्व, गुण र स्वभावमा आधारित व्यक्तिहरू बीच पूर्ण एकता (Ontological Trinity) र अर्को व्यक्ति विशेष भूमिकामा आधारित विविधता (Economical Trinity)। एकताको परिवेशले येशू उही परमेश्वर हुन् भने विविधताको परिवेशले येशू पिता र पवित्र आत्मा भन्दा फरक छन् ।

पिता, पुत्र र पवित्र आत्माका कामहरू फरक छन् र उहाँहरू पिता प्रति समर्पित छन् ।

येशूलाई दोश्रो व्यक्ति भन्दा यी कुराहरू बुझ्न पर्दछ:

१.) यसले उहाँको पिता प्रतिको समर्पणतालाई देखाउँदछ (यूहन्ना ६:३८, १ कोरिन्थी १५:२८, फिलिप्पी २:५-९, हिब्रू ५:८, आदि)

२.) यसले उहाँको ऐतिहासिक प्रत्यक्ष प्रकटिकरणलाई देखाउँदछ (गलाती ४:४-७, १ तिमोथी ३:१६, १ यूहन्ना ३:८, लूका २४:४४, आदि)

३.) यसले पिताको काम पछि आउने उहाँको कार्यभारलाई देखाउँदछ, मध्यस्तकर्ता(हिब्रू १:२, यूहन्ना १:१८, १:१२, ३:१६, १ तिमोथी २:५, आदि)

४.) यसले उहाँको विनम्रताको पुत्रको भूमिकालाई देखाउँदछ । (फिलिप्पी २:५-११, मत्ती १०:२८, २ कोरिन्थी ८:९, हिब्रू ४:१५, यूहन्ना ८:५०, आदि)

५.) यसले उहाँको पिता प्रतिको आदर, सम्मान र आज्ञापालनलाई देखाउँदछ । (यूहन्ना १४-१७)

६.) यसले हाम्रो खातिर उहाँको उत्तम उदाहरणलाई देखाउँदछ (जेठा दाजु, परिपक्व मानिस, प्रधान पुजारी, आज्ञाकारी पुत्र आदि) (मत्ती १६:२४, २०:२५-२८, यूहन्ना १३:१३-१६, १ कोरिन्थी ११:१, एफिसी ५:१-२, कलस्सी १: १५-२९, ३:१३, हिब्रू २:११-१२, ४:१४-१६, रोमी ८:२९, आदि)

७.) यसले उद्धारमा उहाँको भूमिकालाई देखाउँदछ जुन देह धारण सङ्ग संबंधित छ । (२ कोरिन्थी ५:१९, कलस्सी २:९, यूहन्ना १, १ तिमोथी ३:१६ आदि)

अन्ततः येशू दोश्रो व्यक्ति हुन् भन्दैमा उहाँको ईश्वरत्त्वमा कुनै पनि आँच आउँदैन । उहाँ सदा सर्वदा उही महान परमेश्वर हुनुहुन्छ जसको अगाडी सारा सृष्टि घुँडा टेक्दछ  उहाँ को हुनुहुन्छ? उत्तर यो भन्दा तल-माथि छैन: उहाँ याह्वे हुनुहुन्छ ![1]



[1] What Makes Jesus UNIQUE Amongst The Sons of God?, 2021, accessed May 7, 2023, https://www.youtube.com/watch?v=5J-QlXyLcdM.


Post a Comment

0 Comments