यहुदा ईस्कोरियतले जति धेरै सिकाए अरुले त्यति नै कम !

 



ध्यानाकर्षण: नेपाली भाषामा खासै धेरै लेख लेख्ने नगरेको कारण हिज्जे र व्याकरण अशुद्धताको लागि कृपया क्षमा दिनु होला !


हाम्रो आम मानसिकताले प्राय: असल व्यक्तित्वहरूबाट मात्र शिक्षा लिने सोच राख्दछ । कोहि खराब व्यक्तित्व फेला पर्ना साथ् ह्याँ हू गर्दै हजारौं कोश पर पुर्याइदिने सायद हाम्रो मामुली बानि होला ! हाम्रो संसार होस् वा बाइबलको धरातल, प्रख्यात र कुख्यात दुवै श्रेणीमा समाहित हुन सक्ने धेरै व्यक्तित्वहरू हामी पाउन सक्छौं ! प्राय जसो त हाम्रो छनोटमा प्रख्यात व्यक्तित्व तिर नै झुकाव बढि गइदिन्छ । कुख्यात व्यक्तित्वहरूबाट के नै पो सिक्न सकिएला र भन्ने हामीलाई लागिरहेको हुन सक्छ ।  तर के जीवनको अमुल्य पाठ कुख्यात व्यक्तित्वहरूबाट पनि सिक्न सकिन्न र ? भनिन्छ भूतकालबाट सिक्ने र वर्तमान काललाई सम्हाल्ने हाम्रो कर्तव्य हो !

 

येशूलाई धोखा दिएका र पक्राउन मद्दत गर्ने चेला को थिए भन्दा सायद धेरैले भन्न सक्छन ! हो, यहूदा इस्कोरियत ! तर यहूदा जस्तो धोकेबाज चेलाबाट आज हामीले सिक्ने के नै पो पाठ होला र भन्ने खुलदुली तपाईमा पनि निश्चय नै होला ! इन्टरनेटमा बारब्बाबारे भिडियो पक्का फेला पार्नुहुनेछ तर के यहूदाबारे केहि सोच्नु भएको छ होला ? मैले पनि कहिल्यै विश्लेषण भने गरिन जब सम्म एक ब्याप्टिस्ट मण्डलीका बाइबल शिक्षकको लेख पढिन ! उहाँको विश्लेषण साह्रै चुनौतीपूर्ण र गहिरो पाएँ । सायद तपाईहरूले पनि त्यस दृष्टिकोणबाट कहिल्यै हेर्नु भएको थिएन कि ? उहाँको लेखले मलाई साह्रै छोयो र आज हाम्रो पूर्वीय जगतमा यस्तो विचार र दृष्टिकोण राख्ने व्यक्तिहरूको पनि खाँचो रहेको छ !

 

उहाँको लेख जस्ताको तस्तै:  


यहुदा ईस्कोरियतले जति धेरै सिकाए अरुले त्यति नै कम !


यहुदा ईस्कोरियत शास्त्रमा, संम्भवत, सर्वाधिक नकारात्मकतताको बिम्ब वा पात्र हुन। अझ दुनिया मै सबै भन्दा अभागि मनुष्य भन्न रुचाउछु म । जो ईश्वरकै सानिध्यमा बाँचेर पनि ईश्वरबाटै सधाको निम्ति चुके । झन्डै साढेँ तिन बर्ष सम्म खीष्ट संगै हिडे, खाए, संगत गरे, सिके, उँहाका तमाम गुणहरु, आचरणहरु, शक्तिहरु देखे यध्पि उनको यो सामिप्यताले उनको आत्मालाई बचाउन सकेन । उनको यो भौतिकी समृद्द आवरणले उनको अध्यात्मलाई जगाउन सकेन, उनका भित्री चक्षुहरु खुल्न सकेन। भित्रको अध्यारोमा अनन्तताको उज्यालो बल्न सकेन । प्रेमको प्रतिमासंगै भएर पनि तिक्तताको नामले उनि चिनिए । प्रेमकै आलिंगनमा पलपल फुलेर पनि कुख्यात धोखाको पर्यावाचि बन्न पुगे । शास्त्रमा मात्र होईन सारा विश्व इसाई जगतमै नकारात्मकताको पराकाष्टा नै छोए उनले । संभवत उनको नामको अर्थ: परमेश्वरको प्रशंसा होस हुन्छ तर आज यो नामले यति धेरै घृणा बोकेको छ कसैले पनि यो नामलाई बोक्न चाहादैन ।


कसैले भनेको सुनेको थिए, मेरा दुईवटा गुरुहरु छन: बुद्ध र हिटलर, तर जति मलाई हिटलरले सिकाए त्यति बुद्धले पनि सिकाएनन् । बुद्ध, सर्वाधिक सकारात्मकतताको बिम्ब भने हिटलर सर्वाधिक नकारात्मकतताको । दुईवटै प्रसिद्ध, एउटा बिख्यातको अर्को कुख्यातको । एउटा सिकाउछ के गर्दा उन्नति हुन्छ अर्को, के गर्दा अवनति ।


नकारात्मकपनामा जति सकारात्मक शंन्देस छुपेका हुन्छन त्यति सकारात्मकतताहरुमा हुदैनन् खालि सम्यक र बिधायक दृष्टि चाहियो । यति खुट्टयाउने शक्ति लगाउने हो भने नकारात्मक वृतिहरुबाट धेरै सकारात्मक कुराहरु सिक्न पाईन्छ । नकारात्मकपनामा बिधायक दृष्टि लगाउने हो भने बिध्वसंबाट धेरै हदसम्म बच्न सकिन्छ ।


शास्त्रमा यसरी यहुदा ईस्कोरियत सबै भन्दा बढी नकारात्मक पात्रको रुपमा ऊभिएका छन । उनको बारेमा बोलिएको, प्रचार गरिएको, सिकाईको बिषयहरु एकदमै कम पाईन्छन । ईस्कोरियत भन्दा बित्तिकै मानिसको मष्तिस्कमा धोखा, घृणा, रोष, बिस्वासघाती, छलि आदि जस्ता अत्यन्तै नकारात्मक भावहरु उत्पन्न भैहाल्छ । शास्त्रमा उनि कोरियका छन उनको पनि गरिमा छ, अस्तित्व छ मानिसलाई एक उत्तम शिक्षा सिकाउन । उनले जति सिकाउछन सायद धेरै कमले सिकाउन सक्छन भन्न सक्छु म बिषेश गरि पतनको सवालमा । उनले एउटा अत्भुत शन्देश दिएर गएका छन कि के गर्दा मनुष्यको पतन हुन्छ । हरेक मन्डलीमा, खीष्टियन जमातमा कतै न कतै ईस्कोरियतहरु छन । यिनले सिकाएका शन्देसहरु बुँदागतरुपमा हेरौ:


१. दर्शन, सिद्धान्त र संगतले मात्र मानिसलाई बचाँउन सक्दैन ।

२. खीष्टको पछि लाग्दैमा कोहि खीष्टको हुदैन, अभिप्राय परिक्षण गर्नु पर्छ ।

३. खीष्टको नाम बोक्दैमा केही खीष्टको हुदैन, खीष्टको बोँध हुनुपर्यो, खीष्टलाई अनुभुत गरेको हुनुपर्यो । प्राय सबै जसो फलफुलहरु गुलिया हुन्छन यध्यपि प्रतेक फलको गुलियो फरक हुन्छ र त्यसको अनूभुति फल चाखे पछि मात्र पाईन्छ ।

४. पछुतोले होईन पश्चातापले ल्याउछ साँचो परिवर्तन ।

५. नियतमै खोटमा छ भने पाखन्डीपना झल्किहाल्छ त्यसको अगाडि ईश्वर नै आए पनि केहि लाग्दैन ।

६. गलत मनसाय बोकेको नेत्तृत्वले गलत परिणाम निम्त्याउछ ।

७. अध्यात्मको गहिराईलाई भौतिक आभाहरुले भेट्टाउदैनन् ।

८. धेरै नेत्तृत्वहरु लालचको कारणले धरासाइ बनेका छन, सिद्धिएका छन ।

९. रोटिको कारण मात्र खीष्टलाई पछ्याउनेहरुले जतिबेला पनि खीष्टलाई धोखा दिन सक्छन । र रोटिकै कारण रित्तिएर जान्छन ।

१०. खीष्टलाई पछ्याउन स्पष्ट दर्शन र उद्धेश्य हुनुपर्छ नत्र गन्तब्य अस्पष्ट हुन्छ ।

११. कोहि कोहि हरदम खीष्ट संगै हुन्छन र पनि खीष्टको हुदैनन् ।

१२. पद, पैसा, प्रतिस्ठा, सुख, स्वास्थ्यहरुको आसा होईन खीष्ट। केबल मोक्षको लागि हो । त्यो त परिश्रम; पसिना र ईमान्दारिताले पनि पाईन्छ ।

१३. खीष्टको आवरणमा टाँसिएर होईन खीष्टको हिर्दयमा गाँसिएर मात्र खिष्टको बन्न सकिन्छ ।

१४. खीष्ट संग सेल्फि खिँचेर मोक्ष पाईदैन ।

१५. साँचो पश्चातापले अरबौ पापका अणुहरुलाई पखाल्न सक्छ जो घटित हुनका लागि लामो समय चाहिदैन । यसको मतलब यो होईनकि पश्चातापीले ति बिगतका अत्यधिक डार्क (मैलो) अणुहरुलाई सजिलै बिर्सिदिन सक्छ । a heinous sinner turn to be saint through genuine repentance but cannot easily assimilate past sins.

१६. खिष्टसंगै हिडेर पनि खीष्टको हिर्दयमा हुन नसक्नु त्यो भन्दा दयनिय अरु के होला ?

१७. शरिरको अभिलाषामा बाच्नेहरुलाई आत्माको तरवारले पनि काट्न सक्दो रहेनछ ।

१८. कतिले खीष्टलाई केबल रोटीको लागी मात्र पछ्याउने गर्छन । रोग र रोटीको लागीमात्र खीष्टलाई खोज्नेहरु आजकाल प्रशस्तै भेटिन्छन ।

१९. खीष्ट तिमीसंग हुनु जति ठुलो अवशर हो तिम्रालागी, त्यतिनै बिशाल हो तिम्रो दृढ विस्वास हो तिमी उँहासंग हुनु ।

२०. येशूलाई नामले चिन्ने अरबौ छन तर हिर्दयले, धेरै थोरै !

२१. साँचो पश्चातापमा बगेको आँसुको मुल्य समुन्द्रको गहिराईमा भटिएको मोती र लाखौ डिग्रीको तापमा खारिएको हिरा भन्दा अधिक बहुमुल्य हुन्छ, जति घातक पछुतोमा पोखिएको पिडा हुन्छ !

पछुतोमा पतन र पश्चातापमा परिवर्तन हुन्छ ।

 

विश्लेषण क्रेडिट: Dipendra GC, Baptist church

मिति: २१ जुलाई, २०२०


Post a Comment

0 Comments