Advertisement

Responsive Advertisement

यहुदा ईस्कोरियतले जति धेरै सिकाए अरुले त्यति नै कम !

 



ध्यानाकर्षण: नेपाली भाषामा खासै धेरै लेख लेख्ने नगरेको कारण हिज्जे र व्याकरण अशुद्धताको लागि कृपया क्षमा दिनु होला !


हाम्रो आम मानसिकताले प्राय: असल व्यक्तित्वहरूबाट मात्र शिक्षा लिने सोच राख्दछ । कोहि खराब व्यक्तित्व फेला पर्ना साथ् ह्याँ हू गर्दै हजारौं कोश पर पुर्याइदिने सायद हाम्रो मामुली बानि होला ! हाम्रो संसार होस् वा बाइबलको धरातल, प्रख्यात र कुख्यात दुवै श्रेणीमा समाहित हुन सक्ने धेरै व्यक्तित्वहरू हामी पाउन सक्छौं ! प्राय जसो त हाम्रो छनोटमा प्रख्यात व्यक्तित्व तिर नै झुकाव बढि गइदिन्छ । कुख्यात व्यक्तित्वहरूबाट के नै पो सिक्न सकिएला र भन्ने हामीलाई लागिरहेको हुन सक्छ   तर के जीवनको अमुल्य पाठ कुख्यात व्यक्तित्वहरूबाट पनि सिक्न सकिन्न र ? भनिन्छ भूतकालबाट सिक्ने र वर्तमान काललाई सम्हाल्ने हाम्रो कर्तव्य हो !

 

येशूलाई धोखा दिएका र पक्राउन मद्दत गर्ने चेला को थिए भन्दा सायद धेरैले भन्न सक्छन ! हो, यहूदा इस्कोरियत ! तर यहूदा जस्तो धोकेबाज चेलाबाट आज हामीले सिक्ने के नै पो पाठ होला र भन्ने खुलदुली तपाईमा पनि निश्चय नै होला ! इन्टरनेटमा बारब्बाबारे भिडियो पक्का फेला पार्नुहुनेछ तर के यहूदाबारे केहि सोच्नु भएको छ होला ? मैले पनि कहिल्यै विश्लेषण भने गरिन जब सम्म एक ब्याप्टिस्ट मण्डलीका बाइबल शिक्षकको लेख पढिन ! उहाँको विश्लेषण साह्रै चुनौतीपूर्ण र गहिरो पाएँ । सायद तपाईहरूले पनि त्यस दृष्टिकोणबाट कहिल्यै हेर्नु भएको थिएन कि ? उहाँको लेखले मलाई साह्रै छोयो र आज हाम्रो पूर्वीय जगतमा यस्तो विचार र दृष्टिकोण राख्ने व्यक्तिहरूको पनि खाँचो रहेको छ !

 

उहाँको लेख जस्ताको तस्तै:  


यहुदा ईस्कोरियतले जति धेरै सिकाए अरुले त्यति नै कम !


यहुदा ईस्कोरियत शास्त्रमा, संम्भवत, सर्वाधिक नकारात्मकतताको बिम्ब वा पात्र हुन। अझ दुनिया मै सबै भन्दा अभागि मनुष्य भन्न रुचाउछु म । जो ईश्वरकै सानिध्यमा बाँचेर पनि ईश्वरबाटै सधाको निम्ति चुके । झन्डै साढेँ तिन बर्ष सम्म खीष्ट संगै हिडे, खाए, संगत गरे, सिके, उँहाका तमाम गुणहरु, आचरणहरु, शक्तिहरु देखे यध्पि उनको यो सामिप्यताले उनको आत्मालाई बचाउन सकेन । उनको यो भौतिकी समृद्द आवरणले उनको अध्यात्मलाई जगाउन सकेन, उनका भित्री चक्षुहरु खुल्न सकेन। भित्रको अध्यारोमा अनन्तताको उज्यालो बल्न सकेन । प्रेमको प्रतिमासंगै भएर पनि तिक्तताको नामले उनि चिनिए । प्रेमकै आलिंगनमा पलपल फुलेर पनि कुख्यात धोखाको पर्यावाचि बन्न पुगे । शास्त्रमा मात्र होईन सारा विश्व इसाई जगतमै नकारात्मकताको पराकाष्टा नै छोए उनले । संभवत उनको नामको अर्थ: परमेश्वरको प्रशंसा होस हुन्छ तर आज यो नामले यति धेरै घृणा बोकेको छ कसैले पनि यो नामलाई बोक्न चाहादैन


कसैले भनेको सुनेको थिए, मेरा दुईवटा गुरुहरु छन: बुद्ध र हिटलर, तर जति मलाई हिटलरले सिकाए त्यति बुद्धले पनि सिकाएनन् । बुद्ध, सर्वाधिक सकारात्मकतताको बिम्ब भने हिटलर सर्वाधिक नकारात्मकतताको । दुईवटै प्रसिद्ध, एउटा बिख्यातको अर्को कुख्यातको । एउटा सिकाउछ के गर्दा उन्नति हुन्छ अर्को, के गर्दा अवनति


नकारात्मकपनामा जति सकारात्मक शंन्देस छुपेका हुन्छन त्यति सकारात्मकतताहरुमा हुदैनन् खालि सम्यक र बिधायक दृष्टि चाहियो । यति खुट्टयाउने शक्ति लगाउने हो भने नकारात्मक वृतिहरुबाट धेरै सकारात्मक कुराहरु सिक्न पाईन्छ । नकारात्मकपनामा बिधायक दृष्टि लगाउने हो भने बिध्वसंबाट धेरै हदसम्म बच्न सकिन्छ


शास्त्रमा यसरी यहुदा ईस्कोरियत सबै भन्दा बढी नकारात्मक पात्रको रुपमा ऊभिएका छन । उनको बारेमा बोलिएको, प्रचार गरिएको, सिकाईको बिषयहरु एकदमै कम पाईन्छन । ईस्कोरियत भन्दा बित्तिकै मानिसको मष्तिस्कमा धोखा, घृणा, रोष, बिस्वासघाती, छलि आदि जस्ता अत्यन्तै नकारात्मक भावहरु उत्पन्न भैहाल्छ । शास्त्रमा उनि कोरियका छन उनको पनि गरिमा छ, अस्तित्व छ मानिसलाई एक उत्तम शिक्षा सिकाउन । उनले जति सिकाउछन सायद धेरै कमले सिकाउन सक्छन भन्न सक्छु म बिषेश गरि पतनको सवालमा । उनले एउटा अत्भुत शन्देश दिएर गएका छन कि के गर्दा मनुष्यको पतन हुन्छ । हरेक मन्डलीमा, खीष्टियन जमातमा कतै न कतै ईस्कोरियतहरु छन । यिनले सिकाएका शन्देसहरु बुँदागतरुपमा हेरौ:


१. दर्शन, सिद्धान्त र संगतले मात्र मानिसलाई बचाँउन सक्दैन

२. खीष्टको पछि लाग्दैमा कोहि खीष्टको हुदैन, अभिप्राय परिक्षण गर्नु पर्छ

३. खीष्टको नाम बोक्दैमा केही खीष्टको हुदैन, खीष्टको बोँध हुनुपर्यो, खीष्टलाई अनुभुत गरेको हुनुपर्यो । प्राय सबै जसो फलफुलहरु गुलिया हुन्छन यध्यपि प्रतेक फलको गुलियो फरक हुन्छ र त्यसको अनूभुति फल चाखे पछि मात्र पाईन्छ

४. पछुतोले होईन पश्चातापले ल्याउछ साँचो परिवर्तन

५. नियतमै खोटमा छ भने पाखन्डीपना झल्किहाल्छ त्यसको अगाडि ईश्वर नै आए पनि केहि लाग्दैन

६. गलत मनसाय बोकेको नेत्तृत्वले गलत परिणाम निम्त्याउछ

७. अध्यात्मको गहिराईलाई भौतिक आभाहरुले भेट्टाउदैनन्

८. धेरै नेत्तृत्वहरु लालचको कारणले धरासाइ बनेका छन, सिद्धिएका छन

९. रोटिको कारण मात्र खीष्टलाई पछ्याउनेहरुले जतिबेला पनि खीष्टलाई धोखा दिन सक्छन । र रोटिकै कारण रित्तिएर जान्छन

१०. खीष्टलाई पछ्याउन स्पष्ट दर्शन र उद्धेश्य हुनुपर्छ नत्र गन्तब्य अस्पष्ट हुन्छ

११. कोहि कोहि हरदम खीष्ट संगै हुन्छन र पनि खीष्टको हुदैनन्

१२. पद, पैसा, प्रतिस्ठा, सुख, स्वास्थ्यहरुको आसा होईन खीष्ट। केबल मोक्षको लागि हो । त्यो त परिश्रम; पसिना र ईमान्दारिताले पनि पाईन्छ

१३. खीष्टको आवरणमा टाँसिएर होईन खीष्टको हिर्दयमा गाँसिएर मात्र खिष्टको बन्न सकिन्छ

१४. खीष्ट संग सेल्फि खिँचेर मोक्ष पाईदैन

१५. साँचो पश्चातापले अरबौ पापका अणुहरुलाई पखाल्न सक्छ जो घटित हुनका लागि लामो समय चाहिदैन । यसको मतलब यो होईनकि पश्चातापीले ति बिगतका अत्यधिक डार्क (मैलो) अणुहरुलाई सजिलै बिर्सिदिन सक्छ a heinous sinner turn to be saint through genuine repentance but cannot easily assimilate past sins.

१६. खिष्टसंगै हिडेर पनि खीष्टको हिर्दयमा हुन नसक्नु त्यो भन्दा दयनिय अरु के होला ?

१७. शरिरको अभिलाषामा बाच्नेहरुलाई आत्माको तरवारले पनि काट्न सक्दो रहेनछ

१८. कतिले खीष्टलाई केबल रोटीको लागी मात्र पछ्याउने गर्छन । रोग र रोटीको लागीमात्र खीष्टलाई खोज्नेहरु आजकाल प्रशस्तै भेटिन्छन

१९. खीष्ट तिमीसंग हुनु जति ठुलो अवशर हो तिम्रालागी, त्यतिनै बिशाल हो तिम्रो दृढ विस्वास हो तिमी उँहासंग हुनु

२०. येशूलाई नामले चिन्ने अरबौ छन तर हिर्दयले, धेरै थोरै !

२१. साँचो पश्चातापमा बगेको आँसुको मुल्य समुन्द्रको गहिराईमा भटिएको मोती र लाखौ डिग्रीको तापमा खारिएको हिरा भन्दा अधिक बहुमुल्य हुन्छ, जति घातक पछुतोमा पोखिएको पिडा हुन्छ !

पछुतोमा पतन र पश्चातापमा परिवर्तन हुन्छ

 

विश्लेषण क्रेडिट: Dipendra GC, Baptist church

मिति: २१ जुलाई, २०२०


Post a Comment

0 Comments