Advertisement

Responsive Advertisement

सामाजिक संजालमा हालसालै भाइरल बन्दै गएको विषय: ई बाट ईशा लेखि पढाइएको!

 


ध्यानाकर्षण: नेपाली भाषामा खासै धेरै लेख लेख्ने नगरेको कारण हिज्जे र व्याकरण अशुद्धताको लागि कृपया क्षमा दिनु होला ! यो लेख कुनै पनि आस्था र धार्मिक समुदाय बिरुद्ध नभएर सामाजिक संजालमा आएका विविध विचारहरुको संगालोलाई समेटेर गरिएको केवल एक तटस्थ विश्लेषण मात्र हो। तसर्थ, कुनै पनि निश्चित निष्कर्षको आशा नगर्नु होला !

सायद, हालसालै सामाजिक संजालमा यो तस्वीर निकै भाइरल हुँदै गरेको पाएँ । यस विषयमा धेरै इसाई समुदायको टीका टिप्पणी समेत देखेँ । हुन पनि यसमा सबैको एकै राय कदापि हुँदैन । विविध पक्षलाई समेटेर विश्लेषण गर्न अपरिहार्य छ । अब हुन पनि यस्ता विवादहरु नचर्किएको कुनै दिन सायद छैन । धार्मिक मामिलामा प्रायः यस्ता विरोधाभास कुराहरु आजको युगमा निकै फलिरहन्छन ।

 

१) अब धर्म निरपेक्ष देश भनिएको मा यसरी ठहरै कुनै पनि धार्मिक विषय वस्तु जोडेर शिक्षा दिनुलाई सहि कतिले नमान्लान । तर यो आपत्तीलाई प्रस्तुत गर्दा विद्यालयहरुमा सरस्वती पूजा, योग, ध्यान आदिलाई एकदम ध्यान दिइन्छ र प्रोत्साहन दिइन्छ । के यो पनि प्रश्न योग्य छैन र?

२) ईशा बारे त्यसरी पुस्तकमा उल्लेख गर्दा आपत्ती नै पोखाउने हो भने त इसाई विद्यार्थीले पनि त सानै देखि हिन्दू देवता देवी कै नाम कुँदिएको वर्णमाला सिक्दै आएकै त छन् ! पाठ्यक्रममा पनि त रामायण, महाभारत, बुद्ध र महावीरका जीवनी पढेर आएकै त छौँ ! आज सम्म येशूको जीवनी त खै कतै पढ्न पाएका त छैनौँ ! अब के ग बाट गणेश, श बाट शिव, त्र बाट त्रिशूल आदि उल्लेख गर्दा प्रश्न गर्न पर्ला कि?

३) विद्यालय क्षेत्र त समान शिक्षा दिने क्षेत्र हो । यहाँ कुनै पनि धार्मिक शिक्षालाई सहि र अरु गलत भनेर सिकाइँदैन तर सबैको ज्ञान लिन आवश्यक छ र आदर सम्मान दिन आवश्यक छ भनेर सिकाइन्छ । रेभ. डा. बाल कृष्ण शर्मा ज्युको पुस्तक पनि यसैमा आधारित छ यद्यपि उनी आफैं पनि इसाइ हुन र थियोलजिकल कलेजका प्रधानाध्यापक पनि हुन । विद्यालय जस्तो क्षेत्रमा सकभर त विशेष धार्मिक कुरा माथी जोड नदिएको नै राम्रो भनेर कति इसाई मित्रहरुको अवधारणा पनि रहेको छ । उहाँहरुको विश्लेषण बुँदा २ सित सम्बन्धित रहेको पाइन्छ । अब हुन त आज आएर ए.डि. र बि. सी. अर्थात इश्वी संवत् र इशा पूर्व मा समेत प्रश्न खडा हुन थालिसकेको छ ! तर अब यो अवस्थामा योग ध्यानमा पनि प्रश्न उठ्न सक्ने संभावना निकै छ किनकि योग ध्यानलाई आज जतिसुकै वैज्ञानिक र व्यायामको रूपमा परिचित गराए तापनि यी मुलतः धार्मिक अभ्यासहरु नै हुन् !

४) नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्नु नै अधिकांश नेपालीको इच्छा विरुद्ध भएको आपत्तीहरु सुन्नमा पाइन्छ । आज सम्म पनि नेपाललाई वैदिक सनातन धर्मको राज्यको रूपमा चिनाउन पर्ने जमर्को निकै चलाइन्छ । गत केही साल देखि क्रिसमस चाड विरुद्ध मिम समेत बन्न थालेका छन् भने उक्त आलोचनात्मक विषय त केही नयाँ होइन ।

५) यदि धार्मिक विषय वस्तुमा यसरी नै किचलो झिक्ने नै हो भने "सबै धर्म एकै हो, सबै इश्वर एकै हुन्" भन्ने सदियौँ काल देखिको जनमनस्थितिमा रोपिएको बिज नै उखेलेर पठाउने बेला अब आयो कि ? यस्तो पोस्टले उक्त अभिव्यक्तिलाई ठाडै अस्वीकार गरेको पाउँदछौँ ! कि त सेक्युलर क्षेत्रहरूमा कुनै पनि धार्मिक कुराहरु सित सम्बन्धित चिह्न र वस्तुहरुको प्रयोग नै बन्द गरिदिन पर्यो? जस्तैः होटल, रेस्टुरेन्ट, विश्वविद्यालय, सवारी साधन, आदि !

६) इसाई मित्रहरुले तस्वीर रूपी येशूलाई कदापि पुज्दैनन । यसैका आधारमा कतिले उक्त पाठ्यक्रमलाई नै जायज मान्दैनन् । तर यहाँ सन्दर्भ भने येशूको तस्वीर सित होइन तर ईसा नाम सित मूल विवाद जोडिएको छ !

७) कतिलाई डर हुन सक्छ कि पाठ्यक्रममा त्यसरी विशेष धार्मिक कुरालाई ध्यानाकर्षण गर्दा धर्म प्रचार होला ! तर यस्तै कुरा गर्ने भए त भारतमा इसाइ मिस्सेनरीहरुले पनि विद्यालय, स्वास्थ्य लगायत धेरै क्षेत्रमा योगदान दिएका थिए त ! खै सबै इसाइ भए होलान् मानिसहरु ? यहाँ पनि सेन्ट जेभियर कलेजले लाखौं विध्यार्थीहरुलाई इसाई बनाउने काम गर्दै छ हो ?

 

अन्तिममा भन्न पर्दा यस्ता विवादका विषयहरु अब झन्-झन् गहन रूप लिँदै जानेछन् जसमा इसाई मित्रहरुमा पनि आपसी मतभेद हुनु स्वभाविक हुनेछ । धार्मिक क्षेत्रमामा यस्तो विवादले "सबै एउटै हो" भन्ने मानसिकतालाई चाहिँ जरै देखि उखेल्ने काम गर्दै छ । आज पनि नेपालमा हिन्दू धर्म प्रतिको श्रद्धा र आस्थाका कारण धेरैलाई धर्म निरपेक्ष राज्यको अवधारणा अपच नै रहिआएको छ । यस्तो अवस्थामा हामी इसाई समुदायले पनि विवेक र होशियारीका साथ प्रतिक्रिया दिन आवश्यक छ ।

धन्याबाद 


Post a Comment

0 Comments