Advertisement

Responsive Advertisement

अब सतर्क हुने र आफ्नो विश्वास बारे अझै जान्ने समय आयो है !

 


आफू पनि सतर्क रहौं र अरुलाई पनि गराऔं 

आजको युग हाम्रो लागि ठूलो चुनौतीको युग हो, कुनै मजाकको युग होइन। मण्डली इतिहासको अध्ययन गर्ने हरेकले जान्दछ कि कसरी त्यो बेला मण्डलीमा बौद्धिक चुनौतीहरु आयो र कसरी हाम्रा परमेश्वरले विद्वानहरु चलाउनु भयो। झूटा शिक्षाका साथ् साथै बाह्य आलोचनाहरु सबै खप्दै र संघर्ष गर्दै आज यस युग सम्म हाम्रो इसाई विश्वास आइपुगेको छ ! हाम्रा मण्डलीका अग्रज पिता र सुधारकहरुले धेरै दुख गरेका थिए इसाई विश्वासको आधारभूत स्तम्भलाई सुरक्षित राख्न। 

आजको हाम्रो युग केवल मण्डली भित्र उस्तै देखिने तर अबाइबलिय कुराहरुलाई भित्र्याउने झूटा शिक्षाहरु मात्र होइन तर गैर-इसाई जगतबाट पनि आक्रमण हुँदैछ । इसाई विश्वास बिरुद्ध आज कयौं लेखहरु, आरोपहरु, पुस्तकहरु, आदि फ़स्ताउदै छन् । यदि समयमा नै हाम्रो युगका किशोर-किशोरी, जवान र वयस्क विश्वासीहरुलाई इसाई विश्वासको बौद्धिक पक्षलाई खोजि गर्ने, अध्ययन गर्ने, र आफूले के कुरा किन विश्वास गरेको भन्ने विषयमा जान्ने कुरामा प्रेरणा र हौसला दिएनौं भने धेरै जना ठेस खान सक्नेछन । हालसालै लकडाउन तिर तीव्र गतिमा बढेका चर्च अभ अलमाइटि गड नामक चिनिया झूटा शिक्षामा कति जना फसे फसे ! आफ्नै अगाडि बाइबलीय आधारभूत शिक्षा विपरित कुराहरु सुन्दा सुन्दै पनि धेरै जना तिनीहरुको म्यासेन्जर समूहको संगतीमा बस्ने गरेको पनि पाइयो !

हामीलाई भक्तिपूर्ण, आत्मिकी वातावरण त खाँचो छ नै तर बौद्धिक विश्लेषणको वातावरण पनि यस युगमा निकै खाँचो देखिन थालिएको छ ! यसमा हामी पछि कदापि नपरौं ! आजको युग झन् प्राविधिक युग हो र तपाइँहरुले प्रशस्त मात्रामा लाभ उठाउन सक्ने युग हो ! अध्ययनलाई आफ्नो जीवनमा कायम गर्नुहोस   मण्डलीहरुमा पनि अब बौद्धिक क्षेत्रलाई स्थान दिने बन्दोवस्त गर्नुहोस ! पछि धेरै जना भड्किएर गए, विश्वास लाई त्यागेर गए भनेर आप्पत्ति गर्नु भन्दा समय अझै छ, हामी सबै सचेत हुने ! प्रार्थना, आत्मिकी पक्ष र आराधना त हाम्रो दैनिकी जीवनमा सदा छंदैछ तर अब बौद्धिक पक्षलाई पनि बढाउदै लैजाने चुनौती पूर्ण दिनहरु हाम्रो माझमा छन् !

विशेषगरी किशोर-किशोरी र जवानहरुलाई पर्याप्त मात्रामा सिक्ने वातावरण सृजना गरिदिनुपर्छ । उनीहरुलाई पनि खोज-अनुसन्धान गर्ने कार्यमा प्रोत्साहन दिन पर्छ। नास्तिकवाद, नव युग, झूटा शिक्षा, विविध धर्महरू, विज्ञान आदिले घेरिएको समाजमा हामी जिउदैछौँ। तसर्थ, आज समयमा नै हामी सचेत रहन आवश्यक छ र हामी के कुरामा किन विश्वास गर्छौं भन्ने कुरा सबैले जानिराख्न अत्यावश्यक छ !


Post a Comment

0 Comments