१) "सैतान" शब्द प्रयोग नगर्नुहोस् ! उनीहरूका लागि यो शब्द आज निकै नै अपमानित शब्द बन्न पुगेको छ । उनीहरूको देवताहरूलाई झुक्केर पनि यो शब्द प्रयोग नगर्नुहोस् ! जुन तरिकाले हामीले यस शब्दलाई बुझ्छौँ उनीहरूले त्यसरी बुझेका हुँदैनन् !
२) "परमेश्वरको पुत्र" वाक्यांश पनि होशियार साथ प्रयोग गर्नुहोस् ! एक बहुदेववादी समाजमा यस वाक्यांशले अर्को समस्या निम्त्याउन सक्छ! यही वाक्यांशलाई नबुझेर हरे कृष्ण समूहले कृष्णलाई येशूका पिता बनाइसके भने शिव मान्ने समूह समेतले व्यङ्ग्य हानी भिडियो बनाएका छन् । यो शब्द यहुदी परिवेशमा आधारित छ! शुरुमा हिन्दू दिमागले बुझ्ने शब्द - अवतार लाई निकै होशियारीका साथ प्रयोग गरेर मात्रै उक्त वाक्यांशलाई प्रयोग गर्दा बुद्धिमानी होला!
३) "येशू तपाईंको पापको निम्ति मर्नुभयो" हाम्रो मूल सन्देश त हो तर यो हिन्दू दिमागले बुझ्दैन ! शब्द भन्दा पनि मर्मलाई पेश गर्न सिक्नुपर्छ! एक पापीको निम्ति कसैले आफ्नो प्राण दिने कुरा हिन्दू धर्ममा सायद पाइँदैन जहाँ कर्म-चक्र र पुनर्जन्मको अवधारणा प्रबल छ! मानिस लाई स्वभावले पापी मानिँदैन तर अज्ञानताका कारण जब उसले खराब कर्म गर्छ तब पापी मानिन्छ र पापलाई काट्ने माध्यमहरू पनि अनेकौं हुन्छन् जस्तै: रुद्राक्ष लगाउने, बलिदान चढाउने, मन्दिर घुम्ने, पुण्य गर्ने, तीर्थ यात्रा गर्ने आदि । तपाईंले भन्न सक्नुहुन्छ कि मानिस जाति समस्याग्रस्त छ जुन कुरा उनीहरूले पनि स्वीकार गर्छन् । समस्याको जरो चाहिँ पाप हो जसका कारण नै हामी हाम्रो पहिचान बारे अज्ञानतामा रह्यौँ र हाम्रो हर कर्म खराब छन् - सोच, विचार आदि सबै । शुरुमा पाप के हो भनेर नै बुझाउन आवश्यक छ अनि मात्रै बाइबलीय आधारमा येशू किन मर्नुभयो भनी हामी बुझाउन सक्छौँ ।
४) तीन त्रिलोक चौध भुवन तथा हिन्दू शास्त्रहरूमा येशू बारे उल्लेख छ जस्ता सामग्रीहरूको प्रयोग कदापि नगर्नुहोस् । दुबै सामग्रीको खण्डन भइसकेको छ! यी पद्धतिहरू चलाएर हामी सुसमाचार सुनाउन सक्तैनौँ र हुँदैन पनि! यी सामग्रीहरू बारे यसै ब्लगमा पनि अध्ययन स्रोतहरू राखिएको छ, खोजेर पढ्न सक्नुहुन्छ !
५) हिन्दू परिवेश एकै खाले छैन भनी जान्नु ! यहाँ पनि सैद्धान्तिक र दार्शनिक विविधता पाइन्छ ! कुनै एउटा सम्प्रदायमा मानिएका कुरा अर्को सम्प्रदायमा पनि मानिन्छ भन्ने ठोकुवा छैन । कतै बलिदानलाई मान्यता दिइन्छ भने कतै दिइँदैन, कतै मासु खानु पाप ठहरिन्छ भने कतै ठहरिँदैन, कतै जगतलाई नै ईश्वर मानिन्छ भने कतै मानिँदैन आदि !
थप अध्ययनका लागि:
१) तीन त्रिलोक चौध भूवनका बाइबलीय चुनौतीहरू: Click!
२) के हिन्दू ग्रन्थ (वेदहरू) मा येशू बारे साँच्चै छ त? Click!
३) येशू किन मर्नुभयो? Click!
४) परमेश्वरको पुत्रको अर्थ के थियो? Click!
५) What does Son of God mean? Click!
६) Jesus is not a separate God! Click!
७) Jesus is not another god! Click!
८) कृष्ण के येशूका पिता हुन्? Click!
९) Why did not Jesus say "I am God" (Jewish context!): Click!
१०) Why did not Jesus say "I am God" (A general context): Click!
११) Is it okay to preach Jesus using non-Christian religious texts? Click!
१२) Can Jesu truly be called an Avatar? Click!
१३) हिन्दू शास्त्रहरूमा येशू? Click!
१४) Extra-Biblical Jesus cases: Click!
१५) क्रुस र पुनरुत्थान: Click!
0 Comments