Advertisement

Responsive Advertisement

येशुका पिता कृष्ण हुन् ?

 



आजभोलि सामाजिक संजालमा येशुका पिता कृष्ण हुन् भन्दै उफ्रने महान बुद्धिजीवीहरूले यी पदहरूलाई कसरी व्याख्या गर्नुहुन्छ होला?

 

१) म र पिता एकै हौँ (यूहन्ना १०:३०)

२) परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन, उहाँ सित रहनु हुने एक मात्रै पुत्रले उहाँलाई प्रकट गराउनु भएको छ । (यूहन्ना १:१८)

३) पृथ्वी र स्वर्गको सारा अधिकार पुत्रलाई दिनुभएको छ (मत्ती २८:१८)

४) पिताले पुत्रलाई यति उच्च नाउँ दिनुभएको छ कि हरेक ओठले पुत्रको नाउँ स्वीकार गर्न पर्नेछ र हरेक घुँडा उहाँ सामु टेक्नु पर्नेछ (फिलिप्पी २:५-११)

५) पुत्र समान हुन पिताले हामीलाई चुन्नुभयो (रोमी ८:२९)

६) पुत्र द्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन (यूहना १४:६)

७) पुत्रलाई इन्कार गर्नेले पितालाई पनि इन्कार गर्नेछ (१ यूहना २:२३)

८) पिताले पुत्रलाई परमेश्वर भनी सम्बोधन गर्नुभयो र उहाँको राज्य सदैव रहनेछ भनी घोषणा गर्नुभयो (हिब्रू १:८)

१०) जस सङ्ग पुत्र छ, त्यस सङ्ग पिता हुनुहुन्छ (१ यूहना २:२३)

११) पिताको महिमाको खातिर पुत्रको नाउँ हरेकले स्वीकार गर्न पर्नेछ (फिलिप्पी २:११)

१२) अरु कसैमा मुक्ति छैन किनकि मुक्तिको निम्ति स्वर्ग मुनि अरु कुनै नाउँ दिइएको छैन (प्रेरित ४:१२)

१३) किनकी मानिस एक पटक जिउँछ, मर्छ र त्यस पछि न्याय हुन्छ (हिब्रू ९:२७)

१४) पिता आफैंले पुत्रको कुरो सुन्न आव्हान गर्नुहुन्छ (मत्ती १७:५, मर्कूस ९:७, लूका ९:३५, मत्ती ३:१७)

१५) पुत्रले गएर सारा जगतमा सुसमाचार सुनाउन, चेला बनाउन र उहाँले सिकाएका सबै कुरा सिकाउन आज्ञा दिनुभयो जबकि पुत्र आफैंले उहाँको शिक्षा पिताबाट हो भनेर घोषणा गर्नुभयो । (यूहन्ना ७:१६)

१६) पुत्रको देह धारण, बलिदान र पुनरुथान हाम्रो उद्धारको निम्ति पिता को योजना थियो । (१ पत्रुस १:२०, २ कोरिन्थी ५:१९)

 

यी केही पद अनुसार हामी यो कुरा बुझ्न सक्छौं कि कृष्ण कदापि पनि येशुका पिता हुन सक्दैनन् ।

किनभने:

१) कृष्णको शिक्षामा पुनर्जन्मको अवधारणा पाइन्छ (भागवत् गीत २:२२) (पुनर्जन्मको सिद्धान्त अनुग्रहको सिद्धान्त विपरित छ)

२) कृष्ण यदि पिता हुन् भने, पिताको पनि देह धारण भएको रहेछ भनी बुझिन्छ (जुन बाइबल अनुसार गलत शिक्षा ठहरिन्छ)

३) कृष्णले आफू पटक-पटक अवतार लिने कुरा पनि बताएका छन् (भागवत् गीत ४:७)

४) कृष्णले ज्ञान, कर्म र भक्ति मार्ग मोक्ष प्राप्तिको निम्ति सिकाएका छन् (जबकी बाइबल अनुसार येशु मात्र उद्धार र मुक्तिका लागि ढोका हुनुहुन्छ)

५) कृष्णले पाप र मृत्युको (बाइबलको जस्तो) विषयमा कतै पनि गम्भीर शिक्षा दिनुभएको छैन (भागवत् गीत २:२०)

६) कृष्णले न्यायको (बाइबलको जस्तो) विषयमा कुनै शिक्षा दिएका छैनन्

७) कृष्णले फलको आशा नराख्न तर कर्म गर्दै जान उपदेश दिएका छन् । (भागवत् गीत २:४७) (तर बाइबलले फल फलाउने कुरामा जोड दिएको पाइन्छ)

 

थप विश्लेषण:

हिन्दू दृष्टिकोणबाट:

१) येशुका पिता कृष्ण भए, उहाँले नयाँ जन्म सिकाउनु हुने थिएन (यूहन्ना ३:३)

२) येशुले आफू मात्रै बाटो हुँ भनी दाबी गर्नुहुने थिएन (यूहन्ना १४:६)

३) येशुले भविष्यमा हुने न्यायको विषयमा बोल्नुहुने थिएन (मत्ती १२:३६-३७, यूहन्ना ५:२१-२५, रोमी ८:१, १ कोरिन्थी ३:११-१५, २ कोरिन्थी ५:१०, हिब्रू ९:२७-२८ आदि)

४) येशुले स्वर्गको राज्यको विषयमा बोल्नुहुने थिएन (मत्ती ४:१७, ५:१९-२०, ६:३३, ७:२१ आदि)

 

बाइबलीय दृष्टिकोणबाट:

१) कृष्णले इस्राएलीलाई चुन्नुभयो (व्यवस्था ७:६)

२) कृष्णले आफैंलाई येशु द्वारा प्रकट गराउनु भयो (यूहन्ना १:१८)

३) येशु माथि विश्वास गर्नेहरूले मात्रै कृष्णलाई पिता भन्न पाउँदछन् (यूहन्ना ३:१६, १:१२, गलाती ४:६)

४) कृष्णको देह धारण भएको थिएन

५) कृष्ण कहाँ पुग्न येशुलाई स्वीकार गर्नै पर्छ

६) कृष्णले दिएका सबै व्यवस्था येशुले पूरा गर्नुभयो (मत्ती ५:१७-२०)

७) कृष्णले युग-युगमा अवतार लिने गर्दैनन् (हिब्रू ९:२८, १०:१-१८)

 

 

यी केही विश्लेषण मार्फत हामी सजिलोसँग बुझ्न सक्छौं कि कृष्णलाई येशुको पिता तुल्याउने व्यक्तिहरू खास भ्रममा परेका छन् । उहाँहरूको व्यक्तिगत निर्णय एउटा होला जुन उहाँको स्वतन्त्रता अधिकार पनि हो तर उहाँको विचार स्व-विनाशकारी नै छ । यदि येशुका पिता कृष्ण हुन् भने कृष्णले फेरि येशु तर्फ नै औंल्याउनु पर्ने अवस्था स्पष्ट देखिन्छ जुन कुरा हामी भागवत् गीतामा कतै पाउँदैनौँ । यस विषयमा हामी सबै सचेत हुन जरुरी छ!

 

यसरी, आजभोलिका महान विद्वानहरूले जतिसुकै जमर्को गरे पनि कृष्णलाई येशुका पिता घोषणा गर्ने यो प्रचलन एक हाँस्यास्पद कुरा मात्रै हुनेछ ।

***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 

Post a Comment

0 Comments