१)
"पुनर्जन्म
झूटो हो"
भनी
उनीहरू सँग तर्क-वितर्क
सकभर नगर्नुहोस् !
बरु
यसको मर्म माथि उनीहरू सित
छलफल गर्नुहोस् !
पुनर्जन्म
कत्तिको निराशाजनक छ,
यसमा
बोझ छ, केवल
शरीर परिवर्तन तर कर्म-चक्रको
दुख उही छ भनी बुझाउनुहोस् !
पुनर्जन्म
होइन तर यसै जुनीमा हृदय
परिवर्तनको खाँचो छ जुन येशू
द्वारा मार्फत मात्रै सम्भव
छ भनी सुसमाचार तर्फ डोर्याउने
काम गर्नुहोस् !
यसका
लागि ‘Death
of a Guru’ भन्ने
पुस्तक पढ्नुहोस् !
२)
साधना
र ध्यानले शारीरिक र मानसिक
लाभ धेरै दिन सक्छ तर हृदयको
परिवर्तन दिन सक्दैन भनी
बुझाउनुहोस् !
साधना
र ध्यानले पनि आखिरमा एक
व्यक्तिलाई अहंकारी नै बनाउँदछ
! यसको
एक मात्रै समाधान "म"
लाई
पाखा लगाउनु हो!
केवल
येशूमा मात्रै सम्भव छ किनकि
हाम्रो लागि मुक्ती उहाँले
किन्नुभयो र उहाँ माथि भरोसा
गरेर र उहाँलाई जीवन भर पछ्याएर
मात्रै हामी मुक्ती पाउँछौँ
! हाम्रो
अहंकारको ठाँउ कतै छैन !
अनि
उहाँलाई पछ्याउन आफैंलाई
इन्कार गर्नै पर्छ !
३)
येशूमा
मात्रै अमरत्व छ!
उहाँ
मर्नुभयो र पुनः जीवित हुनुभयो
! उहाँले
नै शुरुमा अमरत्व धारण गर्नुभयो
र उहाँ माथि विश्वास गर्ने
प्रत्येकले अमरत्व धारण
गर्नेछन् भनी उनीहरूलाई बुझाउन
सकिन्छ !
हिन्दू
धर्म भित्रै पनि फेरि कतिपय
यस्ता पात्रहरू छन् जसले
कहिल्यै नमर्ने वर पाएका
हुन्छन् । यी विषयहरूमा वादविवाद
नगर्नुहोस् । येशूको अमरत्वको
बारे उहाँको जीवनको कथा बगेर
चर्चा नगर्नुहोस् ।
४)
अज्ञानताबाट
मुक्ती येशूमा छ !
उहाँले
भन्नुभयो सत्यले तिमीहरूलाई
स्वतन्त्र पार्नेछ !
उहाँले
आफू नै सत्य हुँ भन्नुभएको
छ! उहाँले
कसरी मानव जातिको मूल समस्यालाई
सम्बोधन गर्नुभयो र हाम्रो
पहिचान बारे कसरी प्रकाश
दिनुभयो भन्ने बारे चर्चा
गर्नुहोस् !
५)
हिन्दू
देवी देवताहरू बारे कुनै
प्रकारका टिप्पणी नगर्नुहोस्
! येशु
सित दाँज्ने काम पनि नगर्नुहोस्
। केवल येशू बारे चर्चा गर्नुहोस्
र उनीहरूलाई नै मूल्यांकन
गर्न अवसर दिनुहोस् । कृष्ण,
राम,
विष्णु,
शिव
आदि तपाईंका पापका खातिर
मरेनन् भनी टिप्पणी नगर्नुहोस्
किनकि यी देवताहरू माथी हिन्दू
मित्रहरूको आस्था र भक्ति
उनीहरू मर्नु या बाँच्नुमा
छैन । यसको लागि हामीले भागवत
गीता, रामायण
तथा पुराण जस्ता शास्त्रहरूलाई
बुझ्न आवश्यक छ!
अथवा,
कुनै
पनि देवताहरूको चरीत्रलाई
लिएर विवाद पैदा नगर्नुहोस्
किनकि जस्तो हाम्रोमा ईश्वरको
धारणा हुन्छ,
त्यस्तो
हिन्दू धर्ममा हुँदैन । यदि
तुलनात्मक अध्ययन गर्नै परेमा
पछि स्वस्थ वार्तालापका साथ
पनि गर्न सक्नुहुनेछ ।
थप अध्ययन सामग्रीहरू:
१) पुनर्जन्म बारे विश्लेषण गरिएका भिडियोहरू: Click!
२) ध्यान र योग बारे विश्लेषण गरिएका भिडियोहरू: Click!
३) हाम्रो पहिचान र कर्तव्य: Click!
४) हामीलाई किन सृष्टि गरिएको: Click!
५) Death of a Guru book: Click!
1 Comments
Thank you for sharing.. very useful
ReplyDelete