१)
ज्ञान,
भक्ति
र कर्म मार्गलाई यसरी पनि हामी
जोड्न सक्छौँ:-
ज्ञान
मार्ग -
येशू
नै परमेश्वरको ज्ञान हुनुहुन्छ
। उहाँले नै परमेश्वरलाई प्रकट
गराउनुभयो र वचनका गहिराईलाई
बुझ्न मद्दत गर्नुभयो ।
भक्ति
मार्ग -
येशूले
आफ्नो जीवनकाल भर परमेश्वरको
भक्ति सही तरिकाले गर्नुभयो
। आत्मा र सत्यतामा परमेश्वरको
आराधना गर्नुपर्छ भनी उहाँले
सिकाउनु भयो ।
कर्म
मार्ग -
येशूका
कार्यहरू सिद्ध थिए । उहाँ
माथि कसैले पनि पापको दोष
लगाउन सकेनन् किनकि चोरले
चोरलाई चिन्छ भने झैँ पापीले
पापीलाई । उहाँको जीवन उच्च
नैतिकताले भरिएको थियो ।
२)
हिन्दू
धर्म सम्बन्धि इतिहास बारे
कुनै पनि चर्चा नगर्नुहोस्
। यसले केही लाभ दिँदैन । यस
बारे विविध मतहरू व्याप्त
छन् र निकै विवादित रहेको
पाइन्छ । सिन्धु घाटी सभ्यता,
आर्य
सिद्धान्तहरू आदि विषयवस्तुहरू
माथि कुनै चर्चा नगर्नुहोस्
। बरु यसका दर्शनहरू बारे
चर्चा गर्न सकिन्छ !
शद-दर्शन:
वेदान्त,
योगा,
सांख्य,
मिमान्सा,
न्याय
र वैशेशिखा ।
३)
हिन्दू
मित्रहरूमा हाम्रो विश्वास
बारे केही गलत अवधारणाहरू
फैलिएको छ भने त्यसलाई स्पष्टीकरण
दिनुहोस् । प्रायः सामाजिक
संजालका कारण धेरै अफवाहहरू
उहाँहरू समक्ष पुगेको पाइन्छ
। केही उदाहरण:
इसाईहरूले
डलर खान्छन्,
येशू
भारत र नेपाल आए,
येशूका
पिता कृष्ण थिए,
येशू
कश्मिरमा मर्नुभयो र उहाँको
चिहान त्यहाँ छ आदि । यी गलत
अवधारणाहरूले सुसमाचार माथि
तगारो थप्न सक्छन् र बाइबल
अनुसार हाम्रो जिम्मेवारी
अरुलाई सही बाटो देखाउनु पनि
हो !
४)
आफ्नो
गवाही र साक्षी दिनुहोस् तर
त्यसैलाई मात्रै केन्द्र
बिन्दु नबनाउनुहोस् !
आश्चर्यकर्मका
कुराहरू कति त हिन्दू आस्था
भित्र पनि रहेका हुन्छन् !
येशूलाई
भौतिकी उपलब्धिको दाताको
रूपमा नदेखाउनुहोस् । तपाईं
हामी समृद्धि (prosperity
gospel) को
सुसमाचार प्रचार गर्न आएका
होइनौँ । येशूमा चङ्गाई छ भनी
धेरै यसैमा मात्रै ध्यान
केन्द्रित नगर्नुहोस् । यो
हाम्रो विश्वासको मूल सिद्धान्त
होइन । यसले झन विवादित प्रश्न
आज निम्त्याएको छ जस्तै:
कोरोनाको
बेला चङ्गाई किन भएन?
किन
धेरै इसाई समुदाय नै आज बिमारी
अवस्थामा छन् ?
आदि
।
५)
झूटा
समूह बारे उनीहरूलाई बुझाउनुहोस्
। धेरैले झूटा शिक्षा र शिक्षकलाई
भेटेका हुन्छन् र हाम्रै बगाल
ठानेका
हुन्छन् । उनीहरूलाई बुझाउनुहोस्
कि जसरी हिन्दू धर्म भित्रै
पनि कति भ्रामक शिक्षा दिनेहरू
छन् त्यस्तै इसाई समुदाय जस्तै
देखिने ठगाहा समूहहरू पनि
छन् । उनीहरूलाई जगत गुरु
कबिरको उदाहरण दिन सकिन्छ
जसको पुस्तक ज्ञान गंगा निकै
लोकप्रिय बन्दैछ । यस्तै
हाम्रो समुदायमा पनि निकै
छन् जस्तै:
सच्चाई
केन्द्र,
जेहोवाका
साक्षी,
मर्मन,
चर्च
अव अल्माइटी गड,
माता
येरुसलेम आदि । झूटा शिक्षा
बारे आफू पनि जोगिनु र अरूलाई
पनि जोगाउनु हाम्रो जिम्मेवारी
हो!
थप अध्ययन सामग्रीहरू:
१) हिन्दू धर्म बारे केही जानकारी: Click!
२) वैदिक धर्मको उत्पत्ति, एक अनुसन्धानको विषय: Click!
३) येशू भारतमा आए? उहाँको शव कश्मिरमा छ? Click!
४) वेदमा येशू? भविष्य पुराणमा येशू? उहाँ भारत आउनुभयो? Click!
५) Did Jesus claim to be Krishna? Click!
६) Is Jesus a copy of Krishna? Click!
७) Krishna vs Jesus: Click!
८) Krishna Father of Jesus?: Click!
९) चर्च अव अलमाइटि गड I: Click!
१०) चर्च अव अलमाइटि गड II: Click!
११) येहोवाका साक्षी: Click!
१२) Why is Sachai Kendra a False church? Click!
१३) Mormons: Click!
१४) Mother Jerusalem: Click!
१५) Indian Philosophy-Shad Darshanas: Click!
0 Comments