Advertisement

Responsive Advertisement

यदि बाइबल पर्याप्त छ भने हामीलाई किन theological पुस्तकहरू आवश्यक पर्यो?

 




सर्वप्रथम त, बाइबल पर्याप्त छ भन्ने सिद्धान्त उद्धार र मुक्तिका लागि परमेश्वरको प्रकाशको सन्दर्भमा स्थापित गरिएको हो । परमेश्वर, मानिस, पाप, हाम्रो सम्बन्ध, उद्धार, हाम्रो जीवनको लक्ष र गन्तव्य आदि कुराहरूमा बाइबल पर्याप्त छ! हामीलाई कुनै अधिक जानकारीका लागि Book of Mormon (Mormonism), The Word appears in the Flesh (Church of Almighty God), आदि जस्ता अनावश्यक पुस्तकहरूको खाँचो छैन । जति जानकारी चाहिएको ती ६६ पुस्तकहरूमा उपलब्ध गराइएको छ । साथै, बाइबल मात्रै हाम्रो आधिकारिक शास्त्र हो! बाइबल मात्रै हाम्रो लागि मार्ग निर्देशनको पवित्र पुस्तक हो!

भनेपछि theological पुस्तकहरूको कुनै औचित्य छैन त? होइन! यो फेरि बेग्लै परिवेश हो! theology का पुस्तकहरू बाइबल सरह अख्तियार पाउन, बाइबलमा अझै थप्न लेखिएको होइन तर बाइबललाई अझै बुझ्न र बाइबल बाट पाइने जानकारीहरूबाट हाम्रो जीवनका लागि व्यवस्थित ढंगले निष्कर्ष निकाल्न बरु लेखिएका हुन्! Theology का पुस्तकहरूले बाइबललाई नै औल्याउँछ! बाइबललाई नै आफ्नो आधार लिएर अघि बढ्छ ! केवल उदाहरणका लागि मात्रै: मानौँ यी पुस्तकहरू आजको युगका डिजिटल अगमवक्ताहरू हुन् र परमेश्वरद्वारा पाइएको ज्ञानको प्रकाशको वरदानको उपज हो! अझै सावधानी अपनाउन पर्ने कुरो: यी पुस्तकहरूलाई बाइबल भन्दा माथि कहिल्यै राख्नु हुन्न ! यी पुस्तकहरूमा मात्रै पनि पूर्ण निर्भर हुनुहुन्न ! अनि बाइबल चाहिँ वास्ता नगर्ने तर यी पुस्तकहरूको मात्रै बढी ख्याल गर्ने काम पनि अनुचित हो! किनकी बाइबललाई बुझाइने उद्धेश्यले यी पुस्तकहरू लेखिएका हुन्, विस्थापित गर्ने हेतुले होइन !! अनि मुख्य कुरा! सैतान माथि विजयी हुन theology का पुस्तकहरू उद्दृत गर्ने होइन वचन उद्दृत गर्ने हो! शक्ति वचनमा छ!

तसर्थ, theology पुस्तकहरू पढ्दा यस कुरामा होशियार पुर्याऔँ । पढ्नु गलत होइन तर बाइबलको साटो पढ्नु चाहिँ गलत हो! सबै कुरा टलेर जानेछ तर वचन मात्रै सदासर्वदा रहनेछ !


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 



Post a Comment

0 Comments