Advertisement

Responsive Advertisement

A response to Reformed view on 'Having a Vision' || 'दर्शन' बारे रिफर्मड ईश्वर शास्त्रको विचारलाई एक स्वस्थ र मर्यादित प्रतिक्रिया

 


    एक ओ.सी क्यारिजम्याटिक पेन्तिकोस्तलको नाताले म अवश्य दर्शनका कुरामा विश्वास गर्दछु | पवित्र शास्त्र बाइबल पूर्ण छ तर डाइनामिक पनि छ | पवित्र शास्त्रमा केही थपघट गर्न पाइँदैन किनकि परमेश्वरमानिस र उद्धार समबन्धि आधारभूत सबै जानकारी बाइबलमा पूर्ण रूपमा दिइएको छ | यस प्रसंगमा हामीलाई थप प्रकाश वा दर्शन आवश्यक छैन | 

    तर परमेश्वर आज पनि सक्रिय हुनुहुन्छ र मानिसलाई उद्धारमा ल्याउन उहाँ आज पनि काम गर्दै हुनुहुन्छ | उद्धारमा ल्याउन मात्रै नभएर आत्मिक वृद्धिमा समेत उहाँले मार्ग निर्देशन गर्नुहुन्छ | मानिसको आत्मिकी र व्यक्तिगत जीवनको सुधारको लागि उहाँ सदा सक्रिय हुनुहुन्छ | 'दर्शन देख्नुयसै सित सम्बन्धित छ | पवित्र शास्त्र नपुगेर यसमा थप्नलाई दर्शन पाउने होइन तर व्यक्तिगत जीवनको सुधारअरुको निम्ति केही संदेशसुझावचेतावनीसावधानी साथै संसारमा भविष्यमा हुन आउने गतिविधि जुन धर्म शास्त्र सित सरोकार राख्छत्यस्ता विषयहरू बारे आज पनि परमेश्वरले दर्शन मार्फत संचार गर्न अवश्य सक्नुहुन्छ | 

अब माथिको पोस्ट बारे केही चर्चा,

    पवित्र शास्त्र सँग सहमत छन् भने किन दर्शन आवश्यक छैनन् ? पवित्र शास्त्र पूर्ण भएकोले हो? कि प्रकाशको पुस्तकमा शास्त्रमा केही थपघट गर्न पाइँदैन भनेर हो? अनि व्यक्तिगत दर्शन बाइबलमा थपिनलाई होर?

    व्यक्तिगत दर्शन शास्त्र सँग अवश्य मिल्न पर्छ जुन प्रथम मापदण्ड वा आचारसंहिता हो । बाइबल सँग नमिल्ने दर्शनले झूटा शिक्षा र अभियानलाई जन्म दिएका छन् नै ! तर, व्यक्तिगत दर्शनहरू भनेको कुनै व्यक्ति, अवस्था, परिस्थिति वा समस्या-सुधार विशेषको लागि दिइन्छ ! यो एक मार्ग निर्देशन जस्तै हो जुन अरुको भलाईको निम्ति, प्रार्थनाको निम्ति परमेश्वरबाट एक सन्देश हो । मुसलमान मित्रहरूले येशुलाई दर्शन मार्फत चिनेको गवाहीहरू मनग्ये छन् ! के आज परमेश्वरले यसरी काम गर्नुहुन्न र?? अवश्य गर्नुहुन्छ !

    यस पोस्टले न त दर्शनको परिभाषा नै जानेको छ न त दर्शनले कसरी काम गर्छ भन्ने कुरा नै जानेको छ! बाइबल पूर्ण हामी सँग हुनु र दर्शन देख्नु बीच कुनै सम्बन्ध नै छैन । यद्यपि, दर्शनलाई भने प्रार्थना र वचन अध्ययनका साथ जाँच्नु पर्छ! तर दर्शन नै अनावश्यक भन्ने तर्क चाहिँ न्यायोचित छैन किनकि यो व्यक्तिगत तहमा सेवाको निमित्त हो!

"The word vision and revelation in itself is tricky. It has been used interchangeably though there are some differences.

In the context of canonization, the Canon of scripture is already closed and God’s revelation is complete for now. In this context, we don’t need any vision or revelation. 

In the context of soteriology, the purpose of vision is to lead someone to salvation. In this context, I think vision will be connected with God’s word that is gospel to save the soul. 

In the context of ecclesiology, If God desires to communicate his message to someone, he can use any means even today. There is no limitation for God. God can use any means to reveal himself, his plans and his glory. However, If God gives vision, it will definitely agree with his already revealed word."

-A comment from Bikal Shrestha

 

Original post: Click here!


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 

Post a Comment

0 Comments