FOR VIDEO: CLICK!
सैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो त्यो! खुट्टा मुनि! सैतान खुट्टा मुनि!!
चर्च-चर्चमा गिटार झ्याङ्ग कि झ्याङ्ग बजाएर, ड्रम पनि बेजोडका साथमा डूम टाक डूम डूम टाक बजाएर सब युवाहरू कोठाको सिलिङ नै प्वाल पर्ला र भुइँ चर्केला जसो गरि नाच्छन् क्यारे यसमा! गाउँदा त कत्तिन मार्भल यूनिभर्सको Hulk नै सोचे जस्तै गरि गाउँदा रहेछन् तर दिनानुदिनको जीवन हेर्दा त superman को अगाडि kryptonite नै ल्याएर राखे जस्तो पो हुँदो रहेछ क्यारे !
अब गीत पनि हेरौं न! खोसौँ त्यसले जे लग्यो त्यो रे क्या! हाल सम्म के-के खोस्नु भाछ खै सुनम त! 😄 कुराकानी र बहसहरू सुन्दा त धेरै कुरा सैतानलाई नै अर्पण गर्दा रहेछन् - यो सैतानिक, त्यो सैतानिक! गाउँदा चाहिँ एकछिन फुर्ती नै गरे जसो घुर्की! 😃😄 अनि फेरि खुट्टा मुनि रे! जीवनभर सबै थोकमा सैतानलाई आफ्नो टाउकामा चढाएर अनि मुखले मात्रै खुट्टा मुनि ? 😅 अझ भनौं भने इसाई समुदायको बानी के छ भन्दा जेसुकै कुरालाई पनि सैतानिक हो नभने सम्म घरमा रातिको भात नै नपच्ने रहेछ त! कि कसो?
एउटा चर्चमा के गाको थिएँ, एक जना वृद्ध आमैले त फोन हेरेर बानी बिगार्यो भन्दै फोनलाई नै सैतानिक रे लु जा! 😅 कोही भन्छ स्वर्गमा आराधना गर्ने त लुसिफर थियो रे अनि उसैले सङ्गीतको माध्यमबाट संसारमा राज गर्दैछ रे! त्यही भएर होला यस्ता पनि चर्च छन् जहाँ म्युजिकलाई यू ग्येट आऊट! भन्छन् 😉😆😄 भनेसी सा रे ग म प को पनि सैतानिक अर्थ छ भन्यो भने त हामीलाई इसाई नोट्स नै चाहियो भन्न बेर नलगाउला! त्यस्तै एक जनाले त कार्टून पनि सैतानिक रे! किन भन्दा स्याटलाइट मार्फत प्रसारण गरिने हुँदा जुन अन्तरिक्षमा राखिन्छ । अनि त्यहाँ सैतानको वासस्थान भाकोले रे! 😃😃😃 अनि उही महान विद्वानको शिक्षा टिभी वा फेसबूक मार्फत नै सबैले हेर्छन् जुन त्यही स्याटलाइट कै कमाल हो! 😅 अब के भन्ने? हाम्रो पारा देखेर त सैतान नै बेहोस हुन्छ होला कि? उस्तै परे सूर्यलाई पुजिन्छ भनेर झ्याल ढोका नै नभाको घर बनाउन बेर नलगाउला 😄 उ सोच्छ, मानिस जाति त उसले सोचेको भन्दा पनि बढी डरछेरुवा रहेछ ! 😄
हामी अक्सर येशू राजा भन्दै हिँड्छौँ तर पारा हेर्दा सैतानलाई पो उहाँको सिँहासन दिएको जस्तो पो छ! अनि अझै हाम्रै घुर्की! उसले जे लग्यो त्यो खोस्ने रे! 😆 धमाधम सब उसैको हातमा सुम्पेर अनि हामी चाहिँ खोस्ने कुरा मात्रै गर्छौं ! विगतमा कोरोना आउँदा समेत त्यस बाट ६६६ हिसाब गर्ने हरू छन् गाँठे! अनि हात र औँलाका चिह्नहरू पनि सैतानिक रे! हामीले त उ सित भएको कुरा भन्दा पनि बढी उल्टै उसलाई दाइजोमा धेरै थोक दिएर पठाएछौँ त 😄😃! अझ परम्परागत पुराना पुस्ताहरूले त चस्मा नै लगाएर हिँड्थे नि! जता पनि, जे कुरा पनि सैतानिक भन्दै! येशूको नाउँमा उसलाई किक का किक दिनु साटो उसैलाई पो सबै थोक माथी राजा बनाइराखेका छौँ भने अब भन्नुस् कि फटाहा उ होकि हामी? 😎
सैतानको शिविरमा चाहिँ हामी साँच्चिकै नै गएका रहेछौं तर खोसेर ल्याउन हैन बरु उसको नभाको कुराहरू पनि उसलाई दिन! 😆😄 अनि खुट्टा मुनि भन्दै गफ मात्रै पो नि! सबले आफ्नै टाउको माथि उसलाई चढाको रहेछ ! अनि त उसले मौकामा चौका हान्दैन त? 😃😃😃

.png)
0 Comments