अब कुरो गरौँ यो एक्स मसको । हजुर ठीक सुन्नु भयो- एक्स मस! मतलब Xmas 😄 ! Merry Xmas भनेँ भने तपाईंले फेरि ठाउँको ठाउँ मेरो लागि नरकको टिकट काट्दिनुहोला भन्ने डर अनि यो डिसेम्बरको जाडोमा नरकमा आगो पो तापेर बस्नु पर्ला फेरि म 😅 । खैर जे होस्, अक्सर धेरैले सोच्दा रहेछन् कि Xmas भनेको ख्रीष्टलाई फालेर मनाइने Mas मात्रै हो! अनि आजका उडनथेउला युवाहरू इन्स्टा फिन्स्टा कुन कुन टा कुन कुन टा बाट जे पायो त्यही भिडियो हेरेर त्यसरी त लेख्नुहुन्न पो भन्दै घैँटोमा घाम लाग्यो सोच्दा रहेछन् । तर वास्तवमा भन्नपर्दा घैँटोमा घाम चाहिँ होइन पानी नै अडिन नपाउने गरि प्वाल चाहिँ पक्का पारिदिएको हो 😃 ।
एक साधारण अध्ययनले मात्र पनि Xmas को अर्थ थाहा हुन्छ र त्यो X होइन ग्रिक अक्षर हो भनेर हेक्का जरुर पाउनुहुन्छ! ख्रीष्ट शब्द नेपाली मूल थोडी न हो 😆 यो त ग्रिक Christos बाट पो आएको हो त ! Xmas भन्नु नै Christmas हो 😃 । तर ज-जसले X देखेर Christ लाई फालिदियो भनेर रिसले चुर भैइ 100 डिग्री कै ज्वरो निकाल्छ उनीहरू आफैं चाहिँ ठूलाठूला मलहरूमा 5 मिटर अग्लो Christmas Tree हेर्न जान्छन् ! घरमा पनि त्यही सजाउँछन् ! अनि सान्ता क्लज नामक उनीहरूको हजुरबा पनि छन् 😄 । अनि यी चीजहरूले चाहिँ ख्रीष्टलाई चिनाउने काम गरेका छन् रे क्यार! 😅 अरे बाबा, व्यापारीहरूलाई नै थाहा हुन्न कि Christmas tree किन राखेको 😆 । अब पैसो आउँछ भैहाल्यो! कठै वर हाम्रो सोच!
Xmas ले ख्रीष्टलाई फाल्ने रे अनि सान्ता बाजे र त्यो रूखले चाहिँ ख्रीष्टलाई चिनाउने रे? 😄 कहाँको लजिक हो अरे यो? मङ्गल ग्रहको? कि शनि ग्रहको? हैन सान्ता क्लज र ट्री ले पनि कत्तिको दामी भूमिका खेलेको छ ख्रीष्ट बिनाको Christmas मनाउन लगाउन भन्ने कुराको हेक्का छ कि छैन हो? 😅 फेरि हामी पनि के कम? त्यही बाजेको टोपी सबले लगाएर फेसबूक र इन्स्टा तिर पोस्ट हाल्न हतार गरिहाल्छ्म! संसारले देख्ने र बुझ्ने त त्यही सान्ता हजुरबा त होनि 😅 । अनि रूख सजाउँदैमा कहाँ बाट येशूको प्रचार हुन्छ त! रूखमा हाल्ने नै एन्जल, गिफ्ट, तारा, सान्ता, बत्ती त हो! 😅😅😅 येशू त प्रचार नगरे सम्म कहाँ मानिसले बुझ्छन् त? कि Christmas tree लाई निन्जा हतोरी कार्टूनमा हुने क्याक्टो च्यान ठान्नुभयो 😆😅 अनि सान्ताको टोपीलाई Doraemon को gadget? अनि बिचरा Xmas लाई मात्रै पेल्नी? हेप्नी? 😁😄 मुद्दा हाल्ला है सर्वोच्च अदालतमा फेरि Xmas ले 😅 ।
ख्रीष्ट प्रचार नहुनुमा त हाम्रो आफ्नै दोष छ नि । कि होइन भने हो भन्नुस् नत्र पनि हो नै भन्नुस 😆 लौ त्यस्तै साह्रो गाह्रो परे हजुरहरू कै हजुरबा छन् नि यहाँ ! खै कहाँ गए? ए सान्ता जी? सान्ता: हो हो हो! 😆😆😆 लु सजिलो भयो? 😎 ख्रीष्टलाई फालेको Xmas ले होइन हाम्रो मानसिकताले हो । विदेश बाट परम्परा भन्दै हुल्याउने हामी, त्यो पनि अर्थ नबुझिकन अनि आज आएर पेट्रोलको भाउ बढेको जस्तो गरि कराउने पनि हामी नै? 😅😄 कुछ तो गडबड है दया! कलेजमा साथीले सोध्थे मलाई santa बारे भन न हामीलाई! उ! उ!! उ!!! सुन्नुभो? देख्नुभो! ए साँची तपाईं त कहाँ मेरो बेन्चमा म सँगै हुनुहुन्थ्यो त हैट! जे होस् लेखेको त देख्नुभो नि? यस्तो छ यहाँको पारा! बिचरा, म भने येशू बारे सुनाउन कस्तो छट्पटी हुन्थेँ, मान्छेहरूको प्रश्न सुन्दा चाहिँ छेरपाटी नै लाग्थ्यो !
म आफैं खासै सान्ता क्लज र Christmas tree राख्न रुचाउँदिन ..... भनेर भन्न मिलेपो!!! 😁😁😁 तर भन्छु त! 😛😜 किनकि यी कुराहरू आफैंमा राम्रो थोक भएनी ख्रीष्टलाई निकै विस्थापित गर्दै आएका छन् अचेल । तर अब हजुरबा र रूख बिना नै बडादिन छोटादिन जस्तो लाग्ने हो भने त के नै पो भनूँ र? 😄 अब कुरो घुमाई फिराई त्यही हो- Xmas लाई मात्रै गलत नजरले हेर्ने बानी छोडौँ !
ल अब गाली नि गर्दा गर्दा शब्द नै सकियो ! जे होस् अब घैँटोको प्वाल चाहिँ टालटुल गर्नुहोला है! अनि सबैलाई आउने बडादिनको शुभकामना छ!
Merry .......
के सोच्नुभो?
मैले Christmas नै भन्छु 😅

.png)
0 Comments