गुड फ्राइडे र इस्टर
हामी जब गुड फ्राइडेको विषयमा आफ्ना अख्रीष्टियन मित्रहरुसंग चर्चा गर्छौं तब
एउटा प्रश्न उनीहरुले सोध्ने गर्छन् कि तिमीहरुको भगवानलाई मारेको दिन होरे अनि
किन गुड फ्राइडे भन्छौ ? यो प्रश्न मैले पनि सामना गर्नु परेको थियो र सायद
तपाईहरुले पनि गर्नु भएको छ कि ?
हो, आज
प्रभुलाई नचिनेका मानिसहरुबाट यस्ता खालका प्रतिक्रिया आउनु कुनै नौलो विषय होइन |
न त कसैले चासो नै दिएका छन्, न त क्रूसको त्यो महान प्रेमलाई बुझेका नै छन् |
क्रूस आज ख्रीष्टियन धर्मको एक चिह्नको रुपमा स्थापित भएको छ र यस चिह्नलाई देख्ना
साथ क्रिष्टियन धर्म मान्नेहरु भनेर हामीहरुलाई सबैले चिन्छन् | अझ आधुनिक युगमा त
झन् शिक्षा आर्जन गर्ने भएकाले केहि हद सम्म ख्रीष्टियान मत बारे धेरैले सुनेका
हुन्छन् | येशूलाई क्रूसमा टाँगेर मारेको पनि धेरैलाई अवगत नै छ | इतिहास आफै नै
यसको साक्षी छदैछ | तर धेरैले प्रश्न गर्छन् कि यसरी कष्ट दिएर भगवानलाई मारेको
दिन कसरी र किन गुड फ्राइडे भयो ? मुक्तिदाताको त्यो महान सत्य कथा अब यहा बाट नै
शुरु हुन्छ ...
क्रूसलाई
धार्मिक चिह्नको रुपमा आज विश्वमा पहिचान गरे तापनि यो धर्म सित सम्वन्धित चिह्न
वास्तवमा होइन | यसको अर्थ निकै मार्मिक छ जसमा हाम्रा प्रभुले आफैलाई बलिदान
गर्नु भयो (गलाती ३: १३)| बरु यो भन्न सक्छौं कि प्रभुले यस्तो क्रूसमा सम्म पनि
आफ्नो महिमाको केहि वास्ता नगरी हामी सबैको खातिर त्यसलाई झेल्नु भयो (हिब्रू १२: २)|
आफै परमेश्वर भएर पनि मानव जातीको खातिर आफैलाई त्यसमा बलिदान गर्नु भयो | के हो त
वास्तवमा क्रूस को अर्थ ?
पास्टर गणेश
तामांगद्वारा लिखित एक उत्कृष्ट पुस्तक ‘जाचैं-जाचँले जाचेंको पुनारुत्थान’
बाट यो अंश साभार गर्न चाहन्छु :
येशू मारिनुभएको घटना उति मिठास्लाग्दो खबर होइन | यस्तो खबरमा विश्वास गरेर
मानिसले पापबाट उद्धार पाउंछ भन्ने रहस्य बुझ्न र बुझाउन गाह्रो छ | चलेको चलन
अनुसार, क्रूसमा मारिएको व्यक्ति बाट आशा गर्न सकिने कुरो के नै पो होला र ? क्रूस
नकारात्मक थोक हो | बाइबलले भन्दछ, “काठ (क्रूस) मा झुन्डिने हरेक श्रापित हुन्छ”
(गलाती ३: १३), “क्रूसको संदेश नष्ट भइरहेका हरुका निम्ति मूर्खता हो...” (१
कोरिन्थी १:१८) | क्रूसको मृत्यु डरलाग्दो घटना हो | रोमी दार्शनिक मार्कस टुलियस
सिसेरो ले अति नै भयानक दण्डको रूपमा लिएका थिए | उनी भन्छन्, “क्रूस शब्द आफै पनि
एउटा रोमी नागरिक् देखि पर हटाउनु मात्र होइन उसको विचार, आखाँ र कानमा पनि पर्न
दिनु हुँदैन ...|” येशूको नाम पनि यहि घृणीत ‘क्रूस’ संग जोडिएको कारण उहाको संदेश
र यसलाई सुनाउने उहाँका चेला हरु प्रति समाजको दृष्टिकोण कस्तो थियो भन्ने कुरा
लाई अलिकति मात्र अनुमान गर्ने हो भने पनि पुनरुत्थानलाई समेत यसले ओझेल मा पार्न
सक्थ्यो | रोम सरकारलाई यहुदीहरुले येशू लाई क्रूसमा टाग्न को लागि सुर्याउनुको
कारण यहि हो कि उहाँको अभियान कहिल्यै पनि सफल नहोस् वा येशूको नाम कसैले पनि लिन
नपाओस् |
अत: क्रूस
आफैमा पनि एक शरमलाग्दो थोक हो जसमा आफ्नो प्राण दिने साहस प्रभुले गर्नु भयो |
आफै स्वयम् परमेश्वर भए तापनि उहाले आफ्नो महिमालाई छोडेर एक मानिसको रुपमा क्रूसको
त्यो अपमानलाई सहनुभयो (फिल्लिप्पी २:५-११) |
उहाँको क्रूसको
त्यो बलिदान र पुनरूत्थान नै हाम्रो विश्वासको बलियो जग हो | मृत्यु नै उहाँद्वारा
गरिएको एक महान काम थियो | अत: परमेश्वर सित पुनर्मिलाप गराउने कार्य त्यति सहज
छदैं थिएन | पापको दासत्वबाट हामीलाई छुटाउन उहाँले क्रूसको कष्ट उठाउनुभयो |
पुनरूत्थान हाम्रो विश्वासको जग हो जसले संसारका स्थापित धर्महरु को माझ मा
हाम्रो विश्वासलाई विशेष र अद्दितीय तुल्याउछ | कुनै पनि धर्मका संस्थापक वा पुज्य
व्यक्तित्वहरु मरेर फेरी जीवीत भएको तथ्य कुनै पनि धार्मिक शास्त्रहरुमा हामी पाउंदैनौं
| हामीहरुको गौरव र महिमा नै पुनरूत्थान हो | इतिहासकारहरुले पनि स्वीकार गरेका
छन् कि उहाँको मृत्यु पश्चात त केहि भएको नै थियो जसले गर्दा उहाँका चेलाहरुमा
नयाँ जोश का साथ येशू को बारे प्रचार गर्ने हिम्मत जागियो | १ कोरिन्थी १५: १६-१९
अनुसार हाम्रो आशा पुनरूत्थान हुनु भएको ख्रीष्टमा नै छ | यो मानव इतिहासमा गरिएका
सबै आश्चर्यकर्महरु भन्दा महान हो | यसले येशूको ईश्वरत्वलाई प्रमाणित गर्दछ (रोमी
१:४) र हाम्रो विश्वासलाई बलियो कायम राख्दछ |
हामीले गुड
फ्राइडे र इस्टरको महत्व र आवश्यकता जान्दछौं र यो हाम्रो जिम्मेवारी होकी कसरी
हामीले प्रभुको विषयमा अरुलाई सुनाउने | प्रभु केवल यहुदीहरुको लागि मात्र यस संसारमा
आउनुभएको थिएन तर हामी सबैको लागि थियो | आज संसारका मानिस हरुलाई येशूको खाँचो छ |
अनि हाम्रो कार्य नै येशूको विषयमा अरुलाई समय ढिलो नहुदै सुनाउनु हो | विश्वास
गर्ने नगर्ने सबैको आफ्नो स्व इच्छा नै हो तर उहाँको विषयमा सबैले सुन्ने मौका पाउनुपर्छ
|
सबैलाई गुड
फ्राइडे र इस्टरको शुभकामना छ !
यस विषयमा अझै
बढि जान्न का लागि यी link मा जानुहोला:
https://www.youtube.com/watch?v=Obg8HIpm14c&t=308s https://www.youtube.com/watch?v=R1--UlTBsf4&t=1671s
(Originally published at https://nepalchurch.com/17838/येशूलाई-मारेको-दिन-कसरी-ग/)
0 Comments