FOR VIDEO: Here!
अब कुरो गरौँ एउटा रोचक प्रसङ्गको - यो अक्सर धेरै विद्वान मगजले भरिएकाहरूले सोध्ने गर्छन् 😁 तर उत्तर जानेर चाहिँ कताको पि एच डि हासिल गर्ने हुन् त्यो चाहिँ थाहा भएन मलाई 😃 यो हो डाइनोश्वर बारे! लौन कहाँ "ईश्वर" सुन्नुभाको भन्या ? डाइनोश्वर क्या! Dinosaur! 😁😁😁 बाइबलमा डाइनोश्वर कता छ भनी अक्सर धेरैले सोध्ने गर्छन् नि! मलाई एउटा कुरा अचम्म के लाग्छ भन्दा बाइबलमा कङ्गारू कहाँ छ त कसैले नसोध्ने रहेछन् बा! न त बाइबलमा म्यामथ कहाँ छ भनी कसैले कहिले सोधेको आज सम्म पाको छु! त्यै त्यै डाइनोश्वर कै बारे मात्रै चासो राख्दो रहेछन् कत्तिन पैसा नै खाएर भागेको जसो गरि 😁😁😁
फेरि यी ठूल्ठूला undertaker जीवहरू बारे यत्ति धेरै चासो कि यो जस्तो चासो त बाइबल कसरी पढ्ने, परमेश्वरलाई अझै कसरी जान्ने र उहाँको हृदयको मानिस सरह कसरी हुने भन्ने बारे त एक सुक्को प्रश्न आउँदै त बा! 😄😄😄 सायद यी जीवहरूले ठूलै चमत्कार गरेछन् क्यार हाम्रो मगजमा! हामी हरपल यिनीहरू कै नाउँ जप्छौँ 😀 । अनि कोही अय्युब ४०, ४१ पल्टाउने काम तर्फ लाग्छ जहाँ बिहेमथ र लिव्यातान हरू देख्छन् ! ओहो, यी नै पो भाइनोश्वर हुन् कि क्या हो है कान्जा! बिचरा हामीलाई अय्युबको हालत सित सरोकार छैन न त त्यो पुस्तकले के सिकाउँछ भन्ने बारे सरोकार छ! तर त्येइ डाइनोश्वर, भाइनोश्वर, राइनोश्वर अनि के के श्वर केके श्वर बारे चाहिँ निकै चासो ! ताली पो दिन मन लाग्छ हौ मलाई त 😄 तर एक हातले गालामा 😁
तेइ मुखले डाइनोश्वर सोध्न सक्ने अनि तेइ मगजले अन्य जीव देख्दै नदेख्ने पो गज्जब लाग्छ हौ मलाई ! Mastodon, Mammoth, Archaeopteryx, Dodo, आदि बारे चाहिँ अब हजुरहरूको खनातीहरूले सोध्ने हुन् कि? 😆😆😆 कतै यी जीवहरूको नाउँ नै सुन्नुभाको त छैन ? ल ठीक छ, यी नामहरू त सुन्नुभाको होला नि? Allosaur, Triceratops, Diplodocus, Brachiosaur, Igwanodon, Ornithomymus, Hypsilophodon, Tyrex, Saurolophus, आदि! कि नाउँ सुन्दै तर्सिनु त भएन ? यी सबै त्येइ भाइनोश्वर कै नाउँ हुन् नि! 😃😃😃 भनेसी बाइबलमा यी सब बारे लेखिएको हुन पर्यो हैन त? उसोभए त बाइबलमा अमेरिका, अष्ट्रेलिया पनि चाइयो होला? 😄😄😄 गाह्रो छ बा नेपालमा!
डाइनोश्वरलाई त फेरि यस्तो अचम्मको जीव ठानेर हैरान छ! अनि डाइनोश्वर आज भाको भए हामीलाई देखेर चाइ बरु अचम्म पर्थ्यो होला! 😁 उनीहरू बिचरा लोप भएर गए अनि हामी चाइ उनीहरूलाई सम्झेर बहस गर्दै छौँ ! कोही भन्छ हैन मानिस र भाइनोश्वर एकै समयमा जिए, अरु भन्छन् डाइनोश्वर त कब्का गए मानिस आउनु अगाडी नै! अब यी दुई मध्ये कुन ठीक हो होइन मलाई नसोध्नुस ल 😃 म वैज्ञानिक होइन । तर यति जान्दछु कि ती कुनै अजीब खालका जीव थिएनन् । अझ एभोलुसनमा विश्वास राख्नेहरू त भन्छन् कि आजका पंक्षीहरू नै ती डाइनोश्वर हुन् 😅 जस्तै कुखुराहरू! अब सत्य हो या होइन म जान्दिनँ ल! तर सत्य भयो भने त वाह! डाइनोश्वरलाई त दिनदिनै पो देखोरहेका रहेछौं त गाठेँ! नदेखेको त बाइबलको उद्देश्यलाई पो रहेछ! 😄😄😄
बिचरा बाइबल त परमेश्वरले आफ्नो र हाम्रो बारे बताउन कति तत्पर थियो तर हामी भने डाइनोश्वर बारे भन कि भन ! अनि मादल बज्छ: भनूँ कि नभनूँ - भनूँ कि नभनूँ (२) र तबलाले बोल्छ: तँ त भन, म त भन्दिन- म भन्दिन दिन दिन! 😁😁😁 अनि बिचरा बाइबललाई कत्रो भार- हे मुरख मनुष्य! आफ्नो मगजलाई नि अपडेट गर! तँलाई आफ्नो बारे र प्रभु बारे चाइ केइ मतलब छैन ? डाइनोश्वर के तेरो काका हो? 😃😄😁 अक्सर बाइबललाई यसरी नै दन्काउन मन लाग्छ होला हैन? 😅
अब बाइबलमा डाइनोश्वर होस् या नहोस् ईश्वर चाइ पक्कै छन् है! डाइनोश्वर हेर्ने चक्करमा ईश्वर भुल्नुहोला अनि नरकको आगो ताप्दै डाइनोश्वर नाउँ जप्नुहोला नि फेरि पछि! 😁😁😁
0 Comments