Advertisement

Responsive Advertisement

कमाई खाने भाँडो? प्रलोभन?

 





यू ट्युब भिडियो लिंक: यहाँ क्लिक गर्नुहोस्


हिजो राति मात्र म एकैछिन फेसबुक हेर्दै थिएँ, एक्कासी मेरो नजर एउटा पोस्टमा गयो जसमा एउटा गीतमा कसरी एक संगीतकारले ख्रीष्टियान विश्वासको गलत अवधारणा पेश गरेका छन् भनेर एक जनाले टिप्पणी गर्नुभएको रहेछ | मैले उनको पोस्ट र केहि तस्वीर हेरेँ र उनले आफ्नो वेबसाइटको लिंक पनि राख्नुभएको रहेछ | त्यो पनि पढेँ | जब मैले भिडियो नै हेरेँ, मलाई साह्रै दुख लागेर आयो | ख्रीष्टियान विश्वासलाई एकदमै बदनाम हुने किसिमले गीतका हरफ साथै भिडियो बनाइएको रहेछ | पैसामा बिक्ने मानिसहरूको केहि दृश्य देखाएर, पैसा र प्रलोभनमा यो धर्म अघि बढ्दै छ भनि भ्रामत्मक संदेश दिएको छ |

देशभक्तिको गीत र देश अनि समाजमा भएका समसामयिक गतिविधि र समस्याहरूलाई बटुलेर जनचेतनामूलक गीत बनिएको एकदम राम्रो हो जसमा हामीलाई कुनै पनि आपत्ति छैन | तर यहाँ धर्मको विषयलाई लिएर बिना कुनै अध्ययन, अवलोकन, अनुसन्धान तर अरुको भनसुनमा जानिएका अफवाको भरमा यस गीतले ख्रीष्टियान विश्वासलाई नकारात्मक रूपले देखाएको छ | संगीतकार प्रति हाम्रो कुनै रिस छैन तर उनले सत्यता जानेको हामी चाहन्छौं किनकि बाइबलले आज्ञा दिए झैं हामी उनलाई प्रेम गर्दछौं | उनको चेतना र होस् खुल्न सकेको होस् यहि हाम्रो प्रार्थना छ |

तत्कालीन भारतमा रिलिज भएको फिल्म आदिपुरुषले कस्तो समस्या निम्त्यायो? यस विषयमा सायद मैले यहाँ धेरै भन्न पर्दैन | किन त्यो विवाद र विरोध उब्जियो? किनकि त्यो सिधा एक आस्था माथि भएको बदनाम थियो | हिन्दू मित्रहरूले एकदमै ठिक गरेका छन् | अब यहि सन्दर्भलाई यता जोड्ने हो भने आस्था र धर्मका कुरामा होसियारी हुन पर्छ | आस्था खेलाँचीको विषय कदापि होइन | धर्म र आस्था एकदम संबेदनशील हुन्छ | यस गीतमा जसरी ख्रीष्टियानहरूले बाइबल बोकी प्रलोभन देखाएर हाम्रो धर्ममा आउनु भनेर देखाइएको छ, साँचो रुपले बाइबल बुझेको कुनै पनि व्यक्तिले त्यसो कदापि गर्दैन | के ख्रीष्टियान विश्वास अंगाल्ने मानिसहरू गरिबीको रेखा मुनि छैनन् र? यदि धन, दौलत, जग्गा आदि पाउने हो भने ख्रीष्टियानहरू पनि त आज संघर्ष गर्न नपर्ने होनी त! कति त बेरोजगार छन्, कति रोगी भएर पनि जिउनेहरू छन्, कति त जीवनभर दुख पाएर देहान्त भएकाहरू पनि छन् | नत्र आफैँ कृपया हरेक मण्डली भ्रमण गरेर हेर्नुहोस् | बाइबलको संदेश समृद्धिको संदेश होइन | बाइबलको पुनर्मिलाप, परिवर्तन र मुक्तिको संदेशलाई नजरअन्दाज गर्दै यस गीतले उही सदीयौ कालदेखिको भ्रमलाई नै यस गीतमा राखेको पाइन्छ | हो, लगानी, पैसा, फन्डका कुराहरू पनि छन् तर यो संसारमा जता पनि खाँचो पर्ने विषय हो | धर्मको नाममा व्यापार होइन | सबैभन्दा दुखलाग्दो कुरा त प्रलोभन बारे हो | सायद संगीतकारले बाइबल बारे अलिकति पनि बुझ्ने प्रयास गर्नु भएन होला | बाइबल माथि नै प्रश्नहरू उठाउनुभएको भए बरु ठिक थियो जसको उत्तर हामी प्रदान सक्दो गर्ने थियौँ | तर यहाँ मानहानीको मुद्दा रहेको छ |

ख्रीष्टियानहरू कसैलाई जबर्जस्ती गर्दैनन् न त कुनै प्रलोभन द्वारा धर्म समुदाय बढाउने लक्ष नै राख्छन् | बाइबलको संदेश ईश्वरको अनुग्रहको हो र एक मुक्तिदातालाई हामी मानव जातिको उद्धारको निम्ति दिइएको शुभ समाचार हो | येशु भन्दा दाँया बाँया प्रचार कदापि गरिंदैन |

    हाम्रो यहि अनुरोध छ कि झूटा आरोप यसरी नलगाउन् | संगीतकारको उद्देश्य र नियत राम्रै भए तापनि उनले कमसेकम गहिरो अवलोकन गर्न पर्थ्यो | उनमा चेतना आउन सकोस् भन्ने नै हाम्रो प्रार्थना छ |  

केही सम्बन्धित ब्लग लिंक:

प्रलोभन: यहाँ क्लिक गर्नुहोस् 

के कुराका लागि येशुमा आउने होइन?: यहाँ क्लिक गर्नुहोस्

***


Post a Comment

0 Comments