"सच्चाई केन्द्रको चर्च त निकै बढिरहेको छ नि! त्यहाँ त रोगहरू नि निको हुन्छ रे! टिका नि लगाउन मिल्ने रे!" कतै सुन्नुभएको छ यस्ता भनाईहरू?
मुखमा भने येशूको नै छ नाउँ
काम चाहिँ छ चङ्गाई मात्रै गर्ने ठाउँ
संस्कार रहेछ हिन्दू- इसाईको मिश्रण
येशू होइन तर परमात्माको लिन्छन् यिनीहरू शरण !
सुशीला कट्टेल भन्छिन्
"जिसस क्राइष्ट ईश्वरको वचनलाई फलो गर्ने फलोअर हुन् । उहाँ पनि हामी जस्तै व्यक्ति हो । तर हामीले मान्ने उहाँलाई होइन तर उहाँलाई पनि जीवन दिने सृष्टिको स्रोत ईश्वरलाई मान्ने, परमआत्मालाई मान्छौँ हामी ।"
-Mandali TV channel
तपाईं अब सोच्नुहोस् कि यिनको भनाइमा के समस्या देख्नुहुन्छ?*
झुटा शिक्षा सच्चाई (ईश्वरीय मार्ग भजन मण्डल) केन्द्रदेखि होशियार रहनुहोस ।
के हो सच्चाई केन्द्र ?
हाल नेपालमा तीब्ररूपमा फैलिएको झुटा शिक्षा सच्चाई केन्द्र हो । उनीहरूको भनाई अनुसार नेपालभरि १४ लाख सदस्य छन् भनेर उनीहरूले दावी गर्दछन् । पोखरामा मात्र उनीहरूको ३ दर्जन केन्द्र र ६० हजार सदस्य छन् रे । विक्रम सम्वत २०७० मा शुरू भएको सच्चाई केन्द्र आधिकारिक रूपमा २०७४ मा पोखरामा यसको कार्यलय स्थापना गरेका छन । यसको नेपालभरि ६० हजार पूर्णकालिन सेवक र सेवीका रहेका छन् । यस सच्चाई केन्द्रलाई श्रीमान् प्रकाश दीप गैरे र श्रीमती सुशीला कटेल गैरेले शुरू गुर्नभएको हो । यी दुई श्रीमान् र श्रीमतीलाई सच्चाई केन्द्रमा जानेहरूले सर र म्याडम भनेर सम्बोधन गर्ने गर्दछन् ।
उनीहरूले के के गर्ने गर्दछनः
प्रार्थनाः उनीहरूले हामी जस्तै येशूको नाममा प्रार्थना गर्ने गर्दछन् । मानिसहरूको रोगहरूको लागि हात राखेर प्रार्थना गर्ने र दुष्ट आत्मालाई डाट्नलाई उनीहरूले प्रार्थना गर्ने गर्दछ ।
बाइबलः उनीहरूले बाइबलको वचन र पदहरूलाई नै आधार बनाईकन प्रवचन दिने र मानिसहरूलाई सिकाउने काम गर्दछ । विशेष गरी विक्रम क्षेष्ठ भन्ने व्यक्तिले बाइबलका खण्डहरू लिईकन मानिसहरूलाई शिक्षा दिने काम गर्दछ । हेर्नुहोस् यो लिंक You Tube मा शैतानले आदम र हब्बालाइ कसरी परिक्षा मा पार्यो ? God Loves 2018 October 12
विश्वसीः उनीहरूको सच्चाई केन्द्रमा जाने मानिसहरूलाई विश्वासी भनेर सम्बोधन गर्ने गर्दछ ।
भजन गीतः उनीहरूले येशूको नाम लिईकन भजन गीत गाउने गर्दछ ।
योग्य र ध्यानः उनीहरूको सच्चाई केन्द्रमा मानिसहरूलाई योग्य र ध्यान दिने काम गर्दछ ।
टिका र विवाहः उनीहरूले आफ्ना अनुनायीहरूलाई टिका लगाउन कुनै रोकटोक छैन र हिन्दु परम्परा अनुसार नै विवाह दिने गर्दछन् ।
देउसी र भैलोः उनीहरूले देउसी र भैलो खेल्ने गर्दछ, तीज मान्ने र दसै र तिहार मान्ने काम गर्दछ ।
उनीहरूको शिक्षाहरूः
१) सबै धर्म एउटै हो । ⚠
२) सबै धर्मलम्बीहरूको किताब पढ्नलाई अनुमति दिएको छ तर बाइबल चाहिँ मुख्य अधात्मिक किताब हो भनेर भन्दछन् ।
३) मुक्ति चाहिँ येशूद्धारा पाईन्छ र परमेश्वर अनुग्रही र प्रेमी हुनुहुन्छ ।
४) परमआत्मामा भरोसा र विश्वास गरियो भनि हाम्रो आत्माबाट असल गुणहरू देख्दछ ।
५) शान्ति चाहिँ मनैदेखि आउनुपर्दछ ।
६) परमआत्मालाई हृदयदेखि विश्वास गर्नुपर्दछ ।
७) हरेक मंगलबार अन्य भाषामा प्रार्थना गर्ने गर्दछ ।
नोटः पवित्र आत्माको बारेमा उनीहरूले केही पनि भन्दैन ।
बाइबलले के भन्दछः
कलस्सी २ :८ मा लेखिएको छः “ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्धारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टका अनुसार होइनन् ।”
यहूदा ४ पदमा लेखिएको छ “यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन् ।
बाइबलमा लेखिएको छः मलाई प्रभु प्रभु भन्नेहरू सबै जना स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् (मत्ती ७ :२१) ।
उनीहरूको शिक्षाहरू एकदमै गोलमालको छन् र बाइबल विपरित छन् । हामी साँचो रूपमा ख्रीष्ट येशलाई विश्वास गर्नेहरू माथि भ्रम छर्ने काम गरिरहेका छन् । यसैले सबै साँचो विश्वासीहरू झुटा शिक्षा सच्चाई केन्द्रदेखि सचेत रहन आवहान गर्दछौं ।
*संस्थापक भन्छिन् उनीहरूले मान्ने येशूलाई नभएर उहाँलाई पनि जीवन दिने परम आत्मालाई मान्ने अरे! सृष्टिको स्रोत ईश्वरलाई मान्ने अरे! यो कुन चाहिं बाइबलको शिक्षा हो? यस शिक्षाले येशूलाई परमेश्वर भन्दा सानो तुल्याएको छ ! जबकी बाइबल नितान्त स्पष्ट छ: येशू नै परमेश्वर हुनुहुन्छ !
#copied_but_extended_post
A blog article on why this movement is a False church: Click!
0 Comments