"के तिमीहरूले पवित्र आत्मा पायौ?" (प्रेरित १९:२) || पा. भोजराज भट्ट || 2025 || Review

 


Link: Click!

    मेरो व्यक्तिगत जीवनमा ठूलो प्रभाव पार्ने धेरै जना प्रभुका दासहरू मध्ये एक जना पी ए थोमस हुन् भने अर्को चाहिँ डा. भोजराज भट्ट | जुन प्रकारले उहाँहरूले ख्रीष्टियान जीवनलाई बुझाउनुहुन्छ, सायद यस्तो शिक्षा हाम्रो मण्डलीहरूमा पनि नितान्त आवश्यक छ | विशेषगरी पवित्र आत्माको सशक्तिकरण सम्बन्धी चासो राख्ने विश्वासीले पास्टर भोजराज जीको शिक्षाहरू सुन्न एकदमै आवश्यक रहेको म ठान्दछु | 

    उहाँ मेरो मनपर्दो प्रचारक हुनुभएकोले होइन तर उहाँको शिक्षामा त्यो ईश्वर शास्त्रीय ज्ञान सित उहाँको आफ्नो जीवनका कथा र अनुभव पनि बटुलिएर एक व्यावहारिक शिक्षा बनेको कारणले हो | धेरै बाइबल शिक्षक र ईश्वर शास्त्री वा आफ्नो जीवनको अनुभवबाट प्रचार गर्ने व्यक्तिहरूमा यो कुरा चाहिँ त्यति मैले पाएको थिइन जति उहाँ बाट मैले सिक्ने मौका पाएँ | पी ए थोमस सर बाट जति मैले ख्रीष्टियान हुनुको अर्थ, तात्पर्य र बोध आज सिक्न सकें, मैले पा. भोजराज सर बाट पनि जीवनमा ईश्वर शास्त्र र व्यक्तिगत अनुभवलाई कसरी सन्तुलनमा ल्याउने र जिउने भन्ने बारे धेरै सिक्न सकें | अक्सर यस्तो सिकाई र मार्ग निर्देशन हाम्रा मण्डलीका आम शिक्षा र प्रचारहरूमा पाइँदैन | 


    पवित्र आत्माको वरदान र मण्डलीको वृद्धि सम्बन्धी उहाँको हालसालको भिडियो पनि निकै लाभदायिक, चुनौतिपूर्ण र विचरणशील देखियो | जुन प्रकारले ईश्वर शास्त्र, गवाही, ऐतिहासिक घटना र व्यक्तिगत अनुभवहरूलाई समेटेर उहाँले यो वचन तयार गर्नुभयो यसले उहाँको जीवनको लामो समयको सेवाकाईको भोगाई र ईश्वर शास्त्र र अनुभवलाई सँगसँगै सन्तुलनमा लिएर यात्रा गर्ने एउटा ज्वलन्त उदाहरणलाई उत्कृष्ट रितिले पेश गरिएको पाइन्छ | आज मण्डलीमा कि त अनुभवलाई ज्यादा जोड दिएर ईश्वर शास्त्रीय पोषण कम हुँदै जान्छ भने कतै ईश्वर शास्त्रीय कुराले गर्दा मण्डली सुख्खा मात्रै हुँदछ, बिना कुनै अनुभवको ! यसैकारण प्रभुले सायद पावललाई विशेष रूपले चलाउनुभयो र आज पनि पावल जस्ता व्यक्तिहरू आवश्यक छन् | 

    पा. भोजराज सरको यस भिडियोले हामीलाई पवित्र आत्माको उपस्थिति मात्रै होइन तर हाम्रो जीवनमा उहाँको सक्रियतालाई पनि जोड दिन्छ | कतै आज हामीले पवित्र आत्मालाई केवल सिद्धान्तमा मात्रै सिमित त पारिरहेका छैनौँ? साथै, के हामी वरदान-वरदान मात्रै भनेर फेरी चरित्र वृद्धि र फल फलाउने कुरामा पछी त परिरहेका छैनौँ? के हामी पवित्र आत्माको वरदानको चक्करमा वरदानलाई नै मूर्तिपूजाको साधन त बनाइराखेका छैनौँ? के हामीले पवित्र आत्माको काम हरू देखिएन भन्दै वरदान र उहाँको काम अब पहिला जस्तो छैन रहेछ भन्ने भ्रममा पनि त जिइराखेका छैनौँ? पा. भोजराज सर यस्तै महत्त्वपूर्ण विषयवस्तुहरूमा हाल बोल्दै आउनुभएको छ जसको उत्तर धेरैलाई दिन साह्रै गाह्रो पर्दछ | 


    हाम्रो जीवनमा आत्मिक वृद्धि र बौद्धिक वृद्धि दुबैको सन्तुलन हुन नितान्त आवश्यक छ | हामी केवल आत्माको कामलाई अनुभवका आधारमा मात्रै पनि नाप्न हुन्न भने आत्माको विषयलाई केवल सैद्धान्तिक दायरा भित्रै मात्र पनि सिमित पार्न हुँदैन | आत्मा सम्बन्धी सिद्धान्तले हाम्रो व्यवहार, जीवन र अनुभवलाई प्रभाव पार्न पर्छ भने हाम्रो जीवनका अनुभवले पवित्र आत्माको सिद्धान्तलाई पुष्टि पनि गर्नपर्दछ | सतही रूपले हेर्दा विरोधाभाष जस्तो लाग्ने यो कुरालाई जीवनको जियाई र ख्रीष्ट सितको आत्माको अगुवाई सहितको हिंडाईबाट पनि हामी धेरै कुरा सिक्न सक्छौँ | 


    जसरी त्रिएक सिद्धान्त हामीलाई विरोधाभाष लाग्छ तर ख्रीष्टियन जियाईमा हामी उहाँहरूलाई बुझ्दै जान्छौँ त्यस्तै नै पवित्र आत्मा सितको संगतले पनि हामी उहाँको सिद्धान्त र उहाँको प्रभावको अनुभवलाई बुझ्दै जान्छौँ | पा. भोजराज सरलाई धन्यवाद यस्तो भिडियो ल्याइराख्नु भएकोमा!   

Post a Comment

1 Comments

  1. Dear Brother Kevin,
    Thank you for your deep and thoughtful reflection on the video. May the Lord bless you and use you to touch many more minds and hearts for the glory of God!

    ReplyDelete