Advertisement

Responsive Advertisement

कसरी बौद्धिक र क्यारिज्म्याटिक विश्वासलाई सन्तुलनमा राख्ने ? डा. भोजराज भट्ट बाट सिकौँ!

 


उहाँको यू ट्यूब: यहाँ!

  

   नेपाली ख्रीष्टियन जगतमा सायद भोजराज भट्ट जस्ता बाइबल शिक्षक विरलै पाइएला जसले बौद्धिक र क्यारिज्म्याटिक विश्वासलाई एकदम वचनको आधारमा रहेर सन्तुलित ढंगले व्याख्या गर्ने गर्छन् | केही समय देखि पवित्र आत्मा, वरदान, बौद्धिक विश्वास, अन्य भाषा जस्ता जटिल र ख्रीष्टियन जगतलाई नै हल्लाउने खालका विषयहरूमा उहाँ बोल्दै आउनुभएको छ | पक्का पनि यो पेन्तिकोस्तल र क्यारिज्म्याटिक मण्डलीहरूका लागि लाभदायिक कुरो हो |

    बौद्धिक विश्वास, आत्मिकी अतिवाद, क्यारिज्म्याटिक अतिवादी गतिविधि, अन्यभाषा, चंगाई, पवित्र आत्माको भरपूरीका विषयहरूमा उहाँले एकदम सन्तुलित एवं व्यवहारिक तवरले शिक्षाहरू ल्याउन थाल्नुभएको देखिन्छ | हुन त यस पछाडी उहाँको आफ्नै व्यक्तिगत अनुभवले पनि धेरै जोश, हिम्मत, निश्चयता र जाँगर दिएको हुन सक्छ | एक बाइबल शिक्षक र बौद्धिक विश्वासको खाँचोको पक्षमा बोल्नुहुने प्रभुका जन आज क्यारिजम्याटिकहरूलाई पिरोलिएको विषयहरूमा पनि आफ्नो आवाज उठाउँदै हुनुहुन्छ | पवित्र आत्माको औचित्य, उहाँको काम, उहाँको भरपूरीको खाँचोको विषयमा उहाँले निकै गहकिला र वचनमा आधारित शिक्षाहरू ल्याउँदै हुनुहुन्छ जुन सबै प्रभुका जनहरूका लागि नितान्त आवश्यक छ |

    मेरो आफ्नै जीवन यस्ता धेरै असल शिक्षकहरू देखेको छु (नेपाल भित्र र बाहिर दुवै) तर जुन विषयमा उहाँ बोल्नुहुन्छ त्यसमा उहाँको अब्बल ज्ञान र विशलेषण देख्न पाइन्छ | उहाँ केवल आफ्नै अनुभवको आधारमा ढिपी गर्नुहुन्न तर वचन द्वारा पनि त्यसलाई विशलेषण गर्नुहुन्छ | बौद्धिक र क्यारिजम्याटिक दुवै क्षेत्रहरूलाई ख्रीष्टियन जीवनको एक अपरिहार्य यात्राको रूपमा उहाँले यस विषयलाई हेर्नुभएको छ | जुन किसिमले आज मण्डलीमा पवित्र आत्माको नाउँमा गोलमाल मच्चिएको छ, यहि विषयमा साठीक तवरले निष्पक्ष रही उहाँले आफ्ना शिक्षाहरू दिनुभएको पाइन्छ जसका कारण म स्वयम् पनि धेरै आशिषित भएको छु |

    क्यारिज्म्याटिक र बौद्धिक क्षेत्रहरू शत्रुतामा यात्रा गर्ने क्रम जारी रहँदा, उहाँले यी दुवै पक्षलाई सन्तुलन र मिलापमा लैजाने अद्भुत काम गर्दै हुनुहुन्छ | कति पल्ट, क्यारिज्म्याटिक जगतका प्रभुका जनहरूले बौद्धिक वा सैद्धान्तिक जगतका विश्वासीहरूको आलोचनालाई बाइबलीय, तार्किक एवं मर्यादित ढंगले सम्बोधन गर्न सकिराखेका हुँदैनन् | अनुभव र पवित्र आत्माको शक्तिको विषयमा कुरा गर्दा वचन द्वारा उनीहरूले आफ्नो अनुभवलाई तौलन सकिराखेका हुँदैनन् | यस्तै, बौद्धिक समूहले पनि सिद्धान्तको खाँचो र सबै आत्मालाई जाँच्न पर्ने आवश्यकता र वचनलाई नाघ्न नहुने कुरामा क्यारिज्म्याटिक क्षेत्रका विश्वासीहरूलाई बाइबलीय, तार्किक एवं मर्यादित ढंगले सम्झाउन, बुझाउन र विशलेषण गर्न सकिराखेका हुँदैनन् | सायद यहि कारणले आज नेपालि मण्डलीहरू तनावग्रस्त स्थितिमा रहँदै आएका छन् | बप्तिस, रिफर्मड, प्रेसबीटेरियनहरूले पेन्तिकोस्तल ए.जी र क्यारिज्म्याटिक मण्डलीहरूलाई घोचपेच गर्ने, बिरोध गर्ने, झूटा सेवाकाईको दर्जामा हेर्ने, आलोचना गर्ने दृष्टिले हेर्दछन् भने पेन्तिकोस्तल समूहहरूले पनि अर्को समूहलाई पवित्र आत्मा नै नमान्ने मण्डलीको नजरले हेर्दछन् र भक्तिको भेष धारण गर्ने तर त्यसको शक्तिलाई इन्कार गर्ने समूहको दर्जामा राख्दछन् |

    आजको विकराल स्थितिमा यी दुवै पक्षलाई राम्रो सँग सम्बोधन गर्न नसक्दा नै परिस्थिति झनै बिग्रिदै गएको अवस्थामा छ | पा. भोज राज जी ले हालसाल गरिरहनुभएको काम निश्चय नै आशिषमय छ | दुवै पक्षलाई मर्यादित, बाइबलीय, ऐतिहासिक एवं व्यवहारिक नजरले कसरी विशलेषण गर्ने भन्ने कुरा उहाँबाट सबैले सिक्न आवश्यक छ | उहाँ कुनै एक समूहको निम्ति आवाज हुनुभएको छैन तर जे कुरा सत्य छ, बाइबलीय छ, महत्त्वपूर्ण छ, व्यावहारिक छ त्यहि कुराको आवाज हुँदै आउनुभएको छ |      


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 

Post a Comment

0 Comments