तीन त्रिलोक चौध भुवन: एक ईश्वर शास्त्रीय समालोचना भाग १

 



 

यर्मिया ३३:३?

  • वक्ता पास्टर सी.पी. शर्मा ज्यूले यसै पदलाई लिएर आफ्नो प्रस्तुति अघि सार्नुभएको छ
  • यस पदको आफ्नै सन्दर्भ र औचित्य छ
  • यस पदलाई एक आधार बनाइने हो भने, वक्ताको पुरै प्रस्तुति नै निरर्थक ठहरिन जान्छ
  • वक्ता ज्यूले यहि पदलाई एक आधार बनाउँदै आफ्नो प्रस्तुति अघि सार्नुभएको छ जबकि उनले प्रस्तुत गरेका विवरणहरू बाइबल सित मेल खाँदैन
  • परमेश्वरले कदापि भिन्न-भिन्न विरोधावास प्रकाशहरू दिनुहुन्न नत्रता उहाँ एक विश्वसनीय परमेश्वर ठहरिनु हुन्न (१ कोरिन्थी १४:३३)
  • फेरी वक्ताले आफ्नो अलग प्रकाशलाई बाइबल मार्फत नै सत्य ठहराउने जमर्को धेरै गर्नुभएको पाइन्छ
  • मुक्तिको निम्ति पर्याप्त प्रकाश र जानकारी हामीलाई दिइएको छ तर उनको प्रस्तुतिले त्यसैलाई ओझेलमा पार्ने काम गर्दछ (२ तिमोथी ३:१६-१७)

 

तीन त्रिलोक चौध भुवनको सर्वेक्षण? कबिर गुरु?

  • अर्को कुरो, यदि कबिर नामक धार्मिक व्यक्तिबाट नै यो सब स्वर्गीय लोकहरू बारे जानिएको हो भने, उनले सबै धर्म ग्रन्थ पढेर परमधाम पुग्ने हो भन्ने निष्कर्ष निकाल्न अघि के बाइबल बाट येशु बारे चाहिं उनले जानेका थिएनन् र?
  • फेरी उनको यो स्वर्गीय संसारले केवल हिन्दू जगतलाई मात्र छोएको छ | बाँकी धर्महरूको देवी देवता बारे कहाँ छ ?
  • फेरी हिन्दू विश्वासको परमधाम र बाइबलको परमधाम एकै हुन् र? के हिन्दू विश्वासको स्वर्गको परिकल्पना र बाइबल अनुसारको स्वर्गको परिभाषा एकै हुन् र?

 

देवी देवताहरू ?

  • वक्ताले विभिन्न भुवन, लोक र त्यहाँ अवस्थित विविध देवता देवीहरू बारे चर्चा गर्नुभएको छ
  • यहाँ बिडम्बना के छ भन्दा, परमेश्वरको अस्तित्व रहनका लागि यी सारा देवताहरूको पनि अस्तित्व हुनै पर्यो
  • यो बुझ्नका लागि उनको अन्त्य तिर गरिएका विश्लेषणलाई ध्यान दिन जरुरी छ जहाँ उनले तीन त्रिलोकको ढाँचालाई बाइबलीय मान्यता दिनुभएको छ
  • उनको यो प्रस्तुति साँचो नभईकन उनको निष्कर्ष पनि निरर्थक हुन जान्छ र फेरी उनको यो प्रस्तुतिलाई सत्य ठहराउन समस्त ढाँचा नै सत्य हुन पर्छ | अर्थात, परमेश्वरको अस्तित्वको लागि सारा देवताहरूको अस्तित्वलाई स्वीकार गर्न पर्ने देखियो र देवताहरू मात्रै हैन, पुरै हिन्दू धर्मका विश्वासहरूलाई नै मान्यता दिन पर्ने देखियो
  • उनको प्रस्तुतिले बाइबलीय आधार लिँदै हिन्दू धर्मका विश्वासलाई नै उल्टो सत्य ठहरायो 


सपनामय संसार?

  • वक्ताको भनाई अनुसार पहिलो र दोश्रो लोकहरू सपनामय जगत हुन् | हामी सबै सुतिरहेको अक्षर ब्रह्मको सपनामा छौँ | यसका लागि उनले बाइबलबाट केहि पद खण्ड र एउटा भजनलाई समेत आधार मानेका छन् |
  • बुझ्नु पर्ने कुरा, हिन्दू विश्वास ‘साइक्लिकल समयकाल’ मा आधारित छ भने ख्रीष्टियान-यहुदी विश्वास ‘लिनियर समयकाल’ मा आधारित छ | बाइबल अनुसार यो विश्व एक वास्तविक सृष्टि हो कुनै माया होइन |
  • यदि ‘सपनामय’ शब्द प्रयोग गरिन्छ भने त्यो केवल सांकेतिक भाषा हो जसले वर्तमान संसार तलिजानेछ र पछी नयाँ संसार स्थापना हुनेछ | त्यसैकारण, ‘सपनामय’ शब्द चलाइएको मात्रै हो |
  • उत्पत्ति १ अनुसार एक अस्तव्यस्तताको स्थितिमा रहिआएको संसारलाई परमेश्वरले ढाँचामा ढाल्नुभयो | उहाँले एक वास्तविक ब्रह्माण्डको सृजना गर्नुभयो |


१२००० आत्माहरू धर्तीमा पठाइने?

  • अब वक्ताले यस्तो अवधारणा कहाँ बाट ल्याए? के उनको भनाईको आशय येशु नाउँमा विश्वास गरेर स्वर्ग जाने मात्र १२००० जना हुनेछन्? उनको भाषिक शैलीले यस्तै देखाउँदछ |
  • वक्ताले परमधामलाई बाइबल सित मिलाउने क्रममा यी १२००० आत्माहरू को हुन् भन्ने बारे कतै प्रष्ट्याउनु भएको पाइँदैन | उनको बोल्ने शैलीले यस अवधारणालाई येहोवाको साक्षीले १४४००० मात्रै स्वर्ग जानेछन् भन्ने शिक्षा सित मेल खुवाउँदछ |


हिन्दू धर्म बाइबलीय ?

  • वक्ताको प्रस्तुतिले हिन्दू धर्मलाई बाइबलीय मान्यता दिलाउँदछ 
  • उनको प्रस्तुति अनुसार त हामीले जुनी, पुनर्जन्म, कर्म चक्र, युगहरू आदि जस्ता कुराहरूलाई स्वीकार्न पर्ने स्थिति आउँछ
  • के दुई विपरित विश्वदृष्टिकोणहरू एकै समयमा सत्य हुन सक्छ र? अनि हिन्दू धार्मिक विवरणहरू प्रयोग गरि बाइबल सत्य ठहराउने र?
  • वक्ता अनुसार चार वेदका ऋचाहरू एकदम उच्च स्थानमा रहेको कारण वेदमा पनि येशु बारे छ तर उनले यसका लागि कुनै पनि श्लोक किन दिनुभएन?
  • १२००० आत्माको विश्लेषण कता गयो? सुतिरहेको अक्षर ब्रह्माको बाइबलीय आधार खोइ त?

 

डिभाइन काउन्सिल/ दैविकी सम्मेलन/ दैविकी परिषद् ?

  • बाइबल विद्वान माइकल हाइजर, जोन वालटन आदि अनुसार एक दैविकी सम्मेलन छ जसमा याह्वे परमेश्वर एक मात्र आराध्य योग्य परमेश्वर हुन् भने स्वर्गीय सम्मेलनमा स्वर्गादूत बाहेक अरू पनि आत्मिकी प्राणीहरू छन् जसलाई देवहरू वा परमेश्वरको पुत्रहरू भनिएको छ | ‘एलोहिम’ शब्द वास्तवमा आत्मिकी प्राणीहरूका लागि प्रयोग हुने एक सामान्य शब्दावली हो |
  • तीन त्रिलोक को यस ढाँचालाई दैविकी सम्मेलन सरह लिन मिल्दैन | वक्ता अनुसार तीन त्रिलोक चौध भुवनका सबै देवताहरू नै बाइबलमा उल्लेखित ईश्वरहरू हुन् र ती सबै नाशवान छन् | उनको प्रस्तुति अनुसार हिन्दू धर्मका प्रख्यात देवता जस्तैः विष्णुलाई समेत परम ब्रह्म को हुन् ज्ञात छैन | तर डिभाइन काउन्सिल अनुसार परमेश्वरका पुत्रहरू कहलिने देवहरू नाशवान छैनन् यद्दपि तिनीहरू सृष्टि भने भएका हुन् र याह्वे परमेश्वर बारे उनीहरू जान्दछन् | वक्ता अनुसार समस्त देवताहरू सपनामय हुन् र एक दिन विलीन भएर जानेछन् तर डिभाइन काउन्सिलले एक वास्तविक अदृश्य आत्मिकी संसारको वर्णन गर्दछ | दैविकी परिषद् खास बाइबलमा आधारित सत्यता नै हो भने तीन त्रिलोक चौध भुवन हिन्दू-ख्रीष्टियान विश्वासको एक मिसावटको रुप हो ! दैविकी परिषद् एकेश्वरवाद नै हो भने तीन त्रिलोक चौध भुवन होइन ! 


चौध भुवन?

के वक्ताको चौध भुवन साँच्चै हिन्दू जगतमा रहेको भुवन सँग मेल खान्छ त?

हिन्दू धर्ममा रहेको चौध भुवनहरू फरक ढाँचाका छन् |

वक्ताको चौध भुवन

हिन्दू धर्ममा रहेको चौध भुवन

यम लोक

सत्य लोक

इन्द्र लोक

तप लोक

ब्रह्म लोक

जन लोक

शिव लोक

महर लोक

विष्णु लोक

स्वर लोक

सात शुन्यहरू

भुवर लोक

आध्यकरण

भुर लोक

अस्टावरण

अतल

गोलक धाम

वितल

सुमंगला शक्ति

सुतल

काल निरन्जन

तलातल

चार वेदका ऋचा

महातल

अक्षर ब्रह्म

रसातल

परमधाम

पाताल

 

Post a Comment

0 Comments