हिन्दू जगतमा सुसमाचार सुनाउँदा के-के कुराहरूमा ध्यान दिने? || भाग ५

 




१) अक्सर कति हिन्दू मित्रहरूले बाइबल माथि नैतिक र वैज्ञानिक प्रश्नहरू खडा गरिरहेका हुन्छन् । यस अवस्थामा तपाईंलाई केही जानकारी छैन भने विनम्र भएर आफ्नो इमान्दारी देखाउन पर्छ किनकि सबै सँग सबै ज्ञान हुन्छ भन्ने हुँदैन । बरु तपाईंले पनि अध्ययनमा समय बिताउन पर्छ तर सुसमाचार सुनाउने क्रममा हाम्रो उद्देश्य यी ज्ञान पेल्नु नभएर येशूलाई प्रस्तुत गर्नु हो ।

२) उनीहरूको विचार अनुसार त्यस्ता विषयहरूमा बाइबल माथि भरोसा गर्न सकिँदैन भने येशू माथि पनि भरोसा गर्न सकिँदैन । तर यो प्रदुषित तर्क हो । येशू माथि विश्वास गर्न बाइबलमा सबै थोक असल लेखिएको र विज्ञानले भरिएको हुन पर्छ भन्ने छैन । बरु येशू माथी किन विश्वास गरिनु पर्छ र मानव जातिमा के कमजोरी छ भन्ने कुरा देखाउन बाइबलले नैतिकताका कुराहरू पनि जस्ताको तस्तै देखाएको छ । बाइबल परी कथा नभएर वास्तविक कुराहरूमा आधारित छ ।

३) अब अर्को विषय विज्ञान सित सम्बन्धित ।* यसका लागि तपाईंले गहिरो अध्ययन गर्नै पर्छ । अक्सर उत्पत्ति १ र डाइनोसरका मुद्दालाई लिएर विवाद गर्न मानिसहरू आइलाग्ने गर्छन् । सकेसम्म यो विवादमा नमुछिएको राम्रो तर यदि पर्नुभयो भने तपाईंले यति मात्रै भन्नुहोस् कि उत्पत्तिको पुस्तकको उद्देश्य वैज्ञानिक तथ्य दिनु नभएर हाम्रो पहिचानलाई प्रस्तुत गराउनु हो र मानव जातिमा किन आज यस्तो दुखको अवस्था छ भनी बुझाउनु हो । यति भनेर तपाईंले विषय बदल्न सक्नुहुन्छ ! किनकि सुसमाचारको उद्देश्य विज्ञान सिकाउनु होइन तर मानिस जातिको मूल समस्यालाई सम्बोधन गर्दै उनीहरूका लागि शुभ सन्देश छ भनी बताउनु हो! विज्ञानले यस कुरालाई सम्बोधन गर्दैन । तपाईँले गर्ने प्रयत्न भनेको जतिसक्दो विषयलाई बदल्नु हो किनकि तपाईं सुसमाचार सुनाउँदै हुनुहुन्छ विज्ञान विषयमा विवाद होइन ! तर तपाईंले व्यक्तिगत अध्ययन गर्नैपर्छ किनकि सबै मानिस उही मानसिकताको हुँदैन !

४) विज्ञानले बाइबलका सबै कुरा साबित गरिसकेको छ भन्दै अन्धाधुन्ध अँध्यारोमा गोली हान्ने काम कदापि नगर्नुहोस् ! यी सब अध्ययन गरिनुपर्ने विषयहरू हुन् र धेरै पल्ट इसाई समुदायद्वारा भएनभएको कुराहरूलाई बाइबलको वैज्ञानिक पुष्टि भन्दै फैलाउने काम गरिन्छ भने कुनै विषयमा पर्याप्त ज्ञान बिना नै त्यसलाई पाखा लगाउन हतार गरिन्छ । यो एक किसिमको अपरिपक्वता हो ! बाइबलका पदहरू देखाउँदै यसमा विज्ञान छ भनी उफ्रने काम पनि नगर्नुहोस् किनकि ती भन्दा अधिक बाइबलमा यस्ता खण्डहरू छन् जसले गम्भीर समस्या निम्त्याउन सक्छ! यसका साथै बिना सटिक ज्ञान कुनै पनि वैज्ञानिक सिद्धान्तहरूको विरोध पनि नगर्नुहोस् । धेरैले बिग ब्याङ्ग र विकासवाद सिद्धान्तलाई कुरै नबुझी बिरोध र आलोचना गरिरहेका हुन्छन् । हामीले अझै बुझ्नुपर्ने कुरा के हो भन्दा बाइबल ईश्वरीय प्रेरणा द्वारा लेखिएको अर्थ यसमा शत प्रति शत वैज्ञानिक कुराहरू हुनैपर्छ भन्ने होइन । यो गलत अवधारणा हो! बाइबलको पनि आफ्नै भूगोल छ, सांस्कृतिक परिवेश छ र भाषा छ! यसै कारण आधुनिक विज्ञान बाइबलमा खोज्नु भूल हुनेछ !

५) अध्ययन प्रचुर मात्रामा गर्नुहोस् । सदैव चुनौती सामना गर्न तयार हुनुहोस् र ईश्वर शास्त्रीय विषयहरूमा पोख्त हुनुहोस् । आजको युगमा सुसमाचारलाई तगारो चौतर्फी बाट आउँछ । तर उत्तर दिने बेलामा नम्र भएर दिनुहोस् । नियत नै खराब भएको मानिसहरू छन् भने बहस गर्न साटो उक्त ठाउँलाई छोडेर जानुहोस् ! सुसमाचार सुनाउने बेला सकभर टोली नै भएर जानुहोस् ! अनि मूलतः पवित्र आत्माको सहायता निरन्तर मागिरहनुहोस् ! तपाइँको काम केवल सुसमाचार सुनाउने मात्रै हो । मानिसहरूको हृदयमा काम गर्ने स्वयं परमेश्वर हुनुहुन्छ ! उद्धार ल्याउने जिम्मेवारी तपाईंको होइन भनी जान्नुहोस् !


*यस विषयमा अझै दुई भागहरूमा ब्लगहरू आउनेछन्!

थप अध्ययन सामग्रीहरू:-


१) बाइबलमा भएका केही नैतिकताका सवालहरू माथि उत्तरहरू:
Does Christianity cause war and violence? https://youtu.be/6s2rWVagdTk?si=vHmsul_a0znWef8C

Did God command Genocide? https://youtu.be/gdLwNZbDhKA?si=xVG2Oi4DJkv09vBI

Does the Bible condone Genocide? https://youtu.be/HT06u6x_Eo4?si=nrvll-TObdyLJkWM

God hates child sacrifice: https://www.youtube.com/live/K12tMzRjD1k?si=femcwFCnt2Yauq0h

Why did God allow slavery? https://youtu.be/93JdjLqBQqE?si=F-b-FUw2KFruYw_k

Slavery and the Bible: https://youtu.be/CCv_Yk_JzZU?si=KoY1qfVki01ikni_

Does Christianity oppress women? https://youtube.com/shorts/avwzyQKAWX4?si=TE64S_NXtU5SO2T6

Why is Christianity beneficial for women? https://youtube.com/shorts/73GtT0DHu8s?si=KHB0QgAPna8Ufxm1

Is meat eating a sin? https://youtu.be/b-oUzWsBFrI?si=fqfUeHPc1gw8wC0n


२) बाइबल र विज्ञान:

Are science and scripture rival? Click!

Do you struggle with topic of science vs Bible? Click!

बाइबलबाट सामान्य वैज्ञानिक तथ्यहरू बारे किन चर्चा नगर्ने ? https://youtu.be/tK8qEjNrMNw?si=XcAdQtbCrcFTsMjd
https://www.bibleandscience.com/science/bibleandscience.htm

बाइबलको उद्देश्य विज्ञान होइन: https://youtu.be/s5stPkvkWeY?si=irCFymF99AluuEzu

Is the Bible scientifically inaccurate? https://youtube.com/shorts/V-HAjxUN75Q?si=iICLA8jcXFlQ7h93

Flat Earth in the Bible? https://youtu.be/6EK8Ma83g5g?si=AgBGqIKMzPcUYnip

Cosmology of Old Testament: https://youtu.be/xcNeHXOiUMg?si=Lfldjbnawsj5nvh4

आधुनिक ६००० वर्ष मान्यताको इतिहास:
https://youtu.be/RLcNTAi0Cw4?si=cXqEIL6MIY7pe75E
आधुनिक विज्ञानको विकासमा बाइबलको योगदान:
https://youtube.com/shorts/KLisFpLMM3s?si=PvQVdNk8klsDszF4
के विकासवादी शिक्षा बाइबल विरुद्ध नै छ र?
https://youtu.be/pwnerL8M1pE?si=iby96EZFxS4amJ_W
https://youtu.be/R4o0ey1ddJs?si=xm7WOksje7ncVQ6Y
ख्याति प्राप्त वैज्ञानिकहरू जो ख्रीष्टियान थिए:
https://youtu.be/6xTdfR2vOTA?si=HcUEbtvUT7rwEg9F
वैदिक विज्ञान माथि विशेषण:
https://youtube.com/playlist?list=PLbmtKIWd2R8MX04nEGyysGz6sYcZE29oU&si=9Awl9nHTzpsnEsB4

बाइबल पुरातत्त्व: https://youtube.com/playlist?list=PL1mr9ZTZb3TUqxi2svB3PUHvj-9io2RL5&si=MlX1rWuMGk8jtsnQ

इस्राएल पुरातत्त्व:
https://youtube.com/playlist?list=PLU-nJq1k5wmgcwQxyBGT4xOViovNpMnms&si=-lk5CP7brauPL5Dc
Sodom and Gomorrah: https://youtu.be/GkATIhRxxaE?si=JbwVJkZEVSoIYY9K

Exodus rediscovered: https://youtube.com/playlist?list=PL1mr9ZTZb3TVhsJ06Zb4FRQfEAVajfDg-&si=_QcUiYSIKZKhA2Y5
बाइबलमा भएका १५ पात्रहरूको पुरातात्त्विक प्रमाणहरू: https://youtu.be/yxhJYDXVgO0?si=BAbnrBdS78lzQiqn

डाइनोसर: https://youtu.be/WlFWxhmcxNQ?si=RNr8OPLe6deLpS0y
के हाम्रो विश्वास विज्ञान विरुद्ध छ?
https://youtu.be/XnSWLQlBw94?si=u6VQ_0HLBYyb4t-z

के प्रमाण नहुँदैमा वा अध्ययन पर्याप्त नहुँदैमा हाम्रो विश्वासलाई नकार्ने बहाना मानिसहरूमा हुन्छ होला?
https://rajkumarrichard.blogspot.com/2020/05/why-can-i-be-christian-even-if-i-do-not.html?m=1



३) झूटा प्रमाणहरू:

Noah’s Ark has not been found! https://youtube.com/shorts/fZcpk2G4D2E?si=XI-T5tTD6V18HScU

Chariots wheel found in the sea? https://youtube.com/shorts/p6DKpq6egSs?si=coctsnMI8IPiNsJq

https://youtube.com/shorts/NMTOT1Uxwg8?si=dPjfIW17WforhOiA