लेखक: सुल्तान मुहम्मद पावल
यो पुस्तक एक गवाहीको पुस्तक हो । जम्मा ३२ पेज को यस
पुस्तिकामा उनले आफ्नो जीवनमा कसरी प्रभुलाई पाए भनी उदेकलाग्दो गवाही दिएका छन् ।
मुसलमान मित्रहरूका लागि एक त येशु मशीह परिचित व्यक्तित्व नै हुन् जसको विषयमा
कुरआन आफैं पनि केही शब्दहरू बोल्दछ भने अर्को तर्फ येशुको विषयमा जस्तो तस्वीर
बाइबलले कोर्दछ, त्यो कुरआनले
कोर्दैन । येशुको कन्ये जन्म,
उहाँबाट भएका अचम्मका कामहरू आदि बारे इस्लाम धर्म सकारात्मक छ भने उहाँको
क्रुशको मृत्यु अनि उहाँको ईश्वरत्त्वका कुरालाई भने कुरआनले इन्कार गर्दछ । इसाई
र मुसलमान बीच यी विषयहरू लिएर नै बहस र तर्क चल्ने गर्दछ ।
यस्तै सिलसिलामा सुल्तान पावल र एक जना प्रचारक बीच पनि
सायद तर्क र बहस चल्यो तर उनको जीवनले भने पछि बेग्लै मोड लियो जुन कुरा उनका एक
मार्ग दर्शक मौलवीले चिन्ताजनक मानसिकतामा व्यक्त गरेका थिए भने कतिपय मुसलमान
विद्यार्थीहरूका लागि र अन्य इस्लाम शास्त्रीहरूका लागि आशा नगरिएको कुरो थियो ।
जे होस्, अध्ययनको
यात्रामा उनले येशुलाई स्वीकार गरि नै छोडे र इसाई भए ।
इसाईहरू सित पहिलो भेट उनको चाँदनी चोकमा भएको थियो जहाँ
त्रिएकता बारे एक प्रचारक र मुस्लिम विद्यार्थी बीच बहस चलिरहेको थियो अनि
प्रचारकले कुरानको आयत प्रयोग गर्दै त्रिएक सिद्धान्तको प्रमाण दिँदै थिए । उनले
पछि गएर त्यसको खण्डन गरे । यही समय बाट इसाईहरू सङ्ग वादविवाद गर्ने इच्छा उनमा
जागेर आयो ।
ईसाईहरू सित धेरै विवाद गर्ने लत बसिसकेको
वातावरणमा एक जना अंग्रेज़ले दिएको बाइबल पनि यसलाई गलत देखाउने
उद्देश्यले बाइबल पढ्ने गर्थे र त्यो पनि मुस्लिमहरूले उद्धृत गर्ने पदहरू मात्रै ! आफ्ना मित्रहरू र केही
विद्यार्थीहरूमा इसाई धर्मको ज्ञान कमी भएको कारण र वादविवादमा अनुभवी नभएको
देख्दा मौलवी अब्बास खानको सल्लाह अनुसार नदवातुल मुताकालिमिन नामक समाज उनले गठन
गरे । तर... त्यसको
केही समय पछि उनको जीवनमा एउटा बडो अचम्मलाग्दो निर्णयात्मक घडी आइपर्यो ।
मक्कामा हज गर्दा धनी गरिब साना ठूला सेतो कपडामा देख्दा
न्यायको दिनमा मृतकहरू आफ्नो हिसाब बुझाउन गएको सरह दृश्य उनलाई लागेर आफ्नो
भविष्यको न्याय र आफ्नो अवस्था बारे चिन्तित भए । अनि साँचो धर्म कुन हो भनी
जान्ने उत्कट इच्छा उनमा जाग्यो । पछि उनले खोलेको संगठनमा फर्कँदा त्यहाँ एक दिन मुन्शी मंसुर मसीहको
भाषणको प्रभावितले हृदयमा एक प्रकारको उथलपुथल ल्यायो ।
गुनाह,
न्याय, उद्धार बारे
गहिरो सोचमा परेर अध्ययन गर्ने निर्णयमा उनी पुगे । अनि बाइबल पनि सत्यता
खोज्ने लक्षले पढ्ने निर्णय लिए । अभेष्टा,
सत्यार्थ प्रकाश, बाइबल र
कुरानको तुलनात्मक अध्ययन गर्ने निर्णय लिए । यस दौरानमा अभेष्टा र सत्यार्थ
प्रकाशले झनै उनलाई व्याकुल तुल्याएको पाइन्छ । पछि, कुराअन र हडिस हरूको
अध्ययन शुरु गरे । उनमा विस्तार जिज्ञासाहरू जाँग्दै आयो । असल काम गर्ने शक्ति
मानिसमा नहुने निष्कर्षमा पुगे । हडिस अनुसार आदम बाट सबै मानिस गुनाहगार हुन् भनेर उनलाई
बोध हुन गयो । सबैभन्दा
उदेकलाग्दो कुरा चाहिँ
नवी ईशा मशीह बाहेक सबै नवीहरू गुनाहको दोषी भेट्टाए । यो कुराले अब उनलाई ईशा
बारे जान्ने कौटुहलता जगायो अनि ईशा बारे जान्न इन्जिल तर्फ फर्के ।
आफ्नो शास्त्रहरूको अध्ययनमा उनले अनि यी कुराको ज्ञान
हासिल गरे:
- असल कामले जन्नतको ग्यारेन्टी दिँदैन ।
- मुक्ती (नजात) कर्म माथि नभएर खुदाको कृपा माथि आधारित
- खुदा कृपालु मात्रै होइन तर धर्मी र न्यायी पनि । उहाँमा यी दुबै स्वभाव निहित छन्
- इस्लामका नवीले समेत कसैलाई मुक्ती दिलाउन सक्दैन
त्यस पश्चात्,
निकै व्याकुलता साथमा इन्जिल तर्फ फर्कँदा यी कुरालाई जानेँ:
- मत्ती ११:२८ - बोझले थकितलाई विश्राम
- मुस्लिमहरू माझ नै ईसाको अद्वितीयता स्वीकार गरिएको अवस्था
- खुदाको कृपा र न्याय ईशामा भेट्टाए
निर्णयको घडी उनको निमित्त सहज थिएन । एकातिर मुक्ति
निश्चित रूपमा कस माथी निर्भर छ भनी उनले जानेँ तर अर्कोतिर उनको पनि आफ्नो परिचय, समाज, संस्कृत आदि थियो ।
उनले यो कुरा जानेँ कि जुन दिन उनले येशुलाई ग्रहण गर्नेछन्, त्यसै दिन उनले सबै
कुरा गुमाउनेछन् ।
निर्णयात्मक र पीडादायी घडी- इसाई बनेको खण्डमा सबै कुरा गुम्ने महसुस भएको !
यद्यपि,
क्षणिक जीवनको लोभले अनन्त जीवनलाई नत्याग्न भित्री मनको आवाजले उनलाई
घचघच्यायो । अनि अन्त्यमा उनी परिवर्तन भए - उनी इसाई बनेँ जुन कुरा उनका
आफ्नैहरूका लागि ठूलो धोकाको कुरा बन्यो र उनको ज्यान सम्मको खतरा हुन सक्ने
वातावरण बन्न पुग्यो ।
सायद,
उनको जीवनमा प्रभुको बोलावट थियो ! नत्रता उनका मौलवीहरू पनि त उही अध्ययनले
इसाई हुन पर्ने थियो ! या त बाँकीले सत्यतालाई इन्कार नै गरि राखेका थिए कि? यही रितिले जाकिर नाइक
जस्ता व्यक्ति त फेरि प्रभुमा आज सम्म आएका नै छैनन् त! यो बडो विचारणीय प्रश्न
हो! खयर, उनको जीवनमा
प्रभुबाट नै काम भएको स्पष्ट देखिन्छ र उनी त्यसमा लागिपरे! उनको हृदयमा प्रभुले
काम गर्नुभएको कुरो स्पष्ट नै छ! जुन प्रश्नमा उनी व्याकुल भए, त्यही प्रश्नको जवाफ
सहित येशु आउनुभएको थियो ! उनले एक तृष्णा सहित सच्चा मनले खोजे र येशुलाई पाए !
जो व्यक्ति शुरूवातमा केवल इसाईहरू सित भिडेर तर्कमा जित्ने
मनशाय बोकेका थिए, आज त्यही
व्यक्ति पूर्ण परिवर्तन भए;
आफ्नो पुरानो व्यक्तिलाई हार्न दिए र येशुमा नयाँ व्यक्ति भएर सबैभन्दा ठूलो
जित हात पारे! व्याकुलता माथिको जित र पाप स्वभाव माथिको जित!
0 Comments