Advertisement

Responsive Advertisement

परमेश्वरको राज्यमा सबैको कर्तव्य छ!

 



मैले चाहेको भए यो जानकारी आफैं सित राख्न सक्ने थिएँ, तर कुनै पनि केस हाम्रो सानोतिनो झगडा भन्दा धेरै गुणा ठूलो छ ! 

- डा. तारिका (काल्पनिक भारतीय प्रख्यात टेली-सिरियल सि आइ डि) 


प्रसङ्ग: सिनियर इन्स्पेक्टर अभिजित र डा. तारिका बीच अकस्मात कुरैकुरामा, ठट्टामा, आफ्नो मनको भावना व्यक्त गर्दा कसको काम ठूलो हो, कसको भूमिका सि आइ डि मा अपराधीलाई पत्ता लगाएर न्याय दिलाउन बढी छ भने विषयमा विवाद पैदा हुन थाल्छ । यसको कारण चाहिँ अभिजितले फिल्म टिकट ल्याउँदा तारिका व्यस्त हुन्छिन् भनेर हो । दुबै पक्षले आफ्नो भूमिका अर्को भन्दा ठूलो छ वा आफू नहुँदा अर्को पक्षले केही गर्न सक्दैन भन्ने कुरामा जोड दिनाले झगडा उत्पन्न हुन जान्छ । यद्यपि, अन्त्यमा तारिकाले आफ्नो कर्तव्य, आफ्नो भूमिका, आफ्नो कामलाई त्याग्न मान्दिनन । तर अभिजितले भने फोरेन्सिक ल्याब बिना पनि हामी सक्षम छौँ भन्ने मानसिकता पालिराखेको थियो ।


सायद आज मण्डलीमा यही समस्या देखिन्छ । सबै जना आफ्नै खेमा र आफ्नै ईश्वर शास्त्रलाई महान ठानी अर्को पक्षलाई हा... थू ! गर्ने बडो कडक जमर्को छ! तर यो कुरा बुझ्दैनन कि परमेश्वरको राज्यमा सबैको कर्तव्य छ! हामीले एकले अर्कालाई पूर्णता दिलाउने हो । हामी झगडा, विवाद आदि मै ज्यादा समय बिताउँछौँ । सानो-तिनो कुरालाई लिएर बुर्ज खलिफा नै खडा गर्छौँ! अनि एउटा मण्डली जानेले अर्को मण्डली जानेलाई घृणा गर्ने, गिल्ला गर्ने, बिरोध गर्ने काममा समय खर्च गर्छौं । तर हामीले हाम्रो समान कर्तव्य के हो भनेर नै भुल्छौँ! हामी बीचको झगडाले अनि सुसमाचारलाई तगारो बन्छ! सायद, डा. तारिकाको झैँ सोच आज हामीमा हुन आवश्यक छ! किनकि परमेश्वरले मण्डली वृद्धि गर्न हामीलाई बोलाउनुभयो, खेमाहरू खोल्न होइन र सुसमाचार फैलाउन हामीलाई जिम्मेवारी दिनुभयो आ-आफ्नो थियोलजी फैलाउन होइन ! के हामी उही परमेश्वर कै राज्यको काममा लागिपरेका उहाँकै भाँडा र सन्तान होइनौं र? हामी सबैले बरु एक अर्का बाट सिकौं र एक अर्कालाई पूर्णता दिने काम गरौँ । असहमतिहरू आफ्नै ठाउँमा छ तर सुसमाचारको जिम्मेवारी हामी सबैलाई दिइएको छ ! 



भिडियो हेर्नुस्:

Click!


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 

Post a Comment

0 Comments