अक्सर पेन्तिकोस्तल तथा ए जी चर्चहरूमा अन्य चर्चहरूलाई 'पवित्र आत्मा नमान्ने चर्च' को संज्ञा दिइएको हामी पाउँछौँ | अधिकांशले यस संज्ञा माथि कुनै पनि प्रकारको प्रश्न उठाएका हुँदैनन् | वास्तवमा भन्नपर्दा यो संज्ञा कुनै ठेट परिभाषा बिना रहँदै आएको छ अर्थात 'पवित्र आत्मा नमान्ने चर्च' भन्नाले कस्तो? उहाँको अस्तित्व नमान्ने? उहाँको व्यक्तित्व नमान्ने? उहाँको कामलाई नमान्ने? उहाँको वरदानलाई नमान्ने? यदि यी कुराहरू हुन् भने ए जी तथा पेन्तिकोस्तल चर्चहरू शिक्षाको एकदमै कमी छ भन्ने निष्कर्ष हुन आउँछ किनकि यस रितिले पवित्र आत्मालाई नमान्ने कुनै पनि प्रोटेस्टेन्ट चर्चहरू नै हुँदैन! अब उहाँको अस्तित्वलाई नै अस्वीकार गर्ने वा एक अव्यक्तिगत शक्तिको रुपमा मात्रै सिमित पार्न खोज्नेहरूले त झूटा शिक्षाको दर्जा पाइहाल्छ! नत्रभने पेन्तिकोस्तल सम्प्रदायको उदय हुन अगाडी नै क्याल्विनवाद मान्ने चर्चहरूले पवित्र आत्माको कामलाई निरन्तर जोड दिई नै रहेको पाउन सकिन्छ! 'पवित्र आत्मा बिना कसैको नयाँ जन्म वा सुसमाचार स्वीकार सम्भव छैन' भनी उनीहरुको पाँच बुँदाले नै सिकाउँछ!
ए जी चर्चमा 'पवित्र आत्मा मान्ने चर्च' भनी कुन रीतिले परिभाषा दिइएको छ? मलाई लाग्छ ए जी तथा पेन्तिकोस्तल चर्चहरूले प्रयोग गर्नु पर्ने उचित वाक्यांश भनेको यस्तो हो: 'पवित्र आत्माको वप्तिस्मा, आश्चर्यकर्मका वरदान र जागृतिलाई कम महत्त्व दिने चर्च' | यस वाक्यांशले सायद केही स्पष्टीकरण स्थापित गराउन सक्ला! अक्सर गैर-पेन्तिकोस्तल चर्चहरूले पवित्र आत्माको छुट्टै वप्तिस्मालाई स्वीकार गर्दैनन् तर यसको अर्थ उहाँलाई नमान्ने चाहिं होइन; यी चर्चहरूले कुनै-कुनै वरदानहरू आज आवश्यक छैनन् भनी सिकाउँछन् जस्तैः अगमवाणी, अन्यभाषा र रोग निको पार्ने | तर यी कुराहरू ख्रीष्टियान विश्वासको आधारभूत सिद्धान्त होइनन् | अनि उनीहरूले जागृतिलाई पनि कम महत्त्व दिने गर्छन् किनकि उनीहरू पवित्र आत्माको निरन्तर भइरहने 'पवित्रीकरण' प्रक्रिया र फल फलाउने कुरामा जोड दिन्छन् | यी कुनै पनि कुराहरूलाई आधार बनाई 'पवित्र आत्मा नमान्ने चर्च' भन्ने संज्ञा दिनु उचित होइन | प्रायजसो ए जी चर्चहरूमा पवित्र आत्मा मान्ने कुरा सित आत्मिक अनुभव, अन्यभाषा र जागृतिका कुरा जोडिएको हुन्छ जुन आफैंमा पनि गलत कुरा होइन | तर यी अनुभव नभएका चर्चहरूलाई 'पवित्र आत्मा नमान्ने चर्च' भनी संज्ञा दिनु भनेको अन्य चर्चलाई झूटा ठहराउनु हो वा भड्किएको चर्च भनी सिकाउनु हो |
हुन पनि पवित्र आत्माको भरपूरी र वरदानलाई कम स्थान दिने चर्चहरू अक्सर सेलाएर जान्छन् तर यी कुराले उनीहरू पवित्र आत्मा नमान्ने दर्जामा कदापि पुग्दैनन् | फरक केवल सिद्धान्तमा बढी जोड दिने र अनुभव गर्ने कुरामा वास्ता नगर्ने हो | फेरी पेन्तिकोस्तल चर्चहरूमा कहिलेकाहीँ सिद्धान्तको कमीका कारण निकै गलत अनुभव र कामहरूले पनि स्थान ओगटीराखेको हुन्छ | यी चर्चहरू मानिसहरूलाई येशूमा ल्याउन सफल पनि भएका छन् भने येशू बाट टाढा लैजान पनि सफल भएका छन् किनकि आम मानिसहरूले अक्सर पवित्र आत्माको नाउँमा झूटो आशा पाइरहेका हुन्छन् यद्दपि यो उहाँको कामको कमीले भन्दा पनि सिद्धान्तको कमीले हो | कतिपय अवस्थामा ख्रीष्टियान चरित्रलाई भन्दा बढी आत्मिक अनुभव र बाहिरी हाउभाउलाई महत्त्व दिइरहेको हुन्छ | वास्तवमा चर्चमा यी सबै कुराहरूको एक सन्तुलित वातावरण कायम हुनपर्छ | कतै पवित्र आत्मा मान्छौँ भन्दै गर्दा उहाँबाट टाढा पो छौँ कि? कतै हामी उहाँलाई आवश्यक दायरा भन्दा धेरै टाढा लागी बुझ्न र अनुभव गर्न खोज्दै पो छौँ कि? हो, धेरै अवस्थामा त जागृतिले पनि निकै फल फलाएकै हुन्छ; यो कुरामा कुनै आशंका छैन | तर यस प्रक्रियामा हाम्रो ध्यान आत्मिक वृद्धि, ख्रीष्टियान चरित्र निर्माण र फल फलाउने कुरामा कत्तिको छ भनी प्रश्न अक्सर सोध्न पर्ने हुन्छ नत्रभने पवित्र आत्माको नाउँमा ढाल्ने, चिच्याउने, कमाउने आदि बाहिरी हाउभाउमा मात्रै चर्च सिमित हुन पुग्छ!
यी सबै व्यावहारिक र सैद्धान्तिक रीतिले जटिल विषय आज बन्न पुगेको छ तर समाधान रहित चाहिँ होइन | पवित्र आत्माको सिद्धान्तमा र उहाँको काममा हामी अक्सर सन्तुलित हुनपर्छ | सकेसम्म त 'पवित्र आत्मा नमान्ने' वाक्यांशलाई चुनौतीको दृष्टिले पनि हेर्न सिक्नपर्दछ किनकि यसको अतिवादले गलत बुझाई तर्फ एक विश्वासीलाई धकेल्न सक्छ र 'सम्प्रदायवाद' सरह मानसिकतालाई निम्त्याउन पनि सक्छ! हामी यस कुरामा सचेत भई चर्चमा शिक्षा पनि दिने गरौँ!
१. पवित्र आत्माको अस्तित्व र व्यक्तित्व
- यूहन्ना 14:16-17: "अनि म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सान्त्वनादाता दिनुहुनेछ, ताकि उहाँ सधैं तिमीहरूसँग रहनुहोस्— सत्यको आत्मा, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने उसले उहाँलाई देख्दैन न त चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ।"
विश्लेषण: यो पदले पवित्र आत्मालाई व्यक्तित्व भएको सान्त्वनादाताको रूपमा प्रस्तुत गर्छ, जसले विश्वासीहरूलाई मार्गदर्शन र सान्त्वना दिन्छ। यो कुरा सबै ख्रीष्टियान चर्चहरूले स्वीकार गर्छन्, चाहे पेन्तिकोस्तल होस् वा गैर-पेन्तिकोस्तल। - प्रेरित 5:3-4: "तर पत्रुसले भने, ‘हननिया, किन शैतानले तिम्रो हृदय भर्यो, ताकि तैंले पवित्र आत्मासँग झूट बोलेर पवित्र आत्मालाई ठग्ने कोसिस गर्यौ? ... तैंले मानिसहरूलाई होइन, परमेश्वरलाई ठगेको छस्।’"
विश्लेषण: यो पदले पवित्र आत्मालाई परमेश्वरको रूपमा स्थापित गर्छ, जसलाई कुनै पनि प्रोटेस्टेन्ट चर्चले अस्वीकार गर्दैन। "पवित्र आत्मा नमान्ने" भन्ने संज्ञा यस्तो सन्दर्भमा गलत हुन्छ।
२. पवित्र आत्माको काम र उद्धार
- यूहन्ना 3:5-6: "येशूले जवाफ दिनुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्छु, यदि कोही पानी र आत्माद्वारा जन्मँदैन भने, उसले परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन।’"
विश्लेषण: पवित्र आत्मा नयाँ जन्म (regeneration) को लागि आवश्यक छ, जुन क्याल्विनवादी र अन्य प्रोटेस्टेन्ट चर्चहरूले जोड दिन्छन्। यो कुराले पवित्र आत्माको कामलाई सबै चर्चहरूले स्वीकार गरेको देखाउँछ। - रोमी 8:26-27: "यसै गरी आत्माले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ। किनभने हामीले कसरी प्रार्थना गर्नुपर्छ भन्ने हामीलाई थाहा छैन, तर आत्मा आफैंले हाम्रो लागि विलापसहित मध्यस्थता गर्नुहुन्छ।"
विश्लेषण: पवित्र आत्माले विश्वासीहरूको प्रार्थनामा मध्यस्थता गर्छन्, जुन सबै चर्चहरूले मान्छन्। यो पवित्र आत्माको निरन्तर कामको प्रमाण हो।
३. पवित्र आत्माको वप्तिस्मा
- प्रेरित 2:1-4: "जब पिन्तिकोसको दिन आइपुग्यो, तिनीहरू सबै एकै ठाउँमा जम्मा भएका थिए... र तिनीहरू सबै पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई बोल्न दिएझैं तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले।"
विश्लेषण: यो पद पेन्तिकोस्तल चर्चहरूले पवित्र आत्माको वप्तिस्माको आधारको रूपमा लिन्छन्, जहाँ अन्यभाषा बोल्नु प्रमाण मानिन्छ। तर, गैर-पेन्तिकोस्तल चर्चहरूले यो अनुभवलाई उद्धारको लागि अनिवार्य मान्दैनन्, यद्यपि उनीहरू पवित्र आत्मालाई अस्वीकार गर्दैनन्। - १ कोरिन्थी 12:13: "किनभने हामी सबै— चाहे यहूदी होस् वा ग्रीक, चाहे दास होस् वा स्वतन्त्र— एउटै आत्माद्वारा एउटै शरीरमा वप्तिस्मा भएका छौं, र हामी सबैलाई एउटै आत्मा पिउन दिइएको छ।"
विश्लेषण: यो पदले पवित्र आत्माको वप्तिस्मालाई विश्वासीहरूलाई ख्रीष्टको शरीरमा एकीकरण गर्ने कार्यको रूपमा देखाउँछ, जुन गैर-पेन्तिकोस्तल चर्चहरूले जोड दिन्छन्। यसले छुट्टै वप्तिस्माको सट्टा उद्धारको समयमा हुने आत्मिक एकतामा ध्यान दिन्छ।
४. पवित्र आत्माको वरदानहरू
- १ कोरिन्थी 12:4-11: "वरदानहरू त विभिन्न छन्, तर आत्मा एउटै हुनुहुन्छ... कसैलाई विश्वासको वरदान, कसैलाई रोग निको पार्ने वरदान, कसैलाई चमत्कार गर्ने शक्ति, कसैलाई अगमवाणी, कसैलाई आत्माहरू छुट्याउने क्षमता, कसैलाई विभिन्न भाषाहरू, र कसैलाई ती भाषाहरूको व्याख्या गर्ने वरदान दिइएको छ।"
विश्लेषण: यो पदले पवित्र आत्माको विभिन्न वरदानहरूलाई उल्लेख गर्छ। पेन्तिकोस्तल चर्चहरूले यी सबै वरदानहरू आज पनि सक्रिय छन् भनी विश्वास गर्छन्, जबकि गैर-पेन्तिकोस्तल चर्चहरूले केही वरदानहरू (जस्तै: अन्यभाषा, अगमवाणी) प्रेरित युगमा सीमित थिए भन्न सक्छन्। यद्यपि, यो भिन्नता पवित्र आत्मालाई नमान्ने कुरा होइन। - १ कोरिन्थी 13:8-10: "प्रेम कहिल्यै असफल हुँदैन। तर अगमवाणीहरू छन् भने तिनीहरू लोप हुनेछन्; भाषाहरू छन् भने तिनीहरू रोकिनेछन्; ज्ञान छ भने त्यो लोप हुनेछ। किनभने हामीलाई आंशिक ज्ञान र आंशिक अगमवाणी छ। तर जब पूर्णता आउँछ, तब आंशिक कुराहरू लोप हुनेछन्।"
विश्लेषण: यो पद गैर-पेन्तिकोस्तल चर्चहरूले केही वरदानहरूको निरन्तरता (cessationism) मा प्रश्न उठाउन प्रयोग गर्छन्। यद्यपि, यो सिद्धान्तमा भिन्नता हो, न कि पवित्र आत्मालाई अस्वीकार गर्ने कुरा।
५. पवित्र आत्माको फल र पवित्रीकरण
- गलाती 5:22-23: "तर आत्माको फल भनेको प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता र आत्मसंयम हो। यस्ता कुराहरूविरुद्ध कुनै व्यवस्था छैन।"
विश्लेषण: पवित्र आत्माको काम केवल चमत्कारिक वरदानहरूमा सीमित नभई ख्रीष्टियान चरित्र र पवित्रीकरणमा पनि देखिन्छ। गैर-पेन्तिकोस्तल चर्चहरूले यही कुरामा जोड दिन्छन्, जुन पवित्र आत्माको कामको महत्त्वपूर्ण पक्ष हो। - रोमी 8:14: "किनभने जति जना परमेश्वरको आत्माद्वारा डोरिन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।"
विश्लेषण: पवित्र आत्माले विश्वासीहरूलाई मार्गदर्शन र पवित्रीकरणको प्रक्रियामा डोर्याउँछन्, जुन सबै ख्रीष्टियानहरूले स्वीकार गर्छन्।
६. जागृति र सन्तुलन
- प्रेरित 1:8: "तर जब पवित्र आत्मा तिमीहरूमा आउनुहुन्छ, तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदिया र सामरियामा, र पृथ्वीको अन्त्यसम्म मेरा साक्षी हुनेछौ।"
विश्लेषण: यो पदले पवित्र आत्माले विश्वासीहरूलाई सुसमाचार प्रचारको लागि शक्ति दिन्छ भनी देखाउँछ। जागृतिको मूल उद्देश्य पनि यही हो, तर यो आत्मिक वृद्धि र ख्रीष्टियान चरित्रसँग सन्तुलित हुनुपर्छ। - १ कोरिन्थी 14:40: "तर सबै कुरा शिष्टतापूर्वक र व्यवस्थित रूपमा गरिनुपर्छ।"
विश्लेषण: पवित्र आत्माको काममा व्यवस्था र शिष्टता आवश्यक छ। बाहिरी हाउभाउ (जस्तै: ढल्ने, चिच्याउने) मा मात्र ध्यान दिँदा यो सन्तुलन बिग्रन सक्छ।
७. सम्प्रदायवाद र एकताबाट जोगिन
- एफेसी 4:3-4: "आत्माको एकतामा शान्तिको बन्धनद्वारा एकताको रक्षा गर्न उत्सुक रहो। एउटै शरीर र एउटै आत्मा छ, जसरी तिमीहरू पनि एउटै आशामा बोलाइएका छौ।"
विश्लेषण: यो पदले ख्रीष्टियानहरूबीच आत्मिक एकताको महत्त्वलाई जोड दिन्छ। "पवित्र आत्मा नमान्ने" जस्ता संज्ञाहरूले यो एकतालाई कमजोर बनाउन सक्छ।
0 Comments