Advertisement

Responsive Advertisement

अविरल वर्षाका कारण मण्डली भवन डुबानमा पर्न गएको छ, अब सङ्गती के गर्ने?

 



    मूर्खतामा जिउने मानिस नबनौँ । सङ्गती केवल मण्डली जानु, भजन गाउनु, वचन सुन्नु आदि मात्रै होइन । यी कुराहरू मात्र आराधनाका भाग होइनन् । मण्डली जानु र सहयोग गर्नु पनि सङ्गती नै हो । सेवा-सङ्गती भनेको कुनै परिस्थितिमा पनि नरोकिने कुरा हो । फरक यति मात्रै कि हामी कसरी सेवा गर्छौं ? आराधना र सेवा भनेको नै हाम्रो जीवन शैली हो, परमेश्वरलाई गर्ने प्रेम, उहाँ प्रती गरिने आदर र महिमा अनि मानिसहरूलाई गरिने प्रेम र सेवा हो । तसर्थ, अविरल वर्षाका कारण सेवा नहुने भयो, चर्च बन्द हुने भयो भनी कहिल्यै भ्रममा नपरौँ । अन्धकारको शक्तिले रोक्न नसकेको सेवालाई प्रकृतिले पनि छेक्न सक्दैन । यस्तो आपतकालीन अवस्थामा हामी हाम्रा मण्डली र विश्वासीहरू प्रती कस्तो प्रतिक्रिया जनाउँछौँ, त्यो पनि सेवा नै हो ! 


अनि अर्को कुरा, धेरै विश्वासीहरू आज केवल चङ्गाई चङ्गाई मात्रै भन्छन् तर आफ्नै आफन्त -इष्टमित्र एवम् छिमेकीहरू सङ्ग सम्बन्ध भने राम्रो छैन । सबैलाई शारीरिक चङ्गाईको मात्रै बढी सरोकार छ तर आफ्नो चरित्रको चङ्गाई, सामाजिक चहलपहलको चङ्गाई आदि को केही सरोकार हुँदैन । 

    आज देश भर आइलागेको कष्टकर बाढीले सायद यही कुरा हामीलाई स्मरण गराउँदै छ कि हामीले सेवा चाहिँ कसरी गर्दैछौँ ? समाजमा हामीले हाम्रो पहिचान कस्तो स्थापित गर्दैछौँ ? हामीले हाम्रो छिमेकीहरूलाई कत्तिको प्रेम र वास्ता गर्दैछौँ ? प्रायः हाम्रो प्रार्थना केवल अविरल वर्षा रोक्नका लागि हुन्छ जुन एक हिसाबले ठिक पनि त हो तर के हाम्रो प्रार्थना हाम्रो जीवनबाट बहिरहने अविरल खराब चरित्रको विषयमा छ त? जीवनमा क्षमादान छैन, जस सङ्ग पनि शत्रुता छ, गनगनको बानी छ, समाजमा कोही सित मिलेर रहेका छैनौं आदि । 

    आजको विकराल र दु:खद परिस्थितिले हामीलाई यहि सिकाउँछ कि कसरी परमेश्वरका सन्तान भएर समाजमा जिउने र आफूले पाएको उद्धार र जीवन परिवर्तनलाई कसरी आफ्ना मानिस हरू सामु देखाउने जस द्वारा प्रभुको महिमा हुन सकेको होस् । 


नोट: अविरल वर्षा र बाढीमा सबै जना सुरक्षित रहनुहोला र समाचार सित अपडेट रहनुहोला ।

Post a Comment

0 Comments