कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न!
हामी साह्रै बाठा छौं।
हामीलाई doctrinal heresy अर्थात् सैद्धान्तिक झुटा
शिक्षाको मात्र कुरा गर्न मन लाग्छ किनकि त्यो सहज छ। त्यो कसैलाई व्यवहारिक रुपमा
जिएर देखाई राख्नु पर्दैन तर Moral heresy अर्थात् नैतिक अथवा व्यवहारिक झुटा शिक्षाबाट चाहिं हामी भाग्न खोज्छौं किनकि
त्यो कुरा गर्यो भने त फेरि आफू पनि फसिन्छ। हामी साह्रै बाठा। तर सोझा साझा
विश्वासीहरुलाई भारी भारी ईश्वरशास्त्रीय शब्दहरू प्रयोग गरेर झुक्याए जस्तो
परमेश्वरलाई कहाँ झुक्याउन सकिन्छ र। उहाँले हाम्रो सिदान्त र नैतिकता दुवै मजाले
जोख्नु हुन्छ। हामी धेरै बाठा नहोऔं। झुटा शिक्षा भनेको कुरा सैद्धान्तिक मात्र
हुँदैन तर Moral र behavioral पनि हुन्छ जुन सिदान्त र हाम्रो विश्वाससंग पनि
जोडिएको हुन्छ। झुटा शिक्षा भने जस्तै झुटा जीवन पनि हुन्छ। सिदान्तमा होशियार भए
जस्तै मान्छे नैतिकतामा पनि होशियार हुनुपर्छ किनकी ती दुवै एक अर्काको परिपूरक
हुन्। के परमेश्वरको वचनले वर्जित गरेको कार्य गर्नु नैतिक झुटा जीवन होईन?
ऐतिहासिक रुपमा विभिन्न परिषदहरुले बाइबलमा
आधारित भएर स्थापित गरेको साझा ईसाई विश्वासको सार विपरीत जानुलाई अक्सर
सैद्धान्तिक झुटा शिक्षाको संज्ञा दिईन्छ। सिदान्तमा एउटा साझा मानक standard
भए जस्तै के बाईबलले ईसाई जीवनको निम्ति
नैतिकतामा पनि एउटा मानक standard प्रस्तुत गरेको छैन?
बाईबलले हामीलाई विश्वास र नैतिकता दुवैको सार
प्रस्तुत गरेको छैन? के ती सबै परमेश्वरको वचन
होईनन्? हामी कुन चाहिँ आज्ञा
मान्ने अनि कुन चाहिँ नमान्ने? कुन चाहिँ आज्ञा ठुलो अनि
कुन चाहिँ सानो हो? ठुलो आज्ञा कै कुरा गर्ने
हो भने त बाईबलले "प्रेम" को आज्ञा लाई अघि सारेको छ। प्रेम गर्नु नै
व्यवस्था पूरा गर्नु हो भनिएको छ। धर्मशास्त्रले त प्रेम नगर्नेले परमेश्वरलाई
चिनेको हुँदैन भन्छ त। के विश्वास र प्रेमलाई अलग गर्न मिल्छ? विश्वास त भुतहरुले पनि गर्छन् होईन र? प्रेम सिदान्त हो कि नैतिकता हो त? प्रेम सिदान्त र नैतिकता मात्र होइन तर
परमेश्वर आफै प्रेम हुनुहुन्छ। त्यसो भए प्रेम बाट चुक्नु भनेको के हो त? के प्रेम बाट चुक्नु भनेको हामी झुटा ठहरिनु
हैन? के नैतिक चरित्र हाम्रो
विश्वासको सिदान्त संग जोडिएको छैन? के बाईबल विरुद्धको जीवन झुटा जीवन होईन? ईश्वरशास्त्रीय सिद्धान्तहरु जस्तै हाम्रो निम्ति नैतिक
सिदान्त छैन? यसमा कुनै शंका छैन कि
मुक्ति केवल येशू ख्रीष्टमा छ र यो सत्यतालाई स्वीकार्नेहरु मात्र परमेश्वरको
राज्यमा प्रवेश गर्नेछन् तर कसैले येशू ख्रीष्टलाई मुक्तिदाता भनेर स्वीकारेको छ
कि छैन भनेर जाँच्ने कडी भनेको के हो त? के उसको जीवनमा फलेको फल बाट नै होईन र? होईन जस्तो लाग्छ भने बाईबल पदहरु दिऊँ कि???
के हामी Doctrinal
heresy (सैद्धान्तिक झूटा शिक्षा)
को मात्रै कुरा गर्ने? What about moral heresy? नैतिक अथवा व्यवहारिक झुटा जीवनबाट चाहिँ भाग्ने? हाम्रो बीचमा भएको नैतिक संकटलाई चाहिँ सम्बोधन
नगर्ने? के झूटा शिक्षा भनेको
सैद्धान्तिक मात्र हुन्छ? यो दुखको कुरा हो कि
हामीले झुटा शिक्षालाई सिदान्तमा मात्र सीमित गरेका छौं। यस लेखको उद्देश्य
सैद्धान्तिक झुटा शिक्षा बाटको खतरालाई नजरअन्दाज गर्नु कदाचित होइन र कुनै पनि
सैद्धान्तिक झूटा शिक्षाको समर्थनमा पनि होईन तर सिदान्त र नैतिकतालाई अलग गरेर
हेर्नु बाईबलिय हुन सक्दैन र त्यो आफैमा झूटा सिद्ध हुन्छ। मैले यस लेखको सारलाई
अन्तमा पनि लेखेको छु। बाईबलले सैद्धान्तिक झुटा शिक्षामा लाग्ने लाई मात्र
परमेश्वरको राज्यमा पस्ने छैनौ भन्नु भएको छैन। के स्वर्ग नजाने मान्छेहरु
चाहिँ (Arianism, Modalism,
Apollinarianism, Docetism, Ebionitism, Eutychianism, Monarchism, Nestorianism,
Patrispassianism, Sabellianism….) यी ग्रुपका मान्छेहरु
मात्रै हुन त? बाईबलले त परमेश्वरमा
जन्मेकाहरुले पाप गरिरहँदैन भन्छ त। येशूलाई विश्वास पनि गर्छु भन्ने अनि अरुको
निन्दा पनि गरिरहने, अनैतिक काम पनि गरिरहने,
घृणा पनि गरिरहने? भ्रष्टचार गरिरहने…? कुरा चाहिँ Calvinism र Arminianism को गर्ने अनि व्यवहार चाहिँ Satanism र Diabolism को देखाउने? नैतिक रुपमा झुटा जीवन जिउने अनि सही
सिद्धान्तको वकालत गर्ने? यस्ता काम गरिरहने
मान्छेहरु चाहिँ सही सिद्धान्तमा विश्वास गरेर नयाँ गरी जन्मेको मान्छेहरु कसरी
भयो त? यस्ता कार्य गर्नेलाई त
परमेश्वरको राज्यमा प्रवेश छैन भनेको छ त। यस्ता काम गरिरहने लाई कसरी ख्रीष्टमा
छन् भन्ने??? यो त सरासर नैतिक झुटा
जीवन भएन र? वास्तवमा यस्ता
व्यक्तिहरुले आफ्नो जीवनबाट झुटा शिक्षा सिकाइरहेका हुन्छन् र यीनीहरु नैतिक झुटा
शिक्षकहरु हुन्। के हाम्रो सिदान्त र नैतिकतामा सन्तुलन देखिनु पर्दैन? के हामीले हाम्रो बाईबलिय व्याख्यामा
ईमान्दारिता देखाउनु पर्दैन? के हामी आफुलाई सहज
लाग्ने कुरा मात्र पस्कने? परमेश्वर प्रेम हुनुहुन्छ
भन्नेले परमेश्वर पवित्र र भस्म पार्ने आगो पनि हुनुहुन्छ भन्ने कुरा पनि सिकाउनु
पर्दैन? के हामी आफ्नो तर्क
पुष्टि गर्न बाईबलको एकातिरको खण्ड मात्र च्याप्ने? तसर्थ, सिदान्त र नैतिकतालाई अलग
गरेर नहेरौं। सन्तुलन कायम राखौं। हाम्रो विश्वास र काम अलग हुन सक्दैन। रुख र
फललाई अलग गरेर हेर्न मिल्दैन। त्यस्ताहरुलाई परमेश्वरको जवाफ हुनेछ, मैले तिमीलाई कहिल्यै चिनेको छैन ए अधर्म काम
गर्नेहरू। "l never knew you, you evildoers." परमेश्वरको वचनले doctrinal heresy र Moral heresy लाई अलग गरेको छैन।
Dear friends, let us not try to define Christianity as a
summary of doctrines and theoretical articulations of theologians. True saving
faith is not merely a cognitive state but is tied with lifestyle. Christianity
is not just a doctrine but a life style. It is a lifestyle based on a doctrine.
-Bikal Shrestha, August 1, 2024
0 Comments