Advertisement

Responsive Advertisement

झूटा! झूटा!! झूटा!!! आहा! कति हल्का? कति सस्तो? || Bikal Shrestha


कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न! 


झुटा !!! झुटा !!! झुटा !!!

यी दिनहरुमा "झुटा" भन्ने शब्द साह्रै हलुका र सस्तो बनाउन थालिएको छ। सामाजिक संजालमा कमसेकम दिनमा एक पटक कसैले कसैलाई झुटा भन्ने ट्याग लगाएको देख्न थालिएको छ। आफ्नो खेमाको विचार र अभ्याससंग कुरा मिलेन भने झुटा भन्ने ट्याग लगाउने काम भईहाल्छ। “झुटा” भन्ने शब्दलाई किन यति सारो सामान्यीकरण गरिंदैछ अचम्म लाग्छ। नेपाली ईसाई समाजमा झुटा शिक्षाको गलत भाष्य निर्माण गर्न खोजिंदै छ। यस विषयको गम्भीरता र संवेदनशीलतालाई बुझ्ने प्रयास गरौं। यसो भन्दै गर्दा मैले यहाँ झुटा शिक्षाले हाम्रो मण्डलीमा पार्न सक्ने असर र क्षतिलाई हल्का सोचिरहेको छैन। यो पक्कै पनि गम्भीर विषय हो।

एक जना मित्रले एक प्रतिष्ठित बाईबल विद्धवान N.T Wright जस्ले New perspective on Paul भन्ने विचारको वकालत गर्दै आएको कुरालाई लिएर उस्लाई झुटा शिक्षक भनेको सुन्दा साह्रै दुख र दया लाग्यो। New perspective on Paul मा मेरो पनि केही झुकाव छ तथापि म यसको प्रवर्दक नै त होईन। NT Wright को कति वटा तर्कहरु सित म पनि सहमत छैन (विशेष गरी Wright को धर्मीकरण सम्बन्धिको व्याख्या परम्परागत व्याख्या भन्दा केही फरक छ।) तर के उसको यस फरक व्याख्यालाई लिएर मैले उसलाई झुटा शिक्षकको खेमामा हालिदिन मिल्छ? यो त अति भएन र? “झुटा” भन्ने शब्दलाई किन यति सारो सामान्यीकरण गरिंदैछ। के कसैले free will को वकालत गर्यो भनेर उस्लाई झुटा शिक्षकको ट्याग लगाई दिई हाल्ने? के अन्य भाषाको अभ्यास गर्नेलाई झुटा शिक्षा भनि हाल्ने? के बाल बप्तिष्माको अभ्यास गर्ने लाई झुटा भनिहाल्ने? Dispensationalist लाई झुटा भनिहाल्ने? Continuationist हरुलाई झुटा भनि हाल्ने? प्रियहरु, झुटा शिक्षालाई यति सारो सामान्यीकरण गर्ने काम बन्द गरौं न। False teachers teaching falsely को भिन्नतालाई बुझ्ने प्रयास गरौं। “All heresy is error, but not all error is heresy” भन्ने तथ्यलाई पनि विचार गरौं। कुनै पनि शिक्षा झुटा हो वा होईन भन्नको लागि के ऐतिहासिक रुपमा विभिन्न परिषदहरुले तयार पारेको विश्वासको सारका दस्तावेजहरु हाम्रा निम्ति मापदण्डका रुपमा छैनन् र? अनि किन हामी केही सैदान्तिक भिन्नता हुने बित्तिकै झुटा शिक्षाको ट्याग लगाउने कार्य गरिरहेका छौं त? यी कुराहरु छुट्याउन हाम्रो सहजताको निम्ति मापदण्डको रुपमा “Theological Triage” “Essential & Non essential doctrines” हरु संग सम्बन्धि दस्तावेजहरु पनि त उपलब्ध छन् नी। हामीलाई सांच्चै धेरै अध्ययनको खांचो छ। हतारमा झुटा शिक्षाको ट्याग लगाउने काम बन्द गरौं। गलत शिक्षा र झुटा शिक्षालाई अलग गरेर हेर्ने प्रयास गरौं। नत्र भने हामी कोही पनि झुटा शिक्षाको ट्याग बाट बच्न सक्दैनौं। कुनै दिन झुटा शिक्षक भनेर मेरो नाम आयो भने पनि म अचम्मित हुने छैन।

Dear friends, let us be careful to call something a heresy and someone a heretic regarding a secondary and tertiary issues. Let us not make tertiary issue a primary issue. Let us understand the seriousness of the charge we are leveling. Let us accept the truth that we all have blind spots and need to engage well with those who disagree. Undoubtedly, Heresy exists and we must identify and teach against it. But let us do Theology in a way of Christ as Augustine explains "this way is first humility, second humility, third humility and however often you should ask me I would say the same..."

Let’s do theology with humility. 🙏

-Bikal Shrestha, August 8 


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 

Post a Comment

0 Comments