Advertisement

Responsive Advertisement

सिद्धान्तको पनि सिद्धान्त हुन्छ! || Bikal Shrestha

 


कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न! 


मण्डलीलाई सिदान्त आवश्यक छैन भन्नु र सिदान्तलाई मूर्ति बनाउने काम गर्नु दुवै मूर्खता हो। बाईबलिय सिदान्तहरु जुन बाईबल बाट नै प्रतिपादित भएका हुन्छन्, यसले हाम्रो मण्डलीलाई नियमन गर्न, सुरक्षा प्रदान गर्न र दिशानिर्देश गर्न निकै ठुलो भूमिका खेलेको हुन्छ। यसको महत्वलाई ईन्कार गर्ने मूर्ख काम नगरौं। तर फेरि कुनै पनि सैदान्तिक प्रणालीलाई मूर्ति बनाउने काम पनि नगरौं। कुनै पनि सिदान्तलाई बाईबल भन्दा माथि राख्ने काम मूर्तिपूजा हो। सिदान्त वा वादको चश्माले बाईबललाई व्याख्या गर्ने काम नगरौं। सिदान्त बाट बाईबल आएको होईन तर बाईबल बाट चाहिं सिदान्त आएको हो। जोन पाईपर लेख्छन्, “When all your favorite preachers are gone, and all their books forgotten, you will have your Bible. Master it. Master it.” त्यसैले बाईबल नै हाम्रो ईश्वरशास्त्रको जग हुनुपर्छ। त्यसै गरी एउटा सिदान्तलाई च्यापेर बाकि अरु सबैलाई निषेध गर्ने मूर्ख काम पनि नगरौं। कुनै पनि सिदान्तले बाईबलले दिन खोजेको सम्पूर्ण सन्देशलाई पूर्ण रुपमा समेट्न वा पस्कन सक्दैन। त्यसैले कुनै एउटा सिदान्त वा वादलाई मात्रै च्याप्नु पनि मूर्खता हुनेछ। हामीलाई सांच्चै ईश्वरशास्त्रीय नम्रताको आवश्यक छ। सिदान्त आफैमा अन्त होईन तर केवल माध्यम मात्र हो। अन्त्य त रुपान्तरित जीवन हो। यदि हाम्रो सिदान्तले हामीलाई ख्रीष्टको रुपमा परिवर्तन गर्दै लगिरहेको छैन भने सिदान्तको वकालत गर्नु हाम्रो पाखण्ड बाहेक अरु केही हुँदैन।

 

-Bikal Shrestha, August 13


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


Post a Comment

0 Comments