Advertisement

Responsive Advertisement

Recommended Book Review: Theological Dictionary

 


हजारौं वर्ष देखिको मण्डली वृद्धि सहित आज ईश्वर शास्त्रको क्षेत्रमा पनि निकै विकास हुँदै आएको छ । बाइबल अध्ययन केवल आत्मिकी परिवेशमा मात्रै सिमित नभएर बौद्धिक, विचरणशील एवम् जानकारीमूलक परिवेशमा पनि फस्टाएको देख्न पाउँदछौँ । आज धेरै बाइबल कलेजहरू खोलिएका छन् भने अथाह ईश्वर शास्त्रीय पुस्तकहरू लेखिएका छन् । बाइबलका गहिरा कुरा बुझ्नका लागि आजको युगमा धेरै परिश्रमको खाँचो देख्न सकिन्छ । यस्तै परिश्रमको उपज आज हामी माझ एक शब्द कोश आएको छ ।

 

सम्पादकीय पजमा स्पष्ट गरि यस शब्द कोश निर्माणका लागि झेलिएका संघर्षलाई उल्लेख गरिएको छ भने शुरुको संस्करणलाई नै राम्रो तरिकाले व्यवस्थापन गरिएको पाइन्छ । यसमा ईश्वर शास्त्रमा प्रयोग हुने शब्दहरूलाई अङ्ग्रेजी र नेपाली दुबैमा उल्लेख गरि तिनीहरूको तटस्थ व्याख्या गरिएको पाइन्छ । साथै थप जानकारीका लागि विविध ईश्वर शास्त्रीय विषयहरूमा नोट समेत लेखिएको पाइन्छ जस्तै: सृष्टिको सिद्धान्त, झूटा शिक्षाहरू, चार किसिमका प्रेम आदि । प्रथम संस्करण भएको कारणले यसमा हालका लागि कम शब्दहरू र अपर्याप्त व्याख्या एवम् जानकारी रहेको देखिन्छ जसको सुधार पक्का पनि भविष्यमा आउने अरू संस्करणमा हुने आशा छ ।

 

यस शब्द कोशले अध्ययनशील बाइबल विद्यार्थीहरूलाई अङ्ग्रेजी र नेपाली दुबै माध्यममा ईश्वर शास्त्रीय विषय वस्तु सिक्न ठूलो टेवा दिनेछ । यसमा कुनै पूर्वाग्रही व्याख्या उल्लेख गरिएको छैन तर शैक्षिक तवरले नै हरेक शब्दलाई व्याख्या गरिएको देखिन्छ यद्यपि बाइबल विपरीतका कुरालाई इमानदारीका साथ बाइबल विपरीत भनेर पनि उल्लेख गरिएको छ । यसमा ईश्वर शास्त्रीय विषय वस्तु मात्रै नभएर रक्षा शास्त्र, दर्शन शास्त्र, विश्व दृष्टिकोण आदि जस्ता परिवेशहरू बाट पनि आवश्यक शब्दहरू पेश गरिएका छन् । तसर्थ, एक सरल रूपमा यो शब्द कोश अति नै लाभदायक देखिन्छ ।

 

बाइबल कलेज मात्रै नभएर मण्डलीमा पनि बाल सङ्गति शिक्षक, अगुवा, पास्टर आदि सबैलाई यो पुस्तक फलदायी छ । आजको बौद्धिक युगमा झन परमेश्वरको वचनमा गहिरिन आवश्यक देखिन्छ । यसका लागि धेरै ईश्वर शास्त्रीय ज्ञानको खाँचो छ । आशा छ यो शब्द कोश सबैका लागि उपयोगी हुनेछ । भविष्यमा अझै संसोधित शब्द कोश पनि आशा गर्नेछौं ।

 

लाभहरू:

१ अंग्रेजी र नेपाली दुवै भाषामा शब्द उल्लेख गरिएको

२ उपयोगी ईश्वर शास्त्रीय विषयहरूमा विशेष नोटहरू

३ सरल भाषामा व्याख्या

४ बाइबल शिक्षक र प्रचारक दुबैलाई ईश्वर शास्त्रीय भोक्याबुलरी सिक्न र प्रयोग गर्न मद्दत मिल्नेछ

 

संस्करण: प्रथम, २०२२

जम्मा पेज: २८८

प्रकाशक: Reformed Books House Pvt. Ltd.

 


Post a Comment

0 Comments