हो! बाइबल र बाइबलबाट निकालिएका सिद्धान्तहरू दुई अलग-अलग पक्षहरू हुन्! बाइबल आधिकारिक, प्रेरणादायिक, भूलरहित छ भने सिद्धान्तहरू छैनन् | बाइबल अपरिवर्तनशील छ भने सिद्धान्तहरू परिवर्तनशील छन् | त्यसकारण, बाइबलमा सहमती भएर पनि सिद्धान्तहरूमा असहमत हुनु आम कुरा हुन आउँछ! हामीले एक अर्काको सिद्धान्तलाई तसर्थ आदर गर्न सिक्नुपर्छ र ईश्वरशास्त्रीय खुलापन अपनाउन आवश्यक छ !
हामीलाई किन ईश्वरशास्त्रीय नम्रताको आवश्यक छ? हामीले किन आफुले अंगालेको सिदान्त भन्दा फरक खेमाको (झुटा
शिक्षा बाहेक) सिदान्तको अस्तित्वलाई स्वीकार्न र मान्यता दिन सक्नु पर्छ?
यी सत्यताहरुलाई नबिर्सौं।
१. बाईबल सत्य र पूर्ण भएकोले अब उसो सच्याउन वा परिमार्जन गर्न आवश्यक छैन।
तर बाईबल बाट प्रतिपादित सिदान्तहरु भने पूर्ण छैनन् र अझै सच्याउन र परिमार्जन
गर्ने ठाउँहरु प्रशस्त छन्।
२. कुनै पनि सिदान्तहरु बाईबल जस्तो अपरिवर्तनशील सत्य होईनन्।
३. बाईबल अचुक भए जस्तै सिदान्तहरु अचुक छैनन् किनकि जसरी बाईबल पवित्र
आत्माको प्रेरणा द्धारा लेखियो सिदान्तहरु त्यसरी लेखिएका होईनन्। त्यसैले
सिदान्तहरुमा अझै सच्याउन र परिमार्जन गर्ने ठाउँहरु प्रशस्त छन्।
४. परमेश्वरको वचन रहस्यले भरिएको हुनाले र मानविय ज्ञानमा सीमीतता भएको
कारणले यसको पूर्ण व्याख्या सम्भव छैन। त्यसैले एउटा सिदान्तले अर्को सिदान्तलाई
अझ पुर्णता तिर लान सक्छ।
५. हाम्रो बीचमा पवित्र आत्मा परमेश्वर बाहेक अरु कोही अचुक बाईबल व्याख्याता
छैन। कोही पनि ईश्वरशास्त्रीको व्याख्या पूर्ण र शत प्रतिसत सही हुन सक्दैन।
तर आफुले अंगाल्दै र प्रवर्दन गर्दै आएको सिदान्त भन्दा फरक खेमाको सिदान्तलाई
मान्यता दिन त्यति सहज छैन। एक पोर्चुगिज कवि “फर्नान्डो पेसोआ को एउटा भनाई छ, “In order to understand, I destroyed
myself.” अर्थात्, “बुझ्नको लागि, मैले आफैलाई नष्ट गरें।"
वास्तवमा कोही व्यक्ति, विचार, वा सिदान्तलाई सही तरिकाले बुझ्न पहिले हामीले आफ्नो
पुर्वाग्रही सोचहरु लाई मार्नु पर्ने हुन्छ। आफुलाई सही लागेको सिदान्त बाहेक अरु
फरक सिदान्तको अस्तित्वलाई स्वीकार्न र मान्यता दिन सर्वप्रथम हामीले त्यस फरक
सिदान्त प्रतिको आफ्नो पुर्वाग्रही सोच र पूर्वधारणालाई मार्नु पर्ने हुन्छ।
आफुलाई मन परेको सिदान्त र आफ्नै बुझाई माथि प्रश्न गर्न त्यति सहज कहाँ छ र।
आफू गलत नै भए पनि जो कोही व्यक्तिले त्यति सजिलै आफुले अंगालेको सिदान्तको
कमजोरीलाई स्वीकार्ने वा परिमार्जन गर्ने साहस गर्न सक्दैन किनभने उस्ले आफ्नो
सिद्धान्त र दृष्टिकोणलाई आफनो परिचय,
ईज्जत
र स्वाभिमान संग जोडि सकेको हुन्छ। तर यो कुरा सत्य हो कि नयाँ ज्ञान र बुद्धिका
कुराहरुले भरिन पहिले हामीले आफैलाई वैचारिक शुन्यतामा लानु पर्ने हुन्छ ताकि नयाँ
कुराको निम्ति ठाउँ खाली हुन सकोस्। तर यो ईश्वरशास्त्रीय नम्रता विना सम्भव छैन र
यसमा परमेश्वर कै हस्तक्षेप चाहिन्छ। प्रियहरु, यो कुरा नभुलौं कि सैदान्तिक ज्ञानको कुनै अन्तिम विन्दु
छैन किनकि परमेश्वरको वचन रहस्यले भरिएको छ र हाम्रो ज्ञान सीमीत छ। यो त अध्ययन
संगै निरन्तर चलिरहने प्रक्रिया हो। तसर्थ,
हामीले
हाम्रो सिदान्त र बुझाईहरुलाई सच्याउन र परिमार्जन गर्न मिल्ने ठाउँहरु सधैं बाँकी
राख्नु पर्छ र आफ्नो सिदान्त र बुझाईलाई सच्याउन अनुमति पनि परमेश्वरलाई दिनु
पर्दछ।जबसम्म हामीले आफ्नो पुर्वाग्रह र अहंकारलाई मार्न सक्दैनौं र आफ्नो
बुझाईलाई सच्याउन र परिमार्जन गर्न परमेश्वरको वचनलाई अनुमति दिंदैनौ, तब सम्म हामी थुप्रै नयाँ ज्ञानहरु द्धारा
आशिषित हुनबाट बन्चित हुनेछौं। परमेश्वरले हामी सबैलाई ईश्वरशास्त्रीय नम्रता
प्रदान गर्नु भएको होस्। let us
do theology with humility.
- @Bikal
Shrestha
0 Comments