Advertisement

Responsive Advertisement

स्वर्ग- नरकका दर्शनहरू

 



के आज पनि परमेश्वरले स्वर्ग र नरकका दर्शन दिन सक्नुहुन्छ?  

के बाइबलमा स्वर्ग नरक बारे सम्पूर्ण विवरण पाइन्छ ?

के आज देखिने कतिपय दर्शनहरूलाई बाइबलीय मान्यता दिन सकिन्छ ?

सायद यस्ता अनेकौं प्रश्नहरू हाम्रो मनमा उठ्न सक्ला |

    एक क्यारिज्म्याटिक, पेंतिकोस्तल र बौद्धिक विश्वासीको हैसियतले यस विषयमा केहि ईश्वरशास्त्रीय एवं बाइबलीय र व्यवहारिक विश्लेषण पेश गर्ने सानो प्रयत्न गरेको छु |

    व्यक्तिगत रुपमा म आफैं पनि दर्शनहरूमा दृढ विश्वास गर्दछु तर यसको अर्थ जुनसुकै दर्शनमा पनि आँखा चिम्लेर म विश्वास गर्दिन | त्यसलाई बाइबल द्वारा जाँचिनुपर्छ | साथै त्यस्ता दर्शनहरूले कत्तिको फाइदा दिलाउँछ भन्ने कुरो को हेक्का पनि राखिनु पर्छ |

    फेरी आजको युगमा जो पनि दर्शन देख्ने र जे मन लाग्यो त्यहि बताउने भीडको कमी छैन | यस्तो कुरामा हामी सचेत हुन पर्छ | परमेश्वर आज पनि दर्शनद्वारा अवश्य बोल्न सक्नुहुन्छ र बोल्नुभएको छ पनि | तर उहाँको आफ्नो मर्यादा, दायरा, उद्देश्य र लक्ष पनि छ जसलाई उहाँले कहिल्यै नाघ्नुहुन्न |

    यी कुराहरू ख्याल गर्दै एक भिडियो ल्याएको छु | मेरा सबै कुरा सत प्रतिसत सहि छ भन्दिन तर मेरो एक झिनो प्रयास मात्रै हो |  

भिडियो: यहाँ क्लिक गर्नुहोस्


Post a Comment

0 Comments