Christian भैरव अर्याल? (जय भुँडीको इसाई रूप: जय मेसी!)
चर्चमा अक्सर धेरै बोलिने शब्दहरू मध्ये एउटा "जय मशीह" हो । कतिपयले त एकै व्यक्तिलाई पनि दिनमा सय पल्ट सम्म नै जय मशीह गरेका हुन्छन् होला! अझ बोलीचालीमा "जय मशीह" भन्ने फुर्सद हाम्रो कहाँ पो छ र? "जेमशी" हुन्छ ! वा त्यस्तै सुनिन्छ ! तर अचेल कतिले "Jmc" लेख्न थालेका पनि छन् । सायद वर्षौंको इतिहास भैसकेको छ! अनि कतिपय साह्रै आत्मिक विश्वासीहरूलाई चाहे त्यो जेन्जी होस् या क्रेन्जी, jmc नपच्दो रहेछ ! अन्यभाषामा बोल्नेहरूभन्दा पनि साह्रै पो आत्मिक छन् क्यारे ! "के हो के त्यो jmc?" उनीहरूका लागि त्यो शब्द अपमान भयो रे! कत्तिन फेरि जय मशीह भनेर साँच्चै प्रभु कै जय गरे जस्तै ! अनि कोही हुन्छन् फेरि पि एच डी विद्वानहरू! अहो! jmc त मोटरको कम्पनी हो रे! वाह! भनेसी ब्याक हो लोडरको नाउँ JCB हाल्दा हाल्दै यता पनि JMC लाई कम्पनी बनाउन भ्याएछन त गाँठे! १० वर्ष लगाएर पि एच डी नै गरेको रहेछ बा!!!
अब यो jmc कसले शुरुआत गर्यो त्यो मलाई थाहाभएन तर यत्ति चाहिँ थाहा छ कि आविष्कार गर्ने वैज्ञानिकहरू मध्ये एक चाहिँ म पनि हुँ है त! अब मलाई पत्रुसलाई जस्तो उल्टो क्रुसमा टाँग्न तयारी नगर्नुहोला! आफ्नो बहिरो कान एकैछिन मलाई दिनुहोला ल! Jmc किन लेखिएको ? पहिलो कुरो त चर्च अफिस भन्दा पनि कडा पो छ हौ, कहिले के सूचना दिन पर्छ कहिले के! अनि "जय मशीह" मा समय अक्सर हामी दिन सक्दैनौं । त्यस पछिको पुरै शरीर चाहिँ महत्त्वपूर्ण हुन्छ ! अनि त्यही भएर Jmc एक छोटकरी रूप हो ! धेरै फुर्ती नलगाउनु होस्, सबैले छिटो भन्दा "जेमसी" नै हो ! त्यो ज! य! म! शी! ह! कोसले भनी राख्छ ? यसैलाई छोटकरीमा Jmc लेखिएको हो! कहिले बाट आत्मिक परिपक्वताको मेजरिङ्ग टेप बन्यो यो? अब तपाईं भन्नुहोला कि तपाईंको लजिक त के हो के! ल अब सुन्नुहोस्, म बरु यहाँहरूको लजिक देखाउँछु ! यो चाहिँ आधुनिक पुस्ताहरूलाई है त!
यी शब्दहरू चाहिँ के के हुन् ?
ttyl, ig, fyp, pov, dm, fam, sup, gng, gn, gm आदि!
तपाईंहरूले नै दिनै पिछे यी शब्दहरूको प्रयोग मनग्ये गर्नुहुन्छ किनकि तपाईंहरूलाई एक सुक्को फुर्सद छैन 😃😄 "ह्या, यहाँ मेरो गेम छुट्न लागिसक्यो! ह्या, बस छुट्न लागिसक्यो! ह्या, आज एकदमै बिजी छु के! लास्टै! " अहम! अहम! हो यस्तै ह्या, हुँ हामीलाई पनि हुन्छ, त्यही भएर Jmc! 😄
अनि फेरि क्यारे! कोही त यस्तो पनि भन्छन् कि jmc होइन jaimisi लेख्ने रे! वाह! वाह!! वाह!!! म त सलाम ठोक्छु! त्यो चाहिँ कताको जय मशीह हो? अमेरिकाको? कि अस्ट्रेलियाको? त्यो जय मशीह होइन, "जएमिसी" हो! अझै उस्तै परे jaimessi लेख्न बेर नलगाउँला! Messi बेहोस ! ओ हेल्लो! त्यो jaimisi पनि हजुरको फुर्सद बेसी भएरै लेख्नुभएको हो ल! धेरै धाक नलगाए हुन्छ! आच्या! jmc लेख्दा त जेल नै पो हाल्देला! सि आइ डी कुछ तो गडबड है दया जसो गर्नुहुन्छ अनि आफैं चाहिँ jaimisi कि खै के के messi हो लेख्नुहुन्छ ! लौन सकिन मैले त! 😄😄😄
ल अब आजलाई यति नै २ शब्द राखेँ है! कृपया नभएको चित्त नदुखाउनुहोला! 😄😄😄 हजुरलाई चाहिँ मेरो jaimisi छ है! 😁

.png)
0 Comments