Ken Ham's Slogan: Earth is 6000 years! || Christian hilarious writing

 


FOR VIDEO: HERE!

अब कुरो गरौं एउटा विषयको ! यो अक्सर सोधिने प्रश्नहरू मध्ये एक हो । सायद यस प्रश्नलाई अस्कर अवार्ड नै दिनु पर्छ जस्तो छ ! 😄 चर्च जन्मे देखि सायद हजारौं वर्ष यता सम्म पनि यसको परिचर्चा यति साह्रो हुने गर्छ कि सायद नेपालमा बसेर अमेरिकाको नै त्यति चर्चा गरिँदैन होला हौ ! 😁 यो प्रश्न इसाईहरूको डि एन ए मा छ र यसमा थोरै मात्रै विचार भिन्नता भैहाल्यो भने पनि झगडा गर्न मुख चिलाइ पो हाल्छ ! 🤣🤣🤣 एक जनाले भन्छ, तँ काम छैन भाइ! तँ बाइबल नपढ! अर्कोले भन्छ, लु भो! धेरै नकोरा! तँ त झन् कलेज नै नपढ! यदि रिङ्ग फाइट नै भाको भए त एक जनाले ताइक्वाण्डोको किक हानी सक्थ्यो र अर्कोले म्वाई थाइको कुइना कुइनाले हानी सक्थ्यो! 😆😆😆 यति साह्रो यस विशेषले चर्च चर्च बीच, इसाई इसाई बीच दुश्मनी हालिदिएको छ! सानो मात्रै गल्ती, तपाईं कुलेलम ठोकेर भाग्नु पर्ने स्थिति !!! 😁😁😁 


अब तपाईं लाई लाग्ला कि गल्ती त सानो हो नि! किन त्यति साह्रो फाइट हो? चर्चमा त्यसो त कति विषय छन् छन् ! हो हजुर! ठीक कुरो गर्नुभो! तर यो विषय अरु विषयहरू जस्तो छैन रे ! यसमा त माफी पनि दिइँदैन 😅! सिधा फाँसी हो! तपाईं त खत्तम, फटाहा, अनि के के पो हो पवित्र गाली भेट्नु हुन्छ ! यसमा तपाईंको लजिकले काम गर्ने वाला पनि छैन ! अब कुन विषय हो यस्तो सोच्नुहुन्छ भने हाम्रो केन ह्याम हजुरबालाई खोज्नु पर्ने हुन्छ! जसको हरेक पोस्टमा नारा लाग्छ, जुलुस लाग्छ, तोडफोड हुन्छ, डोजर नै चल्छ - यही भन्दै कि पृथ्वी ६००० वर्षको मात्रै हो! जसले अरब त छोडौँ, करोड वर्ष मात्रै भन्यो भने पनि सिङ्घम फिल्ममा झैँ अजय देवगनको जस्तो दह्रो स्वाद भेट्छ! उ देश द्रोही नै ठहरिन्छ!  🙂 यो नमान्ने इसाईहरूलाई त धोबीले लुगा धोए जस्तै यिनले रामधुलाई गर्छन् 😅 । यिनको अगाडि त करोड वर्ष नाम सम्म नि लिनु हुन्न! ब्रुस ली देख्नुभाछैन भने पक्का लाइभ एक्सन देख्नु हुनेछ! 😃😃😃 अनि शरीरको के-के भाँचिने हो त्यो मलाई थाहा छैन ! 


बाइबल विरोधी! बिग ब्याङ्गका ठेकेदार ! एभोलुसनका राजदूत !! जाबो उत्पत्ति १ लाई हुबहु स्वीकार गर्न नसक्नेले येशूको पुनरुत्थानको कुरा गर्ने? हो, केन ह्याम बाजेले यसरी पवित्र गाली गर्छन् ! म उनको हर पोस्ट हेर्दा छक्क पर्छु कि यिनले कसैलाई पनि छोड्दैनन् । उनको हिसाबले एक सच्चा इसाई ६ हजारे हुन्छ ! हुनैपर्छ !! अनि अक्सर कुरो के हो भन्दै इसाईहरू यही विषय लिएर प्रश्न सोध्न आउँछन् । केन ह्याम बाजे भन्छन् बाल बप्तिष्मा मान वा विश्वासीको, अन्य भाषा आज छ भनी मान वा छैन भनी, हेर बाबू नानी हो! जेसुकै मान मलाई बाल मतलब छैन तर उत्पत्ति १ को ६ दिन लाई ६ दिन नै हो र मानेनौँ भने! सबका सब नरक गैहाल त! 😂😂😂 ह्याम  बाजेको सोचाइमा बाँकी सब विवादका विषय बाइबल भित्रै बाट आउँछ रे तर उत्पत्ति १ आउँदा चाहिँ बाइबल बाहिर लान्छ रे! खबरदार! चर्च आएर बिग ब्याङ्ग र करोड वर्षको कुरो ल्याउने हैन! तँ थिइस र सृष्टिको समयमा सब हेर्दै बसेको? छोड्दे तेरा साइन्स फाइन्स पनि! युगौँ युग देखि थिअरीहरू अनेक ल्याउँछ फेरि फेर्छ! त्यसरी त पिसाब धरी फेर्दैन हौ कसैले जति तेरा साइन्सले थिअरी फेर्छ! अनि कहिल्यै नफेरिने बाइबललाई चाहिँ मान्न गाह्रो रे तँलाई स्वाँथ! त्यो फेरिरहने साइन्सलाई चाहिँ मान्न सजिलो तँलाई ? ए बाबा हो! कतिसम्म हिम्मत गर्न सकेका हौ! यस्तै अनेक गाली सुन्ने सुनौलो अवसर पाइन्छ है अनि! 😂😂😂 


मैले नबुझेको कुरा के हो भने, यी केन ह्याम बाजेले उत्पत्ति १ मात्रै देखिराछ क्या हो? कस्ता कस्ता बाइबलका विषयहरूमा टिप्पणी गर्न बाइबल बाहिर जान परिराको हुन्छ! बाल बप्तिष्माको लागि चर्च परम्परा, अन्य भाषाका लागि सांस्कृतिक परिवेश र यहुदीका अन्य पुस्तकहरू, आदि! तर यी ह्याम बाजेलाई फुर्सद कहाँ पो छ र! थेगो नै पृथ्वी ६००० हो हेर भाइ, धेरै जान्ने कुरो नगर् हेर मेरो अगाडी । यति भनेर आफ्नो पुरै जीवन बिताए । कहिले कृएसन म्युजियम बनाको छ, कहिले आर्क इन्काउन्टर बनाको छ! उनको हरेक पोस्टमा लगभग यी विषयहरू नै बढी भेटिन्छ ! उस्तै परे आफ्नै पनातीको बिहेको निम्तोमा पनि "यो पृथ्वी ६००० वर्ष हो ।" भनेर लेख्न बेर लाउन्न! 😃 


केन ह्याम बा जस्ता अरु पनि छन् जो यही विषयलाई लिएर तान्दव मच्चाउँछन् र लंका जलाइदिन तयार हुन्छन् ! अब उत्पत्ति १-११ को बारे जतिसुकै कुराकानी गरे पनि यिनीहरूलाई पच्दै पच्दैन! यति होकि इसाई हो भने ६ हजारे! बस् ! चुप!!! नत्र गएर नरकको आगो ताप! म केही बोलिनँ 😄 यो यस्तो डिबेट होनि, जहाँ तर्कले होइन थर्कले जित्छ! थर्काउने काम गर्छन् बुढाहरू अनि! 😆😆😆 कसैलाई के को धन्दा... केन ह्याम बाजेलाई पृथ्वी कै धन्दा! लौ यति भनेर म चाइ बिदा भएँ है त अब! 


अब आउने परिणामहरू (९९% guaranteed):

५०% ले “आमेन भाइ, सत्य बोल्यौ” भन्नेछन् (तर प्रोफाइल पिक्चर लुकाएर)

३०% ले “यो त compromised Christian हो” भनेर लामो thesis लेख्नेछन्

१५% ले “केन ह्याम बाजेले देखे भने...” भनेर तिमीलाई warn गर्नेछन्

५% ले सिधै “तँ अब ex-communicated” लेख्नेछन्


सबैको reply एउटै लेखिदिन्छु: 

“म केही बोलिनँ 😄 …तर पृथ्वी गोलो छ भनेर पनि त बाइबलमा लेखिएको छैन नि हजुर? फेरि थर्काउनुहुन्छ?” 😉




...................................................................यशैया ४०:२२??? .......................................................................




Post a Comment

0 Comments