अब यसमा भन्न मिल्ने कुराहरू पनि धेरै छन् यद्यपि यी व्यक्ति कहिल्यै पनि ज्योतिमा आउने वाला चाहिँ छैनन् त्यो पक्का छ । तर यहाँ एउटा कुरो के छ भन्दा "विदेशी संस्कृति" को मुद्दा नेपाली समाजको एक छुट्टै मुद्दा हो । तर यो सान्ताको टोपीको मुद्दा जुन छ त्यो हाम्रो मण्डलीले समेत निकै सोच्नु पर्ने कुरो हो!
संसारलाई आज ख्रीष्टमस पर्व के हो त्यो थाहा छैन । केवल यो सान्ता क्लज जताततै ! यही पात्रले आज नेपालमा पनि विकृति ल्याएको छ! आजको सन्दर्भमा सान्ता क्लजले ख्रीष्टलाई नै विस्थापित गरिसकेको छ! यो एकदमै दिक्क लाग्दो कुरो हो! अब आउने समयमा मण्डलीहरूले समेत यस कुरामा निकै विचार पुर्याउनु पर्ने हुन्छ! सान्ता क्लज राख्न नमिल्ने नै त होइन तर यस पात्रले ख्रीष्टलाई आज विस्थापित गरेको तथ्य निकै सफा छ! विद्यालयको त कुरो नै छोडौँ! यसै पनि धर्महरू बारे केही ज्ञान राम्रो विद्यालयले दिलाउँदैन । यो त इसाई जगत प्रति अभिषेक जोशीको औधि घृणा मात्रै हो जुन सदैव रहिरहन्छ । तर जुन टोपीको कुरा वा सान्ता क्लजका कुरा छन् त्यसमा मण्डलीले निकै गम्भीरता देखाउनु पर्ने आवश्यकता छ !
एक त सान्ता बारे धेरैलाई थाहा सम्म पनि हुन्न न त ख्रीष्टमस परम्परा कता बाट आए त्यो कुरा कसैलाई जानकारी नै हुन्छ! अनि किन बेकारको नाटक हाम्रो पनि? आगामी पुस्ताले सोधे भने के जवाफ छ ? आज दुख लाग्छ संसारले येशूलाई होइन सान्तालाई मात्रै चिन्छ! ![]()
यो Routine of Nepal Banda को पोस्टलाई नै हेर्नुहोस्! यही हो ख्रीष्टमस?
हैन, आखिर को हुन् यी सुपरम्यान? यस्ता अनावश्यक बेकारको पात्रलाई हामीले पनि किन समर्थन गर्ने र? आज ख्रीष्टमसको मूल पात्र नै यी बूढा मान्छे बनिसके! व्यक्तिगत रूपमा म आफैँ पनि यसको विरोधी नै हुँ किनकि यी कुराले गर्दा आज ख्रीष्ट हराउनुभएको छ! मण्डलीले सकेसम्म यी कुनै पनि कुरा प्रयोगमा नल्याएको राम्रो! विदेशी संस्कृति भनेर होइन तर ख्रीष्टलाई विस्थापित गरेको कारण! तर यी कुरा प्रयोग गर्न चाहनुहुन्छ हुन्छ भने पनि कृपया ख्रीष्टमस परम्पराहरूको पनि अध्ययन गर्नुहोस्! सिकाउनुहोस् विश्वासीहरूलाई! अन्यथा, यी कुराहरूबाट टाढा नै रहनुहोस्! २०२६ सालको ख्रीष्टमसमा ठूलो परिवर्तन आउन सकेकोहोस्!
0 Comments