Advertisement

Responsive Advertisement

Theology with humility || नम्रता सहितको ईश्वरशास्त्रीय बहस || Bikal Shrestha

 


कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न! 


Theology with humility

नम्रता सहितको ईश्वरशास्त्रीय बहस

 

नम्रता सहितको ईश्वरशास्त्रीय बहस विशेष गरी नेपाली ईसाई समाजमा आवश्यक देखिएको छ। ईश्वरशास्त्रीय नम्रता भनेको बाईबलीय सत्यतामा सम्झौता गर्नु कदाचित होइन। न यो भनेको आफ्नो सैदान्तिक दृष्टिकोणमा निश्चयताको कमी हुनु हो। नम्र हुनु भनेको जे गरे पनि चुप लागेर बस्नु पनि होईन र आफनो विश्वासको अडान गुमाउनु पनि होईन। ईश्वरशास्त्रीय सन्दर्भमा नम्र हुनु भनेको हाम्रो ज्ञान सीमित छ र परमेश्वरको वचन रहस्यमय छ भन्ने सत्यतालाई स्वीकार्नु हो र त्यसैले आफनो दृष्टिकोणलाई पनि परिमार्जन र परिर्वतन गर्ने ठाउँ र अनुमति परमेश्वरलाई दिनु हो। बाईबलीय मूलभूत सिद्धान्तहरुको बारेमा सम्झौता गर्ने कुरै आउँदैन र यसको बचाव गर्न हामी हरदम तयार हुनैपर्छ। तर साथ साथै बाईबलले नै आज्ञा दिएको प्रेमपूर्ण आचरणलाई पनि सम्झौता गर्ने प्रश्नै आउँदैन। किनकी ईश्वरशास्त्रीय बहसको उद्देश्य सधैं सच्याउने हुन्छ सकाउने होईन। त्यसैले बाईबलीय सिद्धान्तहरुको रक्षा गर्दै गर्दा न्याय र प्रेमको सन्तुलन निकै महत्वपूर्ण हुन्छ । बाईबलवादी बनौं तर्कवादी होईन। परमेश्वरको वचनले जितोस् हाम्रो तर्कले होईन।

 

पून डोहोर्याउन चाहेँ कि नम्रता सहितको ईश्वरशास्त्रीय बहस निकै नै आवश्यक छ किनकी परमेश्वरको वचन जटिल र रहस्यमय छ र हाम्रो ज्ञान सीमित छ। यो सत्यतालाई ध्यानमा राखेर नम्रतामा अरुलाई सच्याउने र आफनो दृष्टिकोणलाई पनि सच्याउन सकिने ठाउँ बाँकि राख्नु धेरै महत्वपूर्ण छ ।

 

John Calvin लेख्छन्, “No theologian is ever more than 80% right.” अर्थात् कुनै पनि ईश्वरशास्त्री ८०% भन्दा बढी सही हुँदैन। यस्को मतलब हाम्रो ईशवरशास्त्रीय बुझाई र व्याख्या पूर्णरुपमा सही हुनै सक्दैन। वास्तवमा हरेक ईश्वरशास्त्रीय सिदान्त को विरुद्ध तर्क गर्न सकिन्छ। यदि हामी आफनै बुझाई र व्याख्यालाई मात्र १००% सही देख्छौँ भने त्यो हाम्रो ईश्वरशास्त्रीय अहंकार मात्र हुनेछ, हामी बाइबलवादी होइन तर तर्कवादी मात्र हुनेछौँ र हामी सबैभन्दा मूर्ख व्यक्ति ठहरिनेछौँ। हामीले यो सत्यतालाई कदाचित बिर्सिनु हुन्न कि हाम्रो सीमित ज्ञानले असीमित परमेश्वको वचनलाई पूर्ण रुपमा बुझ्न सम्भव छैन। तसर्थ, हामीले नम्रतामा आफ्नो बुझाइ र दृष्टिकोणलाई पनि परिमार्जन र परिवर्तन गर्ने ठाउँ र अनुमति परमेश्वरलाई दिनु पर्दछ। ईश्वरशास्त्रीय नम्रता भनेको यही नै हो। परमेश्वरले हामीलाई हाम्रो ईश्वरशास्त्रीय अहंकार बाट छुटकारा दिनु भएको होस् र सन्तुलित ईश्वरशास्त्रीय शिक्षा नम्रता साथ पस्कन उहाँले हामी प्रत्येकलाई ईश्वरीय ज्ञान दिनुभएको होस्। 🙏

-Bikal Shrestha


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


Post a Comment

0 Comments