Advertisement

Responsive Advertisement

अन्य भाषा "Compelling Must" होइन! || Bikal Shrestha

 


कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न! 


अन्य भाषा लगायतका अरु वरदानहरुको सन्दर्भमा, मुख्यतया दुई खेमा वा पोजिसनहरु छन् “Cessationist” Continuationist”। यी दुई खेमा भित्र पनि विभिन्न उप समुहहरु छन्। सामान्यतया, Cessationist खेमामा उभिनेहरुले अन्य भाषा लगायतका अरु चमत्कार र शक्तिका कामहरु बन्द भईसकेका छन् भन्ने तर्क राख्छन् भने त्यसको ठीक विपरीत Continuationist हरुले यी वरदानहरु आजको समयमा पनि सक्रिय छन् भन्ने तर्क राख्छन्। Continuationist खेमा भित्र पनि Charistmatic, Pentecostal Third wave movement का केही उग्र समुहले अन्य भाषालाई विशेष जोड दिएर पवित्र आत्मा भएकाहरुले अन्य भाषा “बोल्नै पर्छ” “must” भन्ने तर्क अघि सार्छन्। तर Continuationist भित्र मध्यमार्गीहरु पनि छन् जस्लाई “open but cautious” नामले पनि चिनिन्छ। त्यसैले यी वरदानहरुको सन्दर्भमा को सही र को गलत भनेर आरोप प्रत्यारोप लगाउनु भन्दा म चाहिं यो खेमामा उभिएको व्यक्ति हुँ त्यसैले म यी कुराहरु विश्वास गर्छु भनेर आफ्नो कुरा राख्नु चाहिं बुद्धिमानी हुन्छ। (अब फेरी म त कुनै खेमामा होईन तर बाईबलमा उभिन्छु भनेर बच्चा कुरा नगर्नुहोला।) सबैजना बाईबलमा नै उभिने हो।

अन्य भाषाको सन्दर्भमा, मैले आफैलाई Continuationist खेमामा उभ्याएको छु यद्धपि म संग अन्य भाषाको वरदान भने छैन। तर म संग छैन भन्दैमा अरु संग पनि हुन सक्दैन भन्ने मूर्ख तर्क म गर्न सक्दिन। As a Continuationist, अन्य भाषाको वरदान अहिले पनि हुन सक्छ भन्ने विश्वास म पनि राख्छु। तर अन्य भाषाको वरदान आज पनि छ भन्दैमा त्यसलाई सबैको लागि “compelling must” बनाउनु भएन अर्थात् पवित्र आत्मा भएका सबैले अन्य भाषा “बोल्नै पर्छ” भन्नु बाईबलिय होईन भन्ने बुझाई मेरो हो। अन्य भाषाको वरदान आज पनि हुन सक्छ तर सबैको निम्ति होईन। “Christians may speak in tongues” भन्न सकिन्छ तर “Christians must speak in tongues” भन्ने कुरा चाहिं उग्र नै भयो। अन्य भाषाको वरदान आज पनि हुन सक्छ तर यसलाई बाध्यकारी बनाउनु भएन किनकि यो परमेश्वरको ईच्छामा निर्भर भएको कुरा हो। साथै अन्य भाषालाई मुक्ति पाएको प्रमाणको रुपमा हेर्नु भएन। अन्य भाषालाई को कति आत्मिकि छ भनेर मापन गर्ने सूचक पनि बनाउनु भएन। तर यो सत्यतालाई पनि बिर्सनु भएन कि यदि हामीले कुनै वरदानको ईच्छा गर्छौं भने पवित्रआत्मा परमेश्वरले दिन पनि सक्नु हुन्छ। पावल आफैले पनि आत्मिक वरदानहरुको निम्ति उत्कट ईच्छा राख्नलाई सल्लाह दिएका छन्।

आत्मिक दान वरदानको कुरा गर्दै गर्दा यो कुरा चाहिं नबिर्सौं कि “प्रेमको भाषा” चाहिं सबैभन्दा उत्कृष्ट भाषा वा वरदान हो। प्रेमको लक्ष्य राख्नु सबैभन्दा उत्तम हो। प्रेमको लक्ष्य राखौं किनकि परमेश्वर प्रेम हुनुहुन्छ।

 

-Bikal Shrestha, 8/20/2024


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


Post a Comment

0 Comments