Advertisement

Responsive Advertisement

गीताको टिप्पणीमा येशू बारे गलत अवधारणा

 




यो भिडियो एक पटक हेर्नुहोला... Click!


    माथिको तस्वीर भागवत गीता अध्याय ११ श्लोक ५५ को टिप्पणीबाट लिइएको हो | यस टिप्पणीमा येशूको नाउँको उल्लेख भएको कारण अहिले हिन्दूहरू माझ नै विवाद उत्पन्न भएको छ साथै केहि भ्रम पनि सृजना भएको छ | के गीता मार्फत येशूलाई प्रचार गर्न खोजिएको हो त? वास्तविकता फरक छ |

    उक्त टिप्पणीमा सायद संसारका महान व्यक्तित्वहरूलाई समेटेर हिन्दू धर्मलाई सुहाउने गरी नै विषयवस्तु प्रस्तुत गर्न खोजिएको हुन सक्छ | हिन्दू जगतका लागि सबै देवी-देवतालाई समान स्थान दिनु कुनै नौलो कुरा होइन | उक्त टिप्पणीमा येशूलाई कृष्णभावना फैलाउन खोजेका व्यक्तिको रूपमा देखाइएको छ | येशू सम्बन्धि लेखिएको धारणा यहाँ आपत्तिजनक रहेको छ र यो ठहरै सुसमाचार माथिको खेलाँची हो | उक्त टिप्पणीमा उल्लेखित येशू बाइबलको येशू हुँदै होइन | येशू र कृष्णलाई यसरी संगै उभ्याउन खोज्ने दुस्प्रयास पहिले देखि नै चलिआएको थियो | कसैले येशूका पिता कृष्ण हुन् भन्दै वकालत गर्दै हिँड्ने भने कोहि येशू र कृष्ण एकै हुन् भन्ने खालका अभिव्यक्ति पेश गर्ने पद्धति पहिले देखि नै थियो | साधु सुन्दर सिंह आफैंले पनि यस विषयलाई ‘द सर्च एफ्टर रियालिटी’ नामक पुस्तकमा उल्लेख गरेका छन् |  

    त्यसरी येशूको नाउँ लेख्नु पछाडीको मनशाय जे सुकै भए तापनि, उक्त टिप्पणीले ख्रीष्टियान विश्वासको केन्द्रलाई नै धमिलो पारिदिएको छ | यसका साथै हामी येशुलाई न त अन्य धर्म ग्रन्थहरूमा खोज्छौँ न त अन्य ग्रन्थहरूबाट प्रचार नै गर्छौं । कतिपय दाबीहरू अनुसार वेदमा, पुराणमा वा बौद्ध शास्त्रमा उहाँको विषयमा छ भन्ने मुद्दाहरूको आफ्नो छुट्टै विश्लेषण होलान् | यी कुरा हाम्रो निमित्त सरोकारको विषय होइन | तर यहाँ हामीले बुझ्न पर्ने कुरा त यो छ कि भागवत गीतामा येशुको नाम राखी यहाँ येशुको प्रचार नभएर उहाँको गलत पहिचान बरु स्थापित हुन पुगेको छ, क्रुसमा उहाँको मृत्युलाई गलत व्याख्या गरिएको छ! यस सम्बन्धि हिन्दू र ख्रीष्टियान दुबै धार्मिक समूहले आवाज उठाउन आवश्यक छ!

    गीता मार्फत येशूको प्रचार गर्नु असान्दर्भिक ठहरिन्छ किनकि दुवै विश्वास बीचको ईश्वर शास्त्र नै फरक छन् | तर यहाँ फेरी येशूलाई नै उल्टै कृष्ण भक्तको रुपमा देखाइएको छ जुन उहाँको पहिचान माथि सरासर अपमान हो | यसलाई धार्मिक समिश्रण वा मिलावटको पद्धति भनिन्छ | यसर्थ, उक्त टिप्पणीलाई सच्याउन नितान्त आवश्यक छ |

     येशू बारे उल्लेख नै गर्ने भए कि त सत्य-तथ्य जे छ त्यहि उल्लेख गर्न पर्यो जुन निश्चय नै भागवत गीता कै संदेश विपरित जान सक्छ, नत्रभने उक्त अभिव्यक्ति हटाइनुपर्छ जसले हिन्दू र ख्रीष्टियानहरू बीच द्वेषपूर्ण सम्बन्ध अनावश्यक रूपले स्थापित हुन सक्छ |

 ***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

 


Post a Comment

0 Comments