Advertisement

Responsive Advertisement

Answering Hindu Against Conversion post

 





सर्वप्रथम, हिन्दू धर्मको कुनै पनि कुरालाई म यहाँ छुन र आलोचना गर्न चाहन्न | यसकारण जस्तालाई तस्तै जवाफ यस लेखमा हुने छैन र त्यो स्वस्थ तरिका हो भनेर पनि म विश्वास गर्दिन | तर जुन अपमान येशू प्रति गरिएको देख्छु, त्यसको लागि प्रतिक्रिया भने म दिनेछु | ख्रीष्टियान विश्वास सम्बन्धि धेरै कुरा अध्ययन नै नगरी यसरी आलोचना गरेको हुँदा यो हाम्रो जिम्मेवारी हो प्रष्टयाउने |

१. मात्र ४ किला? क्रुशिकरणको प्रक्रिया कस्तो हुन्छ भन्ने सायद यिनलाई हेक्का छैन । रोमी साम्राज्यमा यो एक भयावह सजाय थियो । यदि भीष्म पितामहले सयौं वाण खपे भने येशूले त झन सारा मानव जातिले नै पाउन पर्ने परमेश्वरको क्रोध, पापको भार र दण्ड खपे ।

२. तेस्रो दिन होसमा आएको होइन बरु पुनरुत्थान भएका थिए येशू । क्रुशिकरणमा मृत्यु भएको नभएको थाहा गर्ने पूर्ण तालिम रोमी सिपाहीहरूलाई थियो । अर्को कुरो, येशू यस धर्तीमा ज्ञान अध्यात्म थप्न आएका थिएनन् तर मानव जातिलाई आफ्नो बलिदान द्वारा परमेश्वर सित मिलाप गराउन आएका थिए । येशू आफैंले पनि स्व-इच्छाका साथ नै बलिदान रोज्नु भयो र आफ्नो प्राण अर्पण गर्नु भयो ।

३. येशूलाई किन परमेश्वर भनेर हामी पुज्छौँ? उहाँको आफ्नै दाबी र प्रमाणका कारण किनकि उहाँले आफू अरू कोहि होइन तर उही पुरानो नियम कै याह्वेको रूपमा आफ्नो परिचय दिनुभएको छ । सायद यिनलाई येशू यस धर्तीमा आउनुको उद्देश्य थाहा रहेनछ । संसारमा मानिस जन्म लिन्छन् तर मर्ने उद्देश्य कसैको हुँदैन । यसै कारण त मर्न देखी सबै डराउँ छन् । तर येशू त मर्न कै लागि भनी आउनु भयो । मानव जातिको खातिर आफू पापको बलिदान हुनलाई नै आउनुभयो ताकि उहाँकै मृत्यु र पुनरुत्थान द्वारा हामीले पुनर्जीवन र अमरत्त्व प्राप्ति गर्न सकौँ ।

४. येशूको भारत सित मात्रै होइन तर विश्व सित नै सम्बन्ध छ । यो एक अहम्ले भरिएको प्रश्न हो किनकि नेपाल र भारत दुबै देशहरू आफ्नो धर्म र महान सन्त र दार्शनिकहरूको जन्म थलो भएकोमा गर्व गर्छन् । यहाँका धार्मिक ग्रन्थहरूले मानव जीवनको दुख पीडालाई त बोध गराएको छ र एक आदर्श जीवन यापन गर्नलाई अध्यात्मिक शिक्षा प्रदान गर्दछ । तर येशूले सबै दुखको मूल जडलाई नै उखालेर फ्याक्न आउनुभयो । त्यो मूल जड अरु केही नभएर परमेश्वरबाटको हाम्रो दुरि र टुटेको सम्बन्ध नै थियो । मृत्युको मुख मै पुग्न लागेको हामी मानव जातिलाई फेरि जीवनमा ल्याउन अरु केही उपाय भएन । परमेश्वर स्वयं हामी सरह बनेर हाम्रो साटो एक सिद्ध जीवन जिएर आफैंलाई एक खोट रहित थुमाको रूपमा बलिदान गरिदिनु भयो जसले सारा मानव जातीको पापको प्रायश्चित पनि भयो र क्षमादानको लागि सधैंको निमित्त बाटो पनि खुल्यो । साथै मानव शरीरमा नै उहाँ फेरि जीवनमा आउनुभयो ताकी हामीले पनि अमरत्व धारण गर्न सकौँ । परमेश्वर आफैं छँदाछँदै उहाँ मानिस पनि बन्नुभयो ताकी मानिसलाई उहाँले बचाउन सकून् र आफू सामु निर्दोष बनाउन हाम्रो सारा पाप उहाँले लिन सकून् । हाम्रो साटो भएको उहाँको मृत्यु, हाम्रो अधर्मको साटो उहाँको धार्मिक जीवन यापन, हाम्रो असफलताको साटो उहाँको सफलता, हाम्रो दुर्बलताको साटो उहाँको सामर्थ्य, हाम्रो गुमेको पहिचानको साटो उहाँको पहिचान र हाम्रो अयोग्यताको साटो उहाँको योग्यता नै सुसमाचारको जग हो । आज उहाँकै कारण हामी परमेश्वरमा पुनःस्थापन हुन सकेका हौँ । हाम्रो एक मात्रै असफलताले पनि अनन्तको मृत्युमा हामीलाई पुर्याउँदछ तर येशूको खातिर परमेश्वरले हामीलाई विनाश गर्नुहुन्न । हामी बाँच्न सकौँ भनेर नै उहाँ मर्नु भयो । हामीलाई नयाँ मानव बनाउन सकौँ भनेर नै उहाँले कमजोर मानव रूप धारण गर्नुभयो । हामीले पाप माथी विजय पाउन सकौँ भनेर नै उहाँले आफैंले पहिला विजय पाउनुभयो । हाम्रो दयनीय अवस्थामा हाम्रो मित्र हुन सकौँ भनेर नै उहाँ सबै मानवीय परीक्षाबाट भएरै जिउनु भयो । परमेश्वरको क्रोधबाट हामी उम्कन सकौँ भनेर नै उहाँ स्वयंले पिताको क्रोध आफैं माथी आउन दिनुभयो । हामीले परमेश्वरलाई देख्न, अनुभूत गर्न, उहाँको निकट आउन र सम्बन्धमा जोडिन सकौँ भनेर नै उहाँले मानवीय शैलीमा परमेश्वरलाई प्रकट गर्नुभयो किनकि उहाँ नै परमेश्वर स्वयं हुनुहुन्थ्यो । परमेश्वरको नजरमा हामीलाई निष्कलंक पेश गराउन सकौँ भनेर नै आफ्नो धार्मिकता उहाँले हामीलाई दिनुभयो । उद्धार मानिसले आफैं पाउन सक्दैन भनेर नै उहाँले आफ्नै रगत बहाइकन हाम्रो लागि उद्धारको प्रबन्ध मिलाउनु भयो । मृत्यु जस्तो शत्रु माथि हामीले विजय पाउन सकौँ भनेर नै उहाँले मृत्यु चाखेर त्यसलाई परास्त पार्नुभयो । गुमिएको हक, अधिकार, महिमा र ठेगाना अनि पहिचान प्राप्त गर्न सकौँ भनेर नै उहाँले आफ्नो सारा अख्तियार, महिमा र पहिचानलाई पन्छाउनु भयो । मृत्युबाट पुनः जीवित भए पश्चात् आफ्नो हातमा फेरि सबै अधिकार र महिमा लिएर एक नयाँ मानव जाती खडा गर्न उहाँ आफैं पहिलो फल हुनुभयो । परमेश्वरको राज्य जुन मानिस द्वारा स्थापना हुन पर्थ्यो, येशू आफैं मानिस भएर आफैंबाट त्यो राज्य शुरु गर्दै चेलाहरू द्वारा संसारमा फैलाउने जिम्मेवारी पनि दिनुभयो । यदि येशू बारे यी कुरा हामीले बुझेका छैनौँ भने सायद हामी पनि एक धर्म मात्रै मान्दै आएका छौँ र केवल हारेको येशूलाई देख्दछौँ । परमेश्वरले केवल एक व्यक्ती, परिवार हुँदै इस्राएल राष्ट्रलाई छान्नुभयो तर उहाँले सृष्टि सबै मानव जातीलाई गर्नुभयो । उद्धार केवल इस्राएली जातीका लागि मात्रै नभएर समस्त मानिसका लागि हो । तसर्थ उहाँको सरोकार राष्ट्र सित होइन हरेक व्यक्ति सित छ ।

५. डिसेम्बर २५ मनाउन बाध्यता कसैलाई छैन । यो केवल बहस गर्नका लागि उठाइने मुद्दा मात्रै हुन् । तर हामी उहाँको जन्म अवश्य स्मरण गर्दछौँ जुन मुर्ति पूजा होइन तर उहाँलाई एक आदर दिइएको हो । बाइबलले न त यसलाई निषेध गर्दछ न त अनुमोदन । बाइबलका पदहरू द्वारा पनि हामी क्रीस्मसको प्रतिरक्षा गर्दैनौँ । यो दिन केवल एक खुशियाली बाँड्ने दिनको रूपमा मनाउने गर्दछौँ किनकि मानव प्रवित्ति नै यस्तै छ ।

६. सान्ता क्लजको हाम्रो विश्वास सङ्ग कुनै सम्बन्ध छैन । सन्त निकोलसका नाममा एक काल्पनिक र चर्चित पात्र मात्रै हुन् जो आफ्नो सेवाको लागि प्रख्यात बनेका थिए । तर जसरी चाड पर्वमा चिह्नहरू पहिचानका लागि हुन्छन् त्यस्तै सन्त क्लज पनि केवल पहिचान मात्रै होकि ख्रीष्टमसको माहोल चल्दै छ । यो भन्दा बढी सान्ता क्लजलाई हामी कुनै पनि स्थान दिँदैनौँ । यो न त इसाईकरण हो न त बिदेशीको साम्राज्यवाद नै । यो केवल एक परम्परा मात्रै हो ।

अन्ततः यस लेखलाई परिक्षण गरिदिनु भएकोमा ख्रीष्टमा मेरो दाजु सिक्किम अवस्थित सुरज सुब्बा ज्यूलाई निकै धन्यावाद दिन चाहन्छु | माता यारुसलेम पन्थ खण्डन नामक झूटा शिक्षालाई पर्दाफास गर्ने तत्कालिन नयाँ पुस्तकको उहाँ अनुवादक पनि हुनुहुन्छ |  


भीष्म वा येशु बारे अधिक प्रतिक्रियात्मक भिडियो: यहाँ क्लिक गर्नुहोस्


Resources consulted and used:

1.      The Bible Project: https://www.youtube.com/@bibleproject

2.      God’s Eternal Plan for Man and World: https://nepalchurch.com/19428/gods-eternal-plan-for-man-and-the-world/

3.      Who is Jesus? https://nepalchurch.com/19345/who-is-jesus/

4.      About Santa Claus: https://www.gotquestions.org/Santa-Claus.html

5.      About St. Nicholas: https://www.gotquestions.org/Saint-Nicholas.html

6.      Was Jesus born on Dec. 25? https://www.gotquestions.org/December-25.html

7.      Can Christians celebrate Christmas? https://ca.thegospelcoalition.org/article/christmas-isnt-pagan/

8.      To celebrate Christmas or not to? https://rajkumarrichard.blogspot.com/2020/12/to-celebrate-christmas-or-not-to-is.html

9.      The case of December 25: https://rajkumarrichard.blogspot.com/2021/12/christmas-myths-what-not-to-believe.html

10.  Should date be the matter of debate? https://rajkumarrichard.blogspot.com/2013/12/defending-christmas-celebrations.html

11.  Jesus has nothing to do with India? https://rajkumarrichard.blogspot.com/2020/02/are-truth-claims-of-ex-christian-mrs.html

12.  About Swoon Theory: https://www.gotquestions.org/swoon-theory.html

13.  The Swoon Theory debunked I: https://rajkumarrichard.blogspot.com/2016/05/jesus-christ-hindu.html

14.  The Swoon Theory debunked II: https://rajkumarrichard.blogspot.com/2016/03/why-should-we-believe-christs.html

15.  जाचै जाँचले जाँचेको पुनरुथ्तान, पास्टर गणेश तामांग

16.  100 Bible Lessons, Alban Douglas

17.  Seriousness and Cruelness of Roman Soldiers and Crucifixion process: https://youtu.be/pvmxckCHejs

18.  Fifty Reasons Why Jesus Came to Die, John Piper

19.  The Da-Vinci Code Deception, Ps. Erwin Lutzer

20.  Jesus Talks with Krishna, (Author’s name kept confidential)

21.  Gita and Gospel, J.N. Farquhar

22.  Understanding the Biblical Concept of God and Redemption I: https://youtu.be/teKhjCxmk6U

23.  Understanding the Biblical Concept of God and Redemption II: https://youtu.be/iIz_xN6v8gw

24.  Who is Jesus for us? https://youtu.be/d3j_HgFsgQs


Post a Comment

0 Comments