हामीलाई बौद्धिक र
भावनात्मक विश्वास दुबै आवश्यक छ तर दुबैमा सन्तुलन कायम हाल्न पर्छ । बिना
भावनात्मक विश्वास हामी मानिसहरूको सामु सेवा गर्न सक्दैनौं र बिना बौद्धिक
विश्वास हामीले ख्रीष्ट केन्द्रित जीवन जिउन र आफ्नो विश्वासको मापदण्ड गर्न
सक्दैनौं ।
आज नेपाली
मण्डलीहरू कि त भावनात्मक विश्वासलाई जोड दिने भएका छन् कि त बौद्धिक विश्वासलाई
मात्र जोड दिने भएका छन् । बौद्धिक विश्वासमा अत्यधिक केन्द्रित हुनेहरूले
भावनात्मक कुरालाई अनावश्यक टिप्पणी गरेको पाउन सकिन्छ भने भावनात्मक विश्वासलाई
मात्रै जोड दिनेहरुले बौद्धिक कुरालाई विश्वास हल्लाउने र ठूल्ठूला कुरा गर्ने
जमातको नजरले हेर्छन् । वास्तविक यथार्थ यसैमा छ कि दुबैको संलग्नता हाम्रो जीवनमा
आवश्यक छ किनकि हामी भावनात्मक र बौद्धिक प्राणी हौं र हाम्रो परमेश्वर पनि
भावनात्मक र बौद्धिक परमेश्वर हुन् ।
धेरै भावनात्मक
विश्वासले पनि पतन ल्याउँछ भने धेरै बौद्धिक विश्वासले पनि परमेश्वरबाट टाढा
लैजान्छ । मानौँ,
कोहि मित्र बिरामी छौँ भने भावनात्मक
विश्वास बिना हामीले प्रेम, दया र करुणा साथ प्रार्थना गर्न सक्दैनौं
तर बौद्धिक विश्वास छैन भने प्रार्थनामा जे पनि भन्न सकौँला, निको नभएको खण्डमा सायद परमेश्वर माथिको विश्वास र भरोसा
पनि हराउन सकौँला वा अतिवादी क्यारिस्म्याटिक तरिकाहरू अपनाएर धामीझाँक्री झैँ
बन्न सकौँला । आज भावनात्मक विश्वासले मात्रै पनि कतिपयले अबाइबलिय
सिद्धान्तहरूलाई प्रार्थनामा बोल्ने गरेको पाइन्छ जस्तैः पुनर्जन्मको पाप, भाग्य, आदि । अर्को तर्फ बौद्धिक विश्वास
मात्रैले पनि कतिपय अवस्थामा परमेश्वर आज पनि सक्रिय छन् र आश्चर्यजनक कार्य गर्न
सक्षम छन् भन्ने कुरामा शंकास्पद मनसायले विश्लेषण गर्न थाल्छन् । बौद्धिक र
भावनात्मक विश्वासमा सन्तुलन कायम गर्न आवश्यक छ । यी दुई विरोधाभास नभएर एक
अर्काको पूरक हुन् ।
मानिसहरूसँग जोडिन, दुख सुखमा साथ दिन, संघर्षमा साहरा दिन, परामर्श दिन आदि कामका लागि भावनात्मक
विश्वास नभई हुन्न भने सहि बाइबलिय शिक्षाको दायरा भित्र रहि जिउन, सेवाकाई गर्न, परमेश्वर सँग सम्बन्धमा जोडिन र अरुलाई उहाँ बारे सुनाउन, झूटा शिक्षाबाट बच्न र बचाउन आदिका लागि बौद्धिक विश्वास
खाँचो छ । भावनात्मक विश्वास बिना परमेश्वरलाई अनुभव गर्न सकिँदैन र आफ्नो
छिमेकीलाई आफैंलाई झैँ प्रेम गर्न सकिँदैन भने बौद्धिक विश्वास बिना परमेश्वरलाई
चिन्न सकिँदैन, चेलापन बनाउन सकिँदैन, ख्रीष्ट केन्द्रित जीवन जिउन सकिँदैन ।
भावनात्मक विश्वास
बिनाको बौद्धिक विश्वास Deistic Faith हो भने बौद्धिक
विश्वास बिनाको भावनात्मक विश्वास अन्धभक्त विश्वास हो । यसै कारण दुबै विश्वासलाई
सम्मान र आदर दिन सिकौं । दुबैको न्युनतमवाद र अतिवाद हानिकारक छन् र दुबै
क्षेत्रमा हुनेहरूको पनि पतन भएकै छ । दुबै पक्षलाई गहिरिएर बुझ्ने हो भने कुनै
विरोधाभास पाउन सकिन्न तर एउटाले अर्कोलाई सक्रिय हुन बोलाइरहेको हामीले पाउन
सक्छौँ । सन्तुलित विश्वासी हुन सिकौँ !
0 Comments