Advertisement

Responsive Advertisement

Theological/Doctrinal Pride!!! || Bikal Shrestha

 


कति आफ्नै मात्र विचार वा लेख पढ्न दिने हैन र? कहिलेकाहीँ यसो अरु विचरणशील मित्रहरूका पनि केही विचार बुझौं, केही सिकौँ न! 


ईश्वरशास्त्रीय/सैदान्तिक अहंकार

Theological/doctrinal Pride

अहंकारका विभिन्न रुपहरु मध्येको एउटा रुप ईश्वरशास्त्रीय/सैदान्तिक अहंकार हो। कुनै सिदान्त वा बाईबल प्रतिको मेरो बुझाई “पूर्ण” छ भन्ने सोच ईश्वरशास्त्रीय अहंकार हो जुन सबैभन्दा डरलाग्दो भ्रम हो। एक अहंकारी ईश्वरशास्त्रीले आफ्नो बुझाई र व्याख्यालाई सधैं सत प्रतिशत ठीक देख्छ। मेरो ज्ञान र बुझाई सीमित छ भन्ने कुरा उस्ले कहिल्यै स्वीकार्न सक्दैन। यस्ता अहंकारीहरुले theology लाई पनि प्रतिस्पर्धाको रुपमा हेर्छन् र अरु theologian हरुलाई सधैं प्रतिस्पर्धी देख्छन् र सधैं सिध्याउने उदेश्य राख्छन्।

मैले यहाँ तल Jonathan Edward’s को लेख “some thoughts concerning the present revival of religion in New England” लाई थोरै आफ्नै शब्दहरु पनि समेटेर बुँदागत सारांश तयार गरेको छु।

अहंकारी/घमण्डी व्यक्तिको विशेषताहरु

१. अहंकारी व्यक्तिले अरुको गल्ती खोजि हिँडने र दोष्याउने काम मात्रै गर्छ।

२. अहंकारी व्यक्तिको जिब्रो बेलगाम हुन्छ। उस्ले सधैं कठोर र अमर्यादित भाषाको मात्र प्रयोग गर्दछ। प्रेम र आदर उस्को जीवनमा कहिल्यै झल्कदैन।

३. अहंकारी व्यक्तिले आफू एक बौद्धिक र प्रतिष्ठित व्यक्ति हुँ भन्ने कुरा देखाउन अरु भन्दा फरक रुपमा प्रस्तुत हुन खोज्छ।

४. अहंकारी व्यक्तिले आफ्नो भन्दा फरक विचार राख्नेहरुलाई सधैं प्रतिद्वंद्वी र शत्रु देख्छ र घृणा र बदलाभावको नजरले हेर्छ।

५. अहंकारी व्यक्ति आफ्नो तर्कमा मात्र विश्वस्त हुन्छ र मानिसहरूको अगाडि अनुचित साहसीपन देखाउँछ।

६. अहंकारी व्यक्ति आफुलाई चिनाउन र मानिसहरुको ध्यान आफूतिर खिच्न धेरै भोको हुन्छ। आफ्नो विचार संग सहमत नहुने व्यक्ति संग उ जहिले नकरात्मक हुन्छ।

७. अहंकारी व्यक्तिले आफूलाई के के न हो भनी सोच्छ र अरूलाई मान्छे गन्दैन र उपेक्षा मात्रै गरि हिंडछ।

हामीलाई साँच्चै ईश्वरशास्त्रीय नम्रता को खाँचो छ। एक ईश्वरशास्त्रीय नम्र व्यक्तिले आफनो बाईबलीय बुझाई र दृष्टिकोणलाई सधैं परिमार्जन र परिर्वतन गर्ने ठाउँ र अनुमति परमेश्वरलाई दिएको हुन्छ किनकि उस्ले यो बुझेको हुन्छ कि हाम्रो सीमित ज्ञानले असीमित परमेश्वको वचनलाई पूर्ण रुपमा बुझ्न सक्दैन। ईश्वरशास्त्रीय नम्रताले मात्र अरुको अस्तित्व, व्याख्या र अभ्यासलाई ठाउँ दिन सक्छ (झुटा शिक्षालाई ठाउं दिने भन्ने कुरा होईन)। प्रियहरु, विभिन्न Theological camps positions अर्थात् ईश्वरशास्त्रीय सैदान्तिक खेमाहरु आफैमा पूर्ण छैनन् भन्ने यथार्थ लाई स्वीकारेर हामी स्वस्थ ईश्वरशास्त्रीय बहस गरौं। परमेश्वरले हामी सबैलाई ईश्वरशास्त्रीय अहंकार बाट छुटकारा दिनु भएको होस् र सन्तुलित ईश्वरशास्त्रीय शिक्षा नम्रता साथ पस्कन उहाँले हामी प्रत्येकलाई ईश्वरीय ज्ञान दिनुभएको होस्।

 

-Bikal Shrestha, August 16


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


Post a Comment

0 Comments