के तपाईँलाई जानकारी थियो? || भाग १ || 2025

 


स्रोत: https://eap.bl.uk/item/EAP838-1-1-5-161

के माथिको तस्वीर सित परिचित हुनुहुन्छ? सायद हुनुहुन्छ ! के होला त?

हो, तपाईँको मनमा पक्का पनि यो त पुरानो धरहरा हो भनेर आइसकेको छ! 

अनि यो तस्वीर नि?



स्रोत: https://english.onlinekhabar.com/the-tale-of-two-dharaharas-destroyed-by-two-earthquakes-at-a-100-year-interval.html


के तपाईँले केही कुरा ध्यान दिनुभयो? त्यहाँ कतिओटा धरहरा रहेछन्? हो, दुई ओटा! हाम्रो इतिहासमा पनि दुई ओटा धरहारा थियो भनी के तपाईँलाई अवगत थियो? प्राय धेरैलाई धरहरा भिमसेन थापाले बनाउन लगाएका थिए जुन ९० सालको महाभूकम्पले ध्वस्त पार्यो अनि पछी फेरी पुन: निर्माण गर्न लगाइयो भन्ने तथ्य चाहिँ थाहा हुन्छ | तर यस्ता थोरै मात्रै मानिसहरू छन् होला जसलाई यो इतिहास थाहाछ कि अहिले भत्किएको धरहरा खास हाम्रो इतिहासको दोश्रो धरहरा थियो जबकी पहिलो धरहरा इतिहासमा नै हराएर गयो ! हो, यो वास्तविक इतिहासमा आधारित तथ्य कुरा हो जस बारे अधिकांश मानिसहरू अज्ञात छन् | 

शुरुमा बनिएको धरहराको आज नामोनिशान छैन | आज हामीलाई सायद मलेशियाको पेट्रोनास टावर थाहा होला वा ९/११ मा ध्वस्त पारिएको न्यू योर्क शहर स्थित ट्वीन टावर बारे थाहा होला तर नेपाल इतिहासकार र पुरातात्विकविदहरू पनि अफसोच यस कुरामा मानिलिन्छन् कि हाम्रो आफ्नो ट्वीन टावर बारे कसैलाई जानकारी छैन | किनकि ७२ सालको भूकम्पमा हाम्रो धरहरा पुन:क्षतिग्रस्त भयो र आजको धरहरा फेरी एउटा नयाँ धरहरा हो! साँच्चै, त्यो पुरानो इतिहास फेरी बोलेको छ! त्यो समयमा म आफैंले पनि यो कुरा थाहा पाए कि यस्ता थोरै मात्रै मानिसहरू रहेछन् जसले जान्दथे कि त्यहाँ दुई ओटा धरहरा थियो! यस बारे मैले जानकारी टेलिभिजन मार्फत प्रसारण भएको 'विकल्प' नामक एउटा कार्यक्रम बाट थाहा पाएँ र म आफैं पनि चकित भएँ! साँच्चै, हामीलाई हाम्रो इतिहास बारे कत्तिको चासो छ त? इतिहास हाम्रो चिनारी हो, हाम्रो पहिचान हो र गौरव पनि! माथि उल्लेखित धरहराको इतिहास बारे चाहिँ तपाईँहरू आफैं अध्ययन गर्नुहोला, स्रोतहरू उपलब्ध गराउनेछु | 

अब यही प्रश्न हाम्रो ख्रीष्टियान विश्वास बारे हेरौँ न त! धेरैलाई हाम्रो ख्रीष्टियान इतिहास, बाइबलको इतिहास र मण्डलीको इतिहास बारे थाहा छैन | मण्डली आयो र विश्वास गर्न पाए पुग्यो तर इतिहासको वास्ता धेरैलाई देखिएन! यो किन आवश्यक छ त? आजको हाम्रो विश्वास र मूल्य-मान्यता अनि मण्डलीहरू बनिन इतिहासले धेरै भूमिका खेलेको छ! हामी सित भएको बाइबल यत्तिकै आकासबाट तल झरेको होइन न त चर्चहरू एक्कासी च्याउ झैँ उम्रिन पुगे ! हो यी प्रत्येक कुराको आफ्नै रोचक इतिहास छ! यी कुराले येशू सँग हाम्रो व्यक्तिगत सम्बन्धमा केही योगदान नदेला तर पनि हाम्रो विश्वास बारे जान्न बुझ्न र आलोचनाहरूको प्रतिक्रिया दिन यी यावत ज्ञान बटुल्न सायद आजको युगमा नितान्त आवश्यक छ ! 

१) ख्रीष्टियान माछाको चिह्न: Ichthus (ἰχθύς)



यो चित्र इश्वी सम्वत् दोश्रो शताब्दी तिर प्रयोगमा ल्याइएको थियो र खास यस संदेशको लागि छोटकरी कोड थियो: Jesus Christ, God's son, Savior 

ग्रीकमा यस्तो छ: Ίησοῦς Χριστός, Θεοῦ Υἱός, Σωτήρ र यी प्रत्येक शब्दका अघिल्ला अक्षरबाट नै यस कोडको निर्माण भएको थियो |

यस चिह्नलाई मण्डलीको प्रारम्भिक युग तिर प्रयोग गरिन्थ्यो | यसलाई सतावटको बेला प्रयोग गरिन्थ्यो ताकी विश्वासीहरूले एक-अर्कालाई पहिचान गर्न सकून | तर त्यस समय तिर क्रुसको प्रयोगले आजको अर्थ दिंदैनथ्यो | त्यो त रोमी साम्राज्यको भयानक दण्ड थियो! ग्रीक भाषामा माछा शब्दले माथि उल्लेखित संदेश दिन सकिने कारण नै यसलाई एउटा गुप्त कोडको रूपमा विश्वासीहरूले एक अर्कालाई पहिचान गर्न प्रयोग गर्ने गर्थे! यो छरिएर फैलिएको र एकताको प्रतीक थियो! तर आज यो चिह्न सन् १९६० को समयकाल पश्चात् पुन: प्रख्यात हुन पुग्यो!   

स्रोतहरू:

i) https://www.gotquestions.org/Christian-fish-symbol.html

ii) https://www.biblestudytools.com/bible-study/topical-studies/the-christian-fish-symbol-origin-and-history-facts.html

iii) https://studythechurch.com/articles/etc/ichthus

iv) https://earlychurchhistory.org/christian-symbols/the-fish-symbol-ichthus/

v) https://seedbed.com/ichthus-never-knew-christian-wheel/


२) बाइबलमा अध्याय र पदहरू




हामी अक्सर भन्ने गर्छौं... यस पुस्तकको यति अध्यायको यति पद पल्टाउनुहोस्! अनि हामी झट्टै खोजेर पल्टाएर पढ्छौं! कति सजिलो! 

तर... शुरुमा बाइबल कुनै पनि अध्याय र पदहरूले भरिएको थिएन! पाँचौँ शताब्दी तिर बाइबल अनुवादक जेरोमले बाइबललाई केवल स-साना खण्डहरूमा मात्रै विभाजन गरेका थिए | वास्तविक वर्गीकरणको कार्य चाहिँ पछी मात्र हुन गयो | यसलाई Stephen Langton, an Archbishop of Canterbury ले सन् १२२७ तिर बनाएका थिए |  यस अध्यायको ढाँचालाई प्रयोग गर्ने पहिलो बाइबल Wycliffe English Bible of 1382 थियो | पुरानो करार बाइबललाई पदहरूमा वर्गीकरण गर्ने कार्य यहुदी रब्बी नथानले सन् १४४८ मा गरेका थिए | त्यस्तै सन् १५५५ मा Robert Estienne ले नयाँ करारमा पनि योगदान दिए | यस वर्गीकरणलाई प्रयोग गर्ने पहिलो पूर्ण बाइबल सन् १५५५ को Stephen’s edition of the Latin Vulgate थियो भने पहिलो अंग्रेजी बाइबल चाहिँ Geneva Bible (1560) थियो! यी अध्याय र पदहरूले ईश्वर शास्त्रीय क्षेत्रमा केही समस्याहरू निम्त्याए तापनि बाइबल अध्ययनका लागि जे होस् यस योगदानले ठूलो टेवा भने दिलाएको छ! साथै यी अध्याय र पदहरू प्रेरणाका भाग होइनन् ! बाइबल अध्ययन गर्दा चाहिँ केवल टुक्रा-टाक्री पदहरू लिएर अध्ययन गर्नु राम्रो हुँदैन जुन काम अक्सर झूटा शिक्षाहरूमा मनग्गे गरिन्छ ! ड्यान किमबल भन्छन् "केवल एउटा पद मात्रै कहिल्यै नपढ़नुहोस्" | 

स्रोत:

i) https://www.gotquestions.org/divided-Bible-chapters-verses.html

ii) https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm


३) म ए.जी. चर्चको अनि तपाईँ नि? 



सायद धेरैलाई सम्प्रदायको विषयमा थाहा नहोला र त्यस्तो प्रश्नले होस उदाउनु नौलो कुरो होइन ! आज हामीले चर्चका धेरै सम्प्रदायहरूलाई देख्न सक्छौँ! बप्तिस, प्रेसबिटेरियन, पेन्तिकोस्तल, स्वतन्त्र आदि | कतै वरदानहरूलाई मान्यता दिइन्छ भने कतै दिइदैन, कतै प्रभु भोज येशूको वास्तविक शरीर र रगत हो भनेर मानिलिन्छ भने कतै केवल प्रतिनिधिको रूपमा लिइन्छ, कतै बालकहरूको वप्तिश्मा गराइन्छ भने कतै विश्वासीहरूको मात्र, र यस्तै थुप्रै अरु फरकपन पनि पाउन सकिन्छ! येशू र प्रेरितहरूबाट नै शुरु भएको एक सिंगो मण्डली आज कसरी यत्तिका धेरै सम्प्रदायहरूमा बाँडिन पुग्यो होला त? के यस बारे जान्न आवश्यक छैन र? 

छोटकरीमा...

प्रारम्भिक चर्च (पहिलो-पाँचौँ शताब्दी):

- पहिलो शताब्दीमा, चर्च प्रेरितहरूको शिक्षामा एकजुट थियो (प्रेरित २:४२)। पावल, पत्रुस र यूहन्नाका पत्रहरूले एक शरीर र एक आत्माको सिद्धान्तलाई पुष्टि गरे।

- दोस्रो र तेस्रो शताब्दीमा, क्षेत्रीय परिषदहरूले सिद्धान्तसम्बन्धी प्रश्नहरू (जस्तै, ख्रीष्टको पुनरुत्थानको मिति) र झूटा शिक्षाहरूलाई सम्बोधन गरे।

- नाईसियाको परिषद (सन् ३२५) ले येशू ख्रीष्टको ईश्वरत्व र अनन्तताको सिद्धान्त पुष्टि गर्‍यो। चाल्सेडन परिषद (सन् ४५१) ले ख्रीष्टको सिद्धान्तलाई थप स्पष्ट गर्‍यो।


महान् विभाजन र क्याथोलिक/पूर्वी अर्थोडक्स चर्च (पाँचौँ-एघारौँ शताब्दी):

- सांस्कृतिक र राजनीतिक भिन्नताले रोम (पश्चिम) र कन्स्टान्टिनोपल (पूर्व) मा फरक चर्च समुदायहरू बनायो।

- सन् १०५४ मा महान् विभाजनले रोमन क्याथोलिक (पोपको नेतृत्वमा) र पूर्वी अर्थोडक्स (प्याट्रियार्कहरूको नेतृत्वमा) चर्चहरू बनायो।


प्रोटेस्टेन्ट सुधार (सोह्रौँ शताब्दी):

- मार्टिन लूथरको ९५ थीसिस (सन् १५१७) ले प्रोटेस्टेन्ट सुधारको शुरुवात गर्‍यो, जसले अनुग्रहबाट विश्वासद्वारा मुक्ति (एफिसी २:८-९) मा जोड दियो।

- उल्रिच ज्विङ्गली र जोन काल्भिनले बाइबलको प्रामाणिकता (सोला स्क्रिप्टुरा) लाई जोड दिए।

- प्रिन्टिङ प्रेसले बाइबल र सुधार लेखहरूको प्रसारमा सहयोग पुर्‍यायो, जसले लूथरन, रिफर्म्ड र एङ्ग्लिकन चर्चहरूको उदय गर्‍यो।


एङ्ग्लिकन कम्युनियन (सोह्रौँ शताब्दी):

- राजा हेनरी आठौँले पोपको अधिकारबाट अलग हुँदा एङ्ग्लिकन चर्च स्थापना भयो, जसले परम्परा र बाइबलमा जोड दियो।


डिनोमिनेशनल विस्तार (सत्रौँ-उन्नाइसौँ शताब्दी):

- ब्याप्टिस्ट: विश्वासी बप्तिस्मामा जोड (मत्ती २८:१९)।

- मेथोडिस्ट: जोन वेस्लीले व्यक्तिगत पवित्रता र बाइबल अध्ययनमा जोड दिए।

- प्रेस्बिटेरियन: जोन काल्भिनको सुधारित सिद्धान्तमा आधारित, प्राचीनहरूको परिषदमा जोड।


पेन्टेकोस्टल र होलिनेस अभियान (उन्नाइसौँ-बीसौँ शताब्दी):

- होलिनेस अभियानले पवित्रता र पवित्र आत्माको अनुभवमा जोड दियो।

- आजुसा सडक पुन:जागृति (सन् १९०६) ले पेन्टेकोस्टलिज्मलाई जन्म दियो, जसले आत्मिक वरदानहरू (भविष्यवाणी, निको पार्ने, भाषाहरू) मा जोड दियो।


आधुनिक इभान्जेलिकल डिनोमिनेशन र अन्तर-डिनोमिनेशनल प्रयास (बीसौँ-एकाइसौँ शताब्दी):

- आधुनिक इभान्जेलिकलहरूले येशूसँग व्यक्तिगत सम्बन्ध र बाइबलको प्रेरित प्रकृतिमा जोड दिन्छन्।

- गैर-डिनोमिनेशनल चर्चहरूले विभिन्न परम्पराहरूको मिश्रण गर्छन्।

- मिशन र मानवीय कार्यहरूमा अन्तर-डिनोमिनेशनल सहकार्य बढेको छ (रोमी १२:४-५)।

हो, आज नेपालमा समेत थुप्रै चर्च सम्प्रदायहरू बढ्दैछन् | यद्दपि मूल विश्वास उही हो तर अन्य धेरै ईश्वर शास्त्रीय कुराहरूमा फरकपन पाइन्छ! जे होस् हामी एक-अर्काको शत्रु होइनौं तर एकै पिताका अनेक थरि सन्तान हौँ! 

स्रोत: https://biblehub.com/q/when_did_christian_denominations_start.htm


धरहरा बारे जानकारी:

१) https://english.onlinekhabar.com/the-tale-of-two-dharaharas-destroyed-by-two-earthquakes-at-a-100-year-interval.html

२) https://youtu.be/uG_IFQvjVxA?si=TP1NzDhkUR7SevnB

३) https://youtu.be/CgtX2y0wErk?si=JuQhWFLsz7wXsLLd

४) https://youtu.be/KGESVmJJdXY?si=yJnALFPQwumbdBSh

५) https://youtu.be/8vsey28OZI4?si=Wx0WZHrtelUp5zc7

क्रमशः

Post a Comment

0 Comments