हिन्दू जगतमा सुसमाचार सुनाउँदा के-के कुराहरूमा ध्यान दिने? || फिल्मको माध्यम प्रयोग || भाग ७

 




) हिन्दू मित्रहरूलाई केही भारतीय फिल्म द्वारा पनि सुसमाचार सम्म हामी डोर्‍याउन सक्छौं ! जस्तै कि: गड तुस्सी ग्रेट हो जुन सलमान खानको एक पुरानो फिल्म थियो । यद्यपि यस फिल्मको अन्तिम अमिताभ वचनको सन्देश माथि हामी सहमत कदापि हुँदैनौँ तथापि जुन प्रकारले एक आम मानिसले वर पाउनासाथ के-के गर्छन् भन्ने कुरा यहाँ स्पष्ट देखाइएको छ!

    अमिताभ वचनले एक कुरा सही गरेका छन्: तिमी सित ईश्वरको शक्ति थियो; के कस्ता कामहरू तिमी गर्न सक्दैनथ्यौ होला! तर होइन तिम्रो हृदयमा तिमी ईश्वर होइन केवल ए पी नै रहिरह्यौ! उसैले सारा संसारको दुख कष्ट सुनाएर ईश्वर माथि गुनासो पोखेको थियो अनि संसार एक ईश्वरले भन्दा त बरु एक मानिसले नै असल तरिकाले चलाउन सक्छ भन्दै गनगन गर्यो । किनकि भगवान आफू माथि बसेर संसारको मानिसको हृदय के पो बुझ्लान भन्ने उसको गुनासो थियो । तर जब उसले शक्ति पायो तब उसले अरु केही गरेन तर आफ्नै फाइदाको लागि त्यो शक्ति प्रयोग गर्यो! आफ्नै फाइदाको लागि उसले समय र परिस्थितिलाई नियन्त्रण गर्यो जसको परिणाम स्वरूप अन्त्यमा सारा संसारमा विध्वंस मच्चियो र उसको आफ्नै केटीको प्राण गयो!

    हो, यस फिल्मबाट हामीले सायद केही पुलको निर्माण गर्न सक्छौं ! परमेश्वरको राज्य कस्तो छ भनी येशूले देखाउनु भयो एक दासको रूपमा सबैलाई सेवा गरेर! साथै, येशू आफू परमेश्वर नै भए पनि यस संसारमा एक मानिस कै रूपमा जिउनुभयो! मानिस कै दुख-कष्ट र वेदना सित परिचित हुँदै त्यसैमा सहभागी हुनुभयो ताकी एक ईश्वर मानिस सित सम्बन्ध गाँस्न सकोस् ! उक्त फिल्ममा सलमानले महसुस गर्छन् कि संसार मानिसले चलाउन नसक्ने रहेछ र तपाईंले मात्रै सक्ने रहेछ! हो, बाइबलीय धरातलले हेर्ने हो भने परमेश्वर कै नियन्त्रण भित्र रहेर नै मानिसले उहाँ सँगै राज्य गर्ने हो!

    येशूले आफ्ना कुनै पनि शक्तीलाई आफ्नै फाइदाको निम्ति प्रयोग गर्नुभएन तर पवित्र आत्मा कै भरमा र पिताको इच्छामा रहेर मात्रै काम गर्नुभयो जसलाई विनम्रता भनिन्छ ! येशूले सारा मानव जातिको निम्ति आफ्नो महिमा र हैसियतलाई केही समयका लागि पन्छाएर जिउनुभयो ! यस धर्तीमा रहुन्जेल पिताको अधिकार मुनि जिउनुभयो ! उहाँ सित निश्चय नै ईश्वरीय शक्ति र गुण सबै थियो किनकि ईश्वर आफैंलाई मेटाउन सक्नुहुन्न ! तथापि उहाँले ती कुराहरूलाई आफूखुसी प्रयोग नगरी पिता र पवित्र आत्मा सँग मिलिजुली नै काम गर्नुभयो ! आम मानिस विफल भयो र संसार अस्तव्यस्ततामा पर्यो तर शक्तिशाली परमेश्वर नै बरु एक आम मानिस भएर जिउनुभयो र सारा मानिस जातिको लागि एक उद्धारको द्वार बन्नुभयो!

    मानिसले उच्च चेतना र शक्ति पाउँदैमा मोक्ष प्राप्ति हुँदैन ! जब सम्म उसको हृदय परिवर्तन हुँदैन तब सम्म उसको चेतनाले र उ भित्र रहेको वा कमाएको जस्तोसुकै शक्तिले पनि उसलाई बचाउन सक्दैन! यसको लागि बाहिरी नै कुनै विशेष शक्तिको खाँचो पर्छ जसको लागि हाम्रो श्रेय हुँदैन । उही शक्ति पवित्र आत्मा हुनुहुन्छ जो एक व्यक्ति हुनुहुन्छ ! उहाँलाई पाउन येशूलाई स्वीकार गर्न पर्छ ! यसरी कतिपय यस्ता फिल्म कै माध्यमबाट पनि हामी सुसमाचारको निम्ति ढोका खोल्दिन सक्छौं !


) शक्तिमान सिरियल त सुन्नु भएकै होला! यो पनि एकदमै लोक प्रिय सिरियल बन्न पुग्यो जसले धेरै हिन्दू शिक्षाहरूलाई प्रवर्द्धन गरेको पाइन्छ ! विशेषगरी योग! यसमा पनि उही सन्देश रहेको छ: एक व्यक्तिले अज्ञानताबाट माथी उठेपछि उसले मोक्ष प्राप्ति गर्छ ! उसले आफू को हुँ भन्ने कुराको ज्ञान प्राप्ति गरेपछि उसले आफ्नो कर्तव्य र धर्म बुझ्छ! जब उसले बोध गर्छ कि म ब्रह्मण कै अंश हुँ, म उही ब्रह्मण हुँ तब उ सारा दुख र अभिलाषा बाट मुक्त हुन्छ किनकि न उसले यस संसारमा पाउनु केही छ, न उसले केही गुमाउनु नै छ! अनि उसमा कुनै भय हुँदैन ! न जीवनको भय न त मृत्युको भय! उसमा सम-दृष्टिले वास गर्दछ! जसको निम्ति सब थोक एक समान हुँदछ! यस्तै व्यक्तिलाई सिद्ध पुरुष भनिन्छ ! यो हिन्दू धर्मको गहकिला शिक्षाको केही अंश मात्रै हो !

    अब शक्तिमानको एउटा एपिसोड छ जसमा शक्तिमानले आफ्नो स्मरण शक्ति गुमाउँदछ - उ गङ्गाधर बन्छ तर बिना कुनै पहिचानको (130-138)! उ संसारलाई यताउता हेर्छ: म को हुँ? कहाँ बाट आएँ? यहाँ किन छु? के को लागि छु? आदि प्रश्न ! गीता विश्वासले उसलाई देख्छिन र उसको हालत जानेपछी निकै विचलित हुन्छिन् ! साँच्चै नै आफ्नो पहिचान गुमाएको पीडा यस एपिसोडमा देखाइएको छ! उसका केही मित्रहरू उसलाई उसको पहिचान सम्झाउन आउँछन् ! तर उसले विश्वास गर्न सकिरहेको नै हुँदैन ! उल्टै उनीहरूको आलोचना गर्छन् ! किनकि उसले एक त उनीहरूलाई नै चिनेको छैन ! अनि विश्वास कसरी गर्नु त? उनीहरूले आफैंलाई चिनाउन भन्दा पनि उसको पहिचान उसलाई दिलाउन जमर्को गर्छन् !

    खास शक्तिमान पाप मणिको कारण शक्तिहीन भएका थिए किनकि केही पाप उनको शरीरमा प्रवेश गरेर कुण्डलिनी जागृतिलाई रोकिराखेको थियो । तर पछि एउटा कुर्सीको कारणले गर्दा उसभित्रको पापलाई निकालियो र कुण्डलिनी जागृत भैइ उसले आफ्नो स्मरण शक्ति प्राप्त गर्यो र शक्तिमान बन्यो! यस्तै हाम्रो जीवनबाट पापलाई हटाउन पवित्र आत्माको हस्तक्षेपको खाँचो छ [Regeneration अर्थात नयाँ जन्म]! येशूलाई ग्रहण गरेसी हाम्रो पाप क्षमा त हुन्छन् तर त्यसको शक्ति र उपस्थितिले अझै हामीलाई चुनौती दिइरहेको हुन्छ ! जसको कारण हामीलाई त्यसको शक्ति माथि विजयी हुन पवित्र आत्माले मद्दत गर्नुहुनेछ र येशू पुनर्जिवित हुनुभएको कारण हामी पनि पछि पुनर्जीवित हुनेछौँ र पापको उपस्थितिबाट सदालाई मुक्त पाउनेछौँ!

    खास येशूको बारे केही कुरा सुनेर मात्रै शुरुआतमा हामी उहाँलाई ग्रहण गर्छौं तर त्यसपछि हामीले उहाँलाई पछ्याइराख्ने, जान्ने, चिन्ने र बुझ्ने हो [पवित्रीकरण/ Sanctification]! अनि पवित्र आत्माले पनि हामीलाई सशक्तीकरण गर्नुहुन्छ ! हामीले हाम्रो पहिचान उहाँमा नै पाउन सक्छौं ! हामी कसरी जिउने र परमेश्वर सँग हाम्रो सम्बन्ध कस्तो हुनपर्छ भनी येशूलाई हेरेर थाहा हुन्छ! साथै परमेश्वर कस्तो हुनुहुन्छ भनी येशू बाटै थाहा हुन्छ! अनि हामीले हाम्रो जीवनको अर्थ, उद्देश्य र औचित्य उहाँमा बुझ्न सक्छौं !

    हाम्रो साधना र ध्यान भनेकै उहाँको वचन अध्ययन र प्रार्थना हो ! हाम्रो पुनर्जन्म भनेकै हृदयको नयाँ जन्म हो! हाम्रो अमरत्व भनेकै भविष्यमा हुन आउने पुनरुत्थान हो! हाम्रो कर्तव्य भनेकै हामी जे गर्छौं उहाँकै निम्ति गर्ने र फल फलाउने हो! हाम्रो कर्तव्य र धर्म नै परमेश्वर र छिमेकीलाई आफैंलाई जस्तो प्रेम गर्नु हो! अन्त्यमा हामी उहाँ समान ईश्वर हुने होइन तर हामी येशू समान (मानिस) चाहिँ हुने हो!

    ब्रह्माण्ड र हामी एकै होइनौँ तर परमेश्वरको सामु अझै ब्रह्माण्ड भन्दा पनि बहुमुल्य हौँ  किनकि हाम्रो उद्धारकै प्रतीक्षामा सारा सृष्टि पर्खँदै छ! हामी युग-युग, कल्प, महाकल्प, धन्वन्तरण आदि को चक्र र जन्म-मृत्युलाई पर्खँदैनौँ तर येशू द्वारा प्राप्त त्यो उद्धार र मुक्तिलाई स्वीकार गरि यसै जीवनमा परिवर्तन भैइ भविस्यमा आउने भावी महिमामय जीवनको निम्ति तैयारी गर्छौं ! यही नै हिन्दू मनको ठूलो भयको तोड हुन सक्छ


थप अध्ययन सामग्री:

१) Ruling as a servant? Click!

२) Jesus' mission was to live as a pure Man on earth and not boasting being God: Click!

३) 'Major Religions of the World: A Nepali Perspective', Rev. Dr. Balkrishna Sharma

४) Manokranti Centre, Dr. Yogi Vikasanand  

५) येशूलाई जान्ने र चिन्ने: Click!

Post a Comment

0 Comments