Advertisement

Responsive Advertisement

हे परमेश्वर! कस्तो भविष्य देख्नु र?




सन्दर्भ:


    नेपालको वर्तमान समयमा मण्डलीको अवस्था देखेर विरक्त लागेर आउँछ । प्रभु र सुसमाचार भन्दा पनि बढी "सिद्धान्त" लाई औधी ध्यान दिइएको छ । सम्प्रदायको नाउँमा धेरै चर्काचर्की हुँदै आएका छन् । एउटाले अर्काको सिद्धान्त माथि आक्रमण गर्नका खातिर चरीत्र हत्या सम्म पनि गरिएको मनग्ये भिडियो र पोस्टहरू पाइन्छन् ।

    म आफैं पनि केही वर्ष यता देखि यस ओझेललाई सहेर, झेलेर हुर्केको व्यक्ति हुँ किनकि मेरो आफ्नै सम्प्रदाय (पेन्तिकोस्तल) भन्दा बढी अन्य सम्प्रदायका ख्रीष्टियान मित्रहरू धेरै छन् । विविध सैद्धान्तिक भिन्नमत हुँदा धेरै नै दुख कष्ट भोग्न पर्छ । म आफैं पनि मेरो मण्डलीमा हुर्किरहेका किशोर र युवाहरूलाई यस बारे सचेत गराउन एकदम चाहन्छु ।

    हामी धेरै बाइबल-बाइबल भन्छौं, ख्रीष्ट-केन्द्रित जीवन भन्छौं, सिद्धान्त-सिद्धान्त भन्छौं, परमेश्वरमा एकै सन्तान भन्छौं यद्दपि व्यवहार भने ठिक उल्टो देखिन्छ | एकले अर्कालाई पेल्ने, चिथोर्ने र आक्रमण गर्दै अघि बढ्ने त हाम्रो आम जीवन शैली नै बनिसकेको छ |

    हामीलाई देखेर हाम्रो भविष्यका पिंढीहरूले के सिक्छन् त्यो अब प्रभुको हातमा छ | आज हामीले धेरै नै साम्प्रादायिक शिक्षाहरूलाई औधि नै ध्यान दिएर सबैका सामु तमासा खडा गरेका छौँ | कोही आउँछ बाल-बप्तिष्माको वकालत गर्न, कोही आउँछन् अन्यभाषाको बिरोध गर्न, कोही क्याल्भिनिजमको प्रचार गर्न भने कोही यो ब्रह्माण्ड नै केही हजार वर्ष मात्र त भयो भन्न!

    यसरी हरेक सम्प्रदाय आफ्नै सुर-तालले चर्च स्थापना गर्दै अघि बढ्दै छन् अनि आफ्नै शिक्षालाई सिकाउन त्यही अनुसार बाइबल कलेज शुरु गर्छन् | एउटाले अर्कालाई झूटा ठहराउँछन् | हाल नेपालको यस्तै स्थिति देखेर निकै विरक्त लागेर आउँछ |

    मलाई अनि चिन्ताले पिरोल्छ कि अबको पिंढीहरूलाई के सिकाउने? कसरी असल शिक्षामा हुर्काउने? हामीहरू बाट के नै पो बाँकी रह्यो र सिक्नका लागि? यही सब मनमा गुनेर मैले एउटा गीत बनाएँ यद्दपि यो बनिसकेकै गीत माथि शब्द चयन गरिएको मात्रै हो !

 

एड्रिन दिवन ज्यू कै ‘सार्वभौमिक’ भजन कै सुर र ताल


Audio: Here!

 

कोही भन्छ आफैंलाई बप्तिस

कोही भन्छ आफैंलाई रिफर्मड

कोही भन्छ म क्यारिजम्याटिक

 

सम्प्रदाय छरिंदैछ

सिद्धान्तहरू बनिंदैछ

जताततै हुँदैछ हलचल

 

१०० वर्ष नै नपुगी यहाँ

चर्चहरू विभाजित भैगए

कसलाई के पो सिकाउने भन्ने अब

सबै जना आफ्नै बाटो लागे

 

दुख लाग्छ यस्तो वातावरणले

हे परमेश्वर! कस्तो महिमा पाउनुहुन्छ र?

तपाईँ कै सन्तान आज विभाजित भए

हे परमेश्वर! कस्तो योजना देख्नु र?

 

Calvinism, Arminian

Young Earth, Old Earth, Evolution

Cessationist Charismatic

 

प्रभु सुसमचार भन्दा

सिद्धान्तमा नै सब छन् मोहित

चर्काचर्की बढ्दैछ हरपल

 

एकले अर्कालाई घोचपेच गर्ने

Trending अब बनिसक्यो

हाम्रो पिता त एकै मात्रै हुन्

भन्न पनि गाह्रो भैसक्यो

 

किन यस्तो वातावरण सृजियो

हे परमेश्वर! कस्तो महिमा पाउनुहुन्छ ?

भाडभैलो जताततै बढ्दैछ

हे परमेश्वर! कस्तो भविष्य देख्नु र?


साथै यस विषय-वस्तु सित सम्बन्धित पोस्टहरूका लागि मेरो अर्को ब्लग पनि हेर्नुहोला: यहाँ!

***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

 

Post a Comment

0 Comments