म Trap
stars battle भन्ने show
हेर्दै थिएँ जुन मैले मेरो
स्कुलको साथीको reaction video मा फेला पारेथेँ । व्यक्तिगत रूपमा भनौं भने म त्यस्तो show
हेर्दिन । तर साथीको reaction
video भएको कारण हेरिदिएँ ।
त्यो show
को उद्देश्य के हो म जान्दिनँ
। Show सायद नाटकीय पनि थियो होला (Disclaimer पढ्दा त्यस्तै देखिन्छ)! show चाहिँ Indian Idol वा Nepali idol जस्तै ढाँचाको थियो । तर सहभागीहरूलाई नियाल्दा मैले show
को लक्ष बुझ्नै सकिन । यद्यपि
एउटा कुराले मलाई घोच्न थाल्यो: कतै natural talents वा gifts को खेलाँची वा दुरुपयोग त भएको छैन ?
सहभागीहरूले अर्थ न वर्थको rap
गीत गाइरहेका थिए । Judge
हरु पनि उस्तै । अर्थ न वर्थ
तालले सहभागीहरूको तमासा हेर्दै रमाइ राखेका थिए । म आफैं दङ्ग परेँ त्यो show
देखेर ।
फेरि पनि मैले त्यो show
को अरु video
खोज्दै हेर्न थालेँ । अनि एउटा
video मा एक जना थप judge थिए । उनी चाहिँ you tube मा अलि ज्यादै प्रख्यात व्यक्ति नै थिए । म नाम भने लिन
चाहन्न । Video link चाहिँ हाल्नेछु । त्यो judge
देखेर मलाई साह्रै चित्त
बुझ्यो । बाँकी दुई judge हरू अर्थ न वर्थको judge गर्दै गर्दा उनी भने एकदमै गम्भीर थिए । अनि एउटा
सहभागीताको प्रदर्शन देखेर उनी बेस्सरी रिसाएर rap
music बारे सोधपुछ गर्दै rap
music को सदुपयोग नगरेको
भन्दै जंगिए । यति मात्रै नभएर बाँकी दुई हावा judge
हरूलाई समेत उनले गाली गरे कि
उनीहरू कसरी सहभागीहरू छान्दै छन् । Talent को दुरुपयोग देखेर र गम्भीरता नदेखेर उनी असह्य भैसकेका थिए
।
अनि एउटा सहभागीले
कमसेकम विविध कमजोरी बाबजुद पनि rap music को सहि प्रयोग गरेको देखेर निकै खुशी भए जबकि बाँकी दुई judge
हरू भने अल्छी मान्दै हाई हाई
गर्दै बसेथे । अनि बाहिरी ट्यापे लवाई looks आदि बारे मात्रै टिप्पणी गर्दै बसे र सहभागीलाई उनीहरूको
तर्फबाट rejection दिए ।
Show यदि नाटकीय मात्र नै भए तापनि, मैले देखेको केहि
अवलोकनहरू:
१) के सहभागीहरूलाई
आफ्नो लक्ष बारे कुनै निश्चयता छ? के आफूमा भएको talent लाई चिन्न, बुझ्न र सहि ढंगले प्रयोग गर्न सिकेका छन् ?
कि मंचमा आएर खाली आफू परिचित
हुने मात्रै इच्छा हो? अनावश्यक अर्थहीन प्रदर्शन देखाएर उत्ताउलोपन वातावरण सृजना
गर्ने मात्रै उद्देश्य हो?
२) Judge
हरु पनि कस्ता?
के आधारमा निर्णय
हुँदैछ? गम्भीरता खै? अनि सहभागीहरू कसरी छान्ने भन्ने विवेक खै?
कि उनीहरू संगै आफू पनि एउटै
हलोमा जोटिने हो? Judge को काम र जिम्मेवारी के हो?
कर्तव्य के हो?
३) केवल एक जना मात्रै judge
अति गम्भीर थिए । Rejection
गर्न पर्नेलाई reject
नै गर्दिए र accept
गर्न पर्नेलाई accept
। उनले एक एक कुरालाई अवलोकन
गरे । Rap music को परिभाषा र प्रयोगको दायरा भित्र रही उनले बुद्धिमानी
पूर्वक judge गरे । गाली दिन पर्नेलाई गाली नै गरे र प्रोत्साहन दिन
पर्नेलाई प्रोत्साहन नै । साथै, बाँकी दुई judge हरू समेतलाई हप्की पनि दिए । उनीहरू आफ्ना काम राम्रो सित
नगरेको देखेर र सहभागीहरूको बर्बरता देखेर उनी झन्डै पागल भएका थिए । अनि एक जनाको
प्रयत्नलाई भने उनले साह्रै मन पराए । मलाई पनि एकदम खुशी लाग्यो ।
सायद आज हाम्रो मण्डली
जगतमा यस्तै हुँदै छ कि? भेंडाहरूको
रेखदेख गर्न जिम्मेवारी दिएका धेरै अगुवाहरूले गम्भीरताका साथ आफ्ना काम गरेकै
छैनन् कि? अनि विश्वासीहरू वा सेवाकाईमा लाग्ने हरू पनि आफ्ना वरदानलाई दुरुपयोग गर्दै
छन् कि? वरदानको उद्देश्य नजानी नानाथरी काममा मग्न हुँदै छन् कि?
भेडाहरूलाई केवल मनोरञ्जनको
मंच दिँदै छन् कि? नातावाद, कृपावाद, ईश्वर शास्त्रवाद, सम्प्रदायवाद आदि मा अगुवाहरू लाग्दै छन् कि?
साँच्चै भन्न पर्दा,
यहाँ तमासा भएको देखिन्छ । जब
साँचो judge येशु आफैं आउनुहुनेछ तब बाँकी गोठाला र विश्वासीहरूलाई पनि
छडी लाउनु हुनेछ !
हाम्रा विश्वासी जन र
सेवामा लागेकाहरू धेरै जना बरालिएका छन् । फेरि judge/
अगुवा/ गोठालाहरू समेत उस्तै
हुन्छन् । सबलाई मनोरंजन चाहेको छ चाहे त्यो Charismatic
क्षेत्र होस् वा Apologetics/ Theological/ intellectual । यसरी नै प्रभुबाट प्राप्त वरदानहरूको दुरुपयोग हुँदै
जान्छ र judge गर्न पर्नेहरूले समेत गम्भीरता देखाउँदैन । पहिलो शताब्दीमा
येशु यत्तिकै दुखी हुनु भएको होइन रहेछ (मत्ती ९:३६) । जब जिम्मेवारी यहुदी गुरुहरू आफैं नै बरालिएका थिए र आम मानिसहरू पनि
तितरबितर थिए, येशु ज्यादै दुखित हुनुभएको थियो । येशु आफैंले धेरै सङग
संघर्ष गर्नुभयो, विवाद गर्नुभयो, छडी लगाउनुभयो, गलतलाई गलत र सहिलाई सहि ठहर्याउनु भयो,
हप्काउनु भयो,
सिकाउनु भयो । जिम्मेवार
गोठालाहरूले आफ्ना कामको वास्ता गरेका थिएनन् ।
नयाँ करारको पावल लगायत
अन्य धेरै पत्रहरूमा जाँच्ने काम, हप्काउने काम, टिप्पणी गर्ने काम, सुधार गर्ने काम, आदि मा एकदमै जोड दिइएको पाउँछौँ (जस्तै:
२ तिमोथी ४:२-५)। झन शिक्षकहरू न्याय
अझै कडा हुने कुरो उल्लेख छ (याकूब ३:१-४)। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्ग राज्यमा प्रवेश गर्ने छैनन् भन्ने कुरो
उल्लेख छ (मत्ती ७:२१-२३), झूटो शिक्षा विरुद्ध कदम चालिरहने कुरो उल्लेख छ (प्रेरित
२०:२८-३०, मत्ती ७:१५-२०, २ पत्रुस २, २ कोरिन्थी १०:५, इत्यादि) । वरदानको सहि पहिचान र प्रयोग बारे उल्लेख छ (जस्तै: १ कोरिन्थी १२-१४)। तर पनि आजको ख्रीष्टियान जगत भद्रगोल नै छ । कोहि बौद्धिक
क्षेत्रमा त कोही charismatic क्षेत्रमा ।
वरदानहरू पनि
परमेश्वरको महिमाको लागि, मण्डलीको
सेवाको लागि, सुधारको लागी, क्रान्तिका कामका लागि प्रयोग गरिनु पर्ने ठाउँमा धेरैले
वरदानलाई अर्थहीन कामहरूका लागि खेर फाल्दै छन् । कोहि व्यापारीकरण,
कोहि देखावटी गर्न,
कोही अरू सित प्रतिस्पर्धा
गर्न आदि । अनि judge हरू पनि गम्भीर हुँदैनन् बरु उल्टै मज्जा लिन्छन् । जब त्यो
show मा जस्तै साँचो judge (येशु) आउँछन् तब दुबै पक्षले झटारो भेट्छन् ।
तसर्थ,
हामी सबै जना गम्भीर हुन जरुरी
छ । मण्डली जगत र profession जगतका लागि सेवा गर्न दिइएका प्राकृतिक र आत्मिक वरदानहरूको दुरुपयोग गर्न बाट आफू पनि बचौँ र अरु लाई पनि
बचाऔँ । हाम्रा सबै काम परमेश्वरको महिमाको लागि होस् र उहाँकै इच्छा अनुसार होस्
। परमेश्वरलाई र छिमेकीलाई प्रेम गर्ने लक्ष राखी आफू अघि बढ्न सकौँ । अनि
जाँच्नेहरूले पनि गम्भीरताका साथ जांच्ने गरौं । न्यायको काम न्याय सरह नै होस् ।
***
0 Comments