१. चङ्गाई मात्रै पाउनका लागि येशूमा आउने हैन यद्यपि
उहाँमा चङ्गाई छ तर सधैं चङ्गाई गर्नुहुन्छ भन्ने कुनै वाचा छैन र जो चङ्गाईको
खातिर मात्र उहाँ मा आउँछन्, त्यसैका खातिर उहाँलाई त्याग्ने छन् ।
२. आत्मिकी वरदान पाउनका लागि येशूमा आउने हैन किनकि
आत्मिकी वरदान भएका थुप्रै पतन पनि भएका छन् र आत्मिकी वरदान सेवाको लागि दिइएको
हो, सेलिब्रेटी, व्यापारीकरण र मनोरञ्जनका लागि होइन ।
३. पास्टर, अगुवा, पोप, बिशप आदि बन्नका लागि येशूमा आउने हैन
यद्यपि यी मण्डली चलाउनका निमित्त अगुवाइको बोलावट हुन् तर पद, मान,
सम्मान, प्रतिष्ठा, आदिका पछि लाग्नु
आपत्तिजनक कुरो हो ।
४. सफल र सुखविलासको जीवन यापन गर्न येशूमा आउने हैन किनकि
उहाँले क्रुश बोकेर उहाँकै पछि लागिराख्नका लागि बोलाउनु भएको हो ।
५. मृत्यु पश्चात् स्वर्ग धाउनका निमित्त मात्र पनि येशूमा
आउने हैन किनकि हाम्रो गन्तव्य कहाँ हो भन्दा पनि हाम्रो सम्बन्धको सँग हो भन्ने
कुरो अपरिहार्य छ ।
६. जात भातको कुरो छैन,
समानता छ भनेर येशूमा आउने हैन किनकी संसारको प्रभाव
मण्डलीमा पनि कायम नै छ ।
७. आश्चर्यकर्म देखेर येशूमा आउने हैन किनकी आश्चर्यकर्म
अन्य धर्महरूमा पनि छन् र यो येशूको आवश्यकता पनि हैन । उहाँ परमेश्वर हुनुभएको
कारण आश्चर्यकर्म गर्न सक्षम छन् तर आश्चर्यकर्म गर्नुभएको कारण परमेश्वर हुनुभएको
होइन ।
८. गरिबीबाट मुक्ति पाउनको लागि येशूमा आउने होइन किनकि
हामी आफ्नो परिश्रम द्वारा पनि धनी बन्न सक्छौं ।
९. बिदेश जान पाइएला कि भन्ने आशाले येशूमा आउने हैन किनकि
त्यो एक फाइदाको खातिर मात्रै येशूलाई चलाएको हो ।
१०. संसारलाई इसाईले परिवर्तन गरे भनेर येशूमा आउने हैन
किनकि त्यो त सुसमाचारले मानिसको चेतनामा पारेको प्रभाव मात्रै हो ।
हो, यी सबै कुराहरू विश्वासीहरूको जीवनमा
भएका छन् तर ती सबै केवल सुसमाचारको प्रभावको झल्को मात्रै हो । यी कुनै पनि थोक
येशूमा आउनुको कारण हुनु हुँदैन । यी कुराहरू भविष्यको महिमामय दिनको केवल झलक
मात्रै हुन् ।
आज ख्रीष्टमसको
माहोलमा हामीले हाम्रा प्रिय जनहरूलाई कसरी येशूमा ल्याउँदैछौँ होला? कसरी चिनाउँदैछौँ होला? यो पनि ख्याल गरौं । धेरै जना यहि गलत
सोचाइले येशूमा आएर नै जीवनका गहिरा घाउहरूमा अस्तव्यस्त हुँदा येशूलाई त्यागेर
पनि गएका छन् ।
येशूमा हामी सबैलाई
वास्तवमा खाँचो परेको कुरो प्राप्ति भैसकेको छ । त्यो परमेश्वर आफैं हुन् ! पापको
बन्धनबाट छुट्टीएर उहाँमा फर्कन पाउनु भन्दा ठूलो आनन्द अरु के छ र? बाँकी सबै थोक त क्षणिक मात्रै हुन् !
***
1 Comments
सारांश:
ReplyDeleteयेशूमा पक्का पनि चङ्गाई छ, जातीय समानता छ, सेवाकाईका विविध बोलावट, पदहरू र भविष्यका लागि इनामहरू छन्, आत्मिकी वृद्धिका लागि वरदानहरू छन्, आशिषहरू छन्, आश्चर्यकर्म छन्, गरिबीबाट मुक्ति छ, संसारलाई परिवर्तन गर्ने शक्ति छ । तर यी कुनै पनि कुराहरू येशूमा आउनु र उहाँलाई पछ्याउनुको आवश्यकता होइन । जो यी सबै पाउनका खातिर उहाँलाई अङ्गाल्छ, उसैले यी सबैका खातिर उहाँलाई त्याग्ने छ । इसाई समाजमा केवल गवाही मात्रै छैनन् तर दु:खद पछि हटेर गएकाहरूको गुनासो पनि छ । यसका लागि दोषी हामी आफैं हौँ जसले सहि तरिकाले येशू चिनाउन सकेनौं । येशूमा हामीले सबैभन्दा बहुमुल्य सुख पाइसकेका छौँ - जो परमेश्वर आफैं हुन् । पापको बन्धनबाट छुटेर उहाँको सन्तान हुनु भन्दा बढी सौभाग्य अरु के चाहियो र?