Advertisement

Responsive Advertisement

The Trinity Basics in Nepali

 Biblical Impact Nepal facebook page had published 5 episodes on Trinity Session 1 concerning its Biblical origin and analogies. I have just accumulated those notes in a pdf form to get an easy access to whole topic. 


प्रायः संसारका धेरै जसो धर्महरुमा त्रिदेव (Triads of gods) पाउन सकिन्छ । ती पुराना धर्मका त्रिदेव वास्तवमा बहुदेववाद अन्तर्गत पर्दछ । तर यदि ख्रीष्टियमतलाई नियालेर हेर्यौँ भने पनि एकेश्वरवाद अब्राहामिक धर्म भए तापनि एकै परमेश्वरको प्रकटिकरण तीन भिन्दा भिन्दै व्यक्तिहरुमा देखिएको पाइन्छ । परमेश्वरको केवल एक मात्र अस्तित्वमा जग रहेको ख्रीष्टियमतमा पिता, पुत्र अनि पवित्र आत्मामा विश्वास गरेको हामी सबैलाई अवगत छँदैछ ।

बाइबल धर्मशास्त्रमा शाब्दिक रूपमा उल्लेख नरहेको तर उत्पत्ति देखि प्रकाश सम्म प्रकट गरिएको परमेश्वरको रहस्यमय एकमा तीन व्यक्तिको पहिचान नै त्रीएकताको आधारभूत सिद्धान्त हो । बहुदेववाद सरह लाग्न सक्ने यो बाइबलीय प्रकाश मानवीय मगजले बुझ्नु असाध्यै कठिन छ । यस अन्तर्गत येशू ख्रीष्टको द्वितात्मक चरित्र (Hypostatic Union), पिता, पुत्र र पवित्र आत्माको एक अर्को सितको सम्बन्ध र समर्पण, सृष्टि देखि अन्त्य सम्ममा सामेल उहाँहरुका काम, उद्धारको काममा उहाँहरुको सङ्लग्नता, हाम्रो ख्रीष्टियान जीवन यापनमा यसको भूमिका आदि विषयहरु पर्दछ ।

यस सिद्धान्तलाई होशियारपूर्वक जान्नु अत्यावश्यक छ नत्र यसको नतिजा स्वरूप झुटो बुझाई (Heresy) को जन्म हुनेछ । आज धेरै जना विश्वासी जनहरुलाई पनि यो सिद्धान्तले कज्याएको पाइन्छ । धेरै किसिमका उदाहरणहरु प्रयोगमा ल्याइएको पनि पाइन्छ । यो सिद्धान्तको विरोधमा लागेका ख्रीष्टियान समुदाय पनि कतै कतै भेटिन्छन् ।

ट्रीनिटीलाई कसरी बुझ्न सकिन्छ होला? यो प्रश्न अक्सर सबै विश्वासीहरुको मनमा उत्पन्न हुन्छ । उत्पत्ति देखि प्रकाश सम्म नै परमेश्वरको अति रहस्यमय प्रकाश हामी पाउँदछौँ । त्रीएक निकै उल्झाउने खालको बाइबलिय सिद्धान्त हो र यसलाई बुझ्न सबैले कोसिस गरे तापनी पूर्ण रूपमा बुझ्न असफल नै रहेको पाउँदछौँ । 

मैले केवल कक्षा १० मा मात्र यो सिद्धान्तलाई जाने जबकी यस अघि मलाई थाहा थिएन । येशूलाई पटक पटक परमेश्वरको पुत्र भनिनु र फेरि येशू नै सत्य परमेश्वर भनिनु यी दुई कुराले मलाई छक्क पार्दथ्यो । मैले येशूलाई जान्ने उत्सुकता राखेको एउटा साइ आराधना केन्द्रबाट थियो जहाँ उहाँलाई अन्य देवता माझ राखिएको र उहाँको पनि स्तुति प्रशंसा गाइएको भेटेँ र त्यो बेला उहाँ पनि भगवान नै रहेछन् भनेर बोध हुन पुग्यो । घरमा यस बारे चर्चा गर्दा मेरो काकाले उहाँ भगवान हैन तर प्रभु हुनुहुन्छ भने र त्यो दिनबाट उहाँ बारे जान्ने निकट उत्सुकता जाँगेको थियो । तर सानो बेला राम्रोसँग बाइबलका कुरा न बुझ्दा निश्चय नै कतै पनि येशूलाई सिधै परमेश्वर बताइएको कुरा मैले पाइन । म यसैको खोजीमा थिए किनकी येशू बारे धेरै रोचक कुरा एक समय हिन्दू हुँदा नै सुनिसकेको र पढी सकेको थिएँ ।

कक्षा १० मा त्रीएक सित मेरो पहिलो भेट भए पश्चात् मलाई साह्रै पीडा भयो । यसलाई बुझ्न जति कोसिस गर्दा पनि बुझ्न सकेको थिएन । मण्डलीमा बाल सङ्गती शिक्षकहरु सित पनि सोध्दा चित्त बुझ्दो र छर्लङ्ग पार्ने उत्तर पाइएन । ईश्वरशास्त्र सम्बन्धी भिडियो र किताबहरु पनि धेरै पढे । तर गहिराईमा भने पुग्न सकिएन । त्यो बेला मेरो बुझाइ त्यहाँ दुई जना ईश्वरहरु छन् परमेश्वर पिता र येशू भन्ने थियो र सानोमा चित्रलेखामा रुचि निकै राख्ने गर्थें । मैले दुई व्यक्ति /ईश्वरको चित्र बनाउने गर्थें ।

तर पनि केही वर्ष मैले यहि विषयमा अध्ययन कायम राखे र +२ अध्ययन गर्ने क्रममा एक जना कोइनोनिया चर्चको मेरो साथीले "वचनबाट सय पाठहरु" भन्ने पुस्तक दियो जसलाई पढ्दा केही चेतना ममा आयो । एक पल्ट मैले प्रभुबाट नै यस को उत्तर पाएँ कि उहाँ आत्मामा एउटै तर व्यक्तिमा भिन्दै हुनुहुन्छ । अध्ययन गर्दै जाँदा आखिरमा यहि सारमा म आइपुगेँ । र ११ मा छँदा नै मेरो पहिलो लेख (college assignment) त्रीएकतामा नै थियो यद्यपि त्यो बेला धेरै त्रुटिहरु पक्कै थिए ।

God is One Being manifested in Three distinct Persons बाहेक अरु कुनै सार मैले पाइन । तर यसलाई बुझ्न मैले निकै संघर्ष, अध्ययन र प्रार्थना गरेको थिएँ र अन्तिममा मलाई यहि कुराको बोध भयो कि उहाँलाई पूर्ण रूपले बुझ्न खोज्नु असम्भव नै छ तर उहाँले आफैलाई जसरी प्रकट गर्नु भएको छ त्यसैमा हामी निश्चिति हुन पर्छ र स्वीकार गर्न पर्छ ।

आज जतिसुकै उदाहरणहरु पेश गरेर बुझ्न र बुझाउन कोसिस जारी भए पनि त्रीएक भनेको गणितीय ASYMPTOTE जस्तै हो । जसको रेखा जति बढाए तापनी त्यसले कहिल्यै x/y-धरातल (axis) लाई छुदैन (यो त्रीएकताको उदाहरण अन्तर्गत पर्दैन)।

अत: परमेश्वर साच्चिकै हाम्रो आयाम भन्दा बेग्लै हुनुहुन्छ भनेर मैले स्वीकार गरेँ किनकि आफ्नो बुझाइबाट भएर जाँदा विभिन्न heresy मा पुगिदोँ रहेछ जस्तैः modalism, tritheism, etc. । त्रीएक सिद्धान्तलाई बुझ्न नसक्नुमा हाम्रो केही कमजोरी होइन तर यसमा उहाँको वैभवशाली पहिचान देख्छु । निश्चय नै उहाँलाई हाम्रो आयामबाट पूर्णतय बुझ्न न सके तापनी उहाँको प्रकाशलाई अङ्गाल्न सक्छौँ ।

मैले केवल पृष्ठभुमि प्रस्तुत गरेको थिएँ जहाँ मेरो बाल्यकालमा कसरी म त्रीएकता बुझ्न नसकेर छट्पटाएँ र अध्ययन गर्दै जाँदा यसलाई geometry को asymptote जस्तै अनुभव गरेँ ।

बाइबल धर्म शास्त्रमा शाब्दिक रूपमा उल्लेख नरहेको तर उत्पत्ति देखि प्रकाश सम्म प्रकट गरिएको परमेश्वरको रहस्यमय एकमा तीन व्यक्तिको पहिचान नै त्रीएकताको आधारभूत सिद्धान्त हो । एकेश्वरवादमा जग बसालिएको धार्मिक आस्था ख्रीष्टमतमा परमेश्वर एक मात्र नभई उनको प्रकटिकरण तीन अलग अलग व्यक्तिहरू- पिता, पुत्र र पवित्र आत्मामा भएको हामी पाउँदछौँ । बहुदेववाद सरह लाग्न सक्ने यो बाइबलीय प्रकाश मानवीय मगजले बुझ असाध्यै कठीन छ । यसको प्रथम प्रतिरक्षा तेस्रो शताब्दीका चर्च फादर टर्टुलियनबाट भएको इतिहासमा उल्लेख छ ।

सर्वप्रथम त्रीएकता के होइन भन्ने कुरालाई बुझ्न आवश्यक छ । यसले तीन ईश्वरहरुको अस्तित्वलाई इङ्गित गर्दैन (Tritheism) । यसले एकै परमेश्वरको केवल तीन वेग्ला बेग्लै पक्ष/रूप/मोडहरु मात्र छन् भनेर पनि बुझाउँदैन (Modalism) न त यसले सारतत्त्वमा पिता परमेश्वरको अधीनतामा पुत्र र पवित्र आत्मा हुनुहुन्छ भनेर नै सिकाउँछ (तह: अर्थात सारमा नै पिता चाहिँ प्रमुख र पुत्र र पवित्र आत्मा उहाँ सित एकतामा कार्य गर्ने) (Subbordinism)। त्रीएकताको सामान्य प्रकाश यो हो: परमेश्वरको अस्तित्व एक मात्र छ तर उहाँको प्रकटिकरण तीन भिन्न भिन्नै व्यक्तिहरुमा भएको पाइँन्छ जसमा प्रत्येक पूर्ण परमेश्वर साथै अलग अलग व्यक्तिहरु पनि हुन् । तीनै व्यक्तिहरु सह-अस्तित्वमा छन् । शक्ति, महिमा, र सारमा तीनै जना उहीँ एकै परमेश्वर हुन् तर व्यक्तित्व, इच्छा र कार्यमा भिन्न छन् । यहि अनेकतामा रहेको पूर्ण एकता नै त्रीएकता हो ।

त्रीएकताको पूर्ण प्रकाश नयाँ नियममा आएर मात्र हामी पाउँन सक्छौं यद्यपि पुरानो नियममा यसका केही झ-झल्को, छाया एवं मधुरो प्रकाश अनुभूत गर्न सक्छौं जस्तैः परमप्रभु, परमप्रभुका दूत र परमप्रभुको आत्मा । यहाँ तीनै जनाको सहभागिता, विविधता र एकतालाई पुरानो नियममा देख्न सकिन्छ र नयाँ नियममा मात्र पिता, पुत्र र आत्मा बारे धेरै कुरा प्रष्ट पारिएको पाइँन्छ । उहाँहरु एकतामा हुनुहुन्छ, व्यक्ति विशेषमा अधीनता पाइँन्छ, सारमा उहि साँचो परमप्रभु हुनुहुन्छ र कार्यमा भिन्न हुनुहुन्छ । सृष्टि, मानिस सङ्गको अन्तर्कृया, उद्धारको योजना र कार्य, अन्त्यको दिन सम्म तीनै जनाको कामहरु देख्न सकिन्छ ।

यो ज्यादै जटिल सिद्धान्त भएको कारण आज विविध किसिमका सिमित उदाहरणहरु मार्फत यसलाई प्रष्ट पार्ने प्रयत्न गरिन्छ यद्यपि ती प्रयत्न कहिल्यै शिखरको चुचुरोमा भने कदापी पुग्न सक्दैन । यसलाई पूर्ण रूपमा बुझ्न नसके तापनि धर्म शास्त्रमा भएको उहाँको प्रकटिकरण र प्रकाश माथि नै विश्वासयोग्य रहेर यसलाई स्वीकार गर्नु अपरिहार्य छ । उहाँको आयाम, कार्य र समझ हामी भन्दा पनि अकल्पनीय भएको कारण जति प्रकाश उहाँले प्रदान गर्नु भयो त्यसैमा जग बसाल्नु आवश्यक छ ।

त्रीएकका लागि बाइबलीय आधारहरु:

पिता: एफिसी ४:६, १ कोर. ८:६, यूहन्ना ६:४६

पुत्र: यूहन्ना १:१, ३:१६, १६:२८, १७:५

पवित्र आत्मा: यूह १५:२६, हिब ९:१४, यूह १४:१६-१७, प्रेरित १५:२८ 

नयाँ करार:

३ व्यक्तिहरु: मत्ती ३:१६-१७, २८:१९, तितस ३:४-६

पवित्र आत्मा सित परमेश्वरका स्वभाव छन् र शक्ति मात्रै होइनन्: प्रेरित ५:३-४, हिब ९:१४, १ कोर २:१०, प्रेरित १३:२, रोमी ८:२७ आदि

येशू परमेश्वर हुन्: यूह ८:५८, ८:२४, १४:२६, १०:३०-३३, मत्ती १४:२७, मानिस को पुत्र = मर्कुस १४, दाँनियल ७, यशैया १९:१, भ.सं ६८:४, ६८:३३, वयवस्था ३३:२६ आदि । उहाँले पाप क्षमा गर्नुभयो, आरधना स्वीकार गर्नुभयो, अधिकारको साथमा सिकाउनुभयो, जीवन दिनुभयो, पुनरुत्थान हुनुभयो ।

पुरानो नियम:

वयवस्था ६:४ याह्वे केवल एक मात्रै हुन् र अन्यजातीका देवताहरुको समूह सरह हुनुहुन्न । तर यहाँ "एउटै" लाई हिब्रू शब्द "एखाड" ले जनाएको छ जसले एकताको एकलाई दर्शाउँछ । जस्तैः हामी सबै नेपाली एक हौं । यसको अर्थ स्व पदले परमेश्वर एक भन्दा बढी व्यक्तिको हुन सक्छन् भन्ने कुरालाई पनि केही संकेत गर्दछ ।  जस्तैः उत्पत्ति २:२४, ११:६ आदि । एकताको एक ।

तीन व्यक्तिहरुको प्रकाश:

परमप्रभु: वयवस्था ३२:६, यशैया ६३:१६, मलाकी २:१०

परमप्रभुका दूत: उत १६, २२, ३१, २१, प्रस्थान ३, १४, गन्ती २२, न्यायकर्ता २, यशैया ३७, २ इतिहास ३२ आदि

परमप्रभुको आत्मा: १ शामुएल १०:१०, प्रस्थान ३१:३, गन्ती २४:२, न्यायकर्ता ३:१०, यशैया ६३ आदि

तीनै जना उल्लेख भएको एक पद: यशैया ४८:१६

केही मानवीय त्रुटिपूर्ण बुझाइ:

१. प्रत्येक व्यक्ति १/३ परमेश्वर

२. परमेश्वर केवल एउटै मात्र व्यक्ति तर बाकी दुई बनाइएको सृष्टि

३. परमेश्वरले आफैलाई तीन अलग अलग रूपमा प्रकट गर्नुभएको

तर उहाँ हाम्रो आयाम भन्दा पर हुनुहुन्छ । जसरी ३d cube लाई २d मा दृश्यावलोकन गर्न सकिँदैन त्यस्तै परमेश्वरको त्रीएकता लाई बुझ्न सकिँदैन ।

अब एउटा फोनले मानिस पनि उ जस्तो होला भनेर सोच्न जसरी त्रुटिपूर्ण हुनेछ हामीले पनि हाम्रो सृष्टि कर्ता हामी जस्तै होला भनेर सोच्नु गलत हुनेछ । उहाँको हरेक सृष्टि गरिएको कुरामा जटिलता पाउँछौं भने उहाँ निश्चिति नै अकल्पनीय तवरले जटिल हुनुपर्छ । उहाँको सृष्टिमा विविधता तर एकता देखिन्छ भने उहाँ पक्कै पनि विविधतामा एकता हुनसक्छ ।

अर्को कुरो, त्रीएकता के उद्दारको लागि आवश्यक छ भन्ने प्रश्न पनि होला । तर यहाँ के ध्यानमा राख्न पर्छ भन्दा परमेश्वर को सहि ज्ञान हामीमा हुनु आवश्यक छ । यदि येशू सृष्टि गरिएका हुन् भने हामीले उहाँको न आराधना गर्न मिल्छ न उहाँको नाउँमा प्रार्थना नै । यदि पवित्र आत्मा केवल एउटा अव्यक्तिगत शक्ति मात्रै हुन् भने उहाँले अगुवाइ गर्ने कार्य र sanctify गर्ने कार्य गर्न सक्नुहुन्न । अनि सृष्टि गरिएको व्यक्ति र केवल एउटा अव्यक्तिगत शक्तिले कसरी उद्दारको काममा लाग्न सक्ला र? किनकि येशू क्रुशमा मर्नु नै जायज देखिँदैन । बलिदान मानिसको लागि हो त्यसैले मानिस नै मर्न पर्ने हुन्छ तर परमेश्वरको क्रोधलाई शान्त पार्न परमेश्वर कै तहको व्यक्तिले मात्रै सक्छ, उहाँको व्यवस्था पूरा केवल उहाँले मात्र गर्न सक्नुहुन्छ । अत: येशू परमेश्वर पनि साथै मानव पनि हुनु आवश्यक छ । यसैगरी पवित्र आत्माले हाम्रो जीवनमा काम गर्न उहाँ एक व्यक्ति नै हुनुपर्छ जसमा चेतना, इच्छा शक्ति र ईश्वरत्त्व छ । तसर्थ मुक्तिका लागि त्रीएक आवश्यक छ या छैन भन्ने प्रश्न नै उठ्दैन । अब मुक्तिलाई असर पार्दैन भनेर त्रीएकतालाई बुझ्ने कष्ट किन गर्नु भनेर भाग्न त खोजिएको होइन होला? तर केवल पापको दासत्त्वबाट मात्र मुक्ति हाम्रो लक्ष्य होइन नि, परमेश्वरलाई जान्नु, अझै चिन्नु हाम्रो उद्देश्य होनि । हैन र? नत्र त जेहोवाका साक्षीहरुले पनि त येहोवा परमेश्वरलाई मान्छन् र येशू लाई आदर दिन्छन् तर हामी किन झूटो शिक्षा भन्दै हिँड्छौँ त? अनि मुसलमानहरुले जब त्रीएकता भनेको अल्लाह, मरियम र येशू हो भन्दा हामीलाई किन आपत्ती हुन्छ ?

तसर्थ, त्रीएकता अत्यन्तै आवश्यक सिद्धान्त हो र हाम्रो विश्वासको मूल जग हो ।

त्रीएकता केही हद सम्म बुझाउन प्रयोगमा ल्याइने उदाहरण र तीनका कमजोरी हरू:

१. अण्डा: बाहिरी खोल, सेतो भाग र पहेँलो भाग तर पनि यो केवल एक अण्डा हो ।

कमजोरी: पिता, पुत्र र पवित्र आत्मा परमेश्वरको अलग अलग भाग होइनन् । न त अण्डाका ती भागहरु आफै पूर्ण अण्डा हुन् जसरी पिता, पुत्र र पवित्र आत्मा आफैंमा पूर्ण परमेश्वर पनि हुनुहुन्छ ।

२. पानी: यो तीन रूपमा व्याप्त ; ठोस, तरल र ग्यास तर सारमा रसायनिक तत्त्व H2O नै हो ।

कमजोरी: तर एउटै पानी एकै समयमा तीन ओटै रूपमा प्रकट हुन सक्छ र ? Triple Point पनि conditional feature हो । परमेश्वरको पिता, पुत्र र आत्मामा प्रकटिकरण एकै समयमा रहि आएको पाइन्छ ।

३. एक व्यक्ति आफ्नो बाबूको छोरा, शिक्षकको शिष्य र दौँतरी मित्रको मित्र हुन सक्छन् । उ एक मात्र व्यक्ति हो तर पनि यहाँ तीन अलग अलग चरित्रमा उ देखिन्छ ।

कमजोरी: उसले एकै समयमा तीन ओटा भूमिका निभाउन सक्दैन तर पालैपालो मात्र त्यस अनुसार व्यवहारमा फरकपन ल्याउन सक्छ । पिता, पुत्र र आत्मामा तीनै जना छुट्टाछुट्टै अन्तर्कृया र कार्यमा सदा सक्रिय छन् ।

४. सूर्यको प्रतिविम्व, किरण र ताप तीन पक्ष छन् तर पनि यो एकै सारतत्त्व हो ।

कमजोरी: पिता, पुत्र र आत्मा तीन पक्षहरु होइनन् । सूर्यको किरण र ताप आफैमा पूर्णत सूर्य होइनन् ।

५. अणु (Atom) मा प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोनको एकता हुन्छ ।

कमजोरी: हर तत्त्वको एटम मा प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन हुन्छ भन्ने छैन । उदाहरण: हाइड्रोजन (ड्युटेरियम र ट्रीटियम बारे उदाहरण दिइएको छैन)

पिता, पुत्र र आत्मा मध्य एक जनालाई मात्र पनि इन्कार गरियो भने परमेश्वरको पहिचान माथि गहिरो असर पर्न जान्छ ।

६. तीन तारे parallel electric circuit: यसमा भोल्टेज उहि रहन्छ तर करेन्ट फरक फरक जान्छ ।

कमजोरी: यसमा सर्किटको कुल करेन्ट प्रत्येक तारबाट जाने करेन्टको जोड हुन्छ । पिता, पुत्र र आत्माको योग भएर कुल एउटा परमेश्वर हुने धारणा बाइबलको शिक्षा सित मेल खाँदैन ।

७. घरमा विविध कोठा हुन्छन् र प्रत्येक कोठा त्यसमा रहनेहरुका लागि एउटा घर जस्तै नै हो ।

कमजोरी: यो दार्शनिक वा भावनात्मक व्याख्या ठहरिन्छ । अण्डाको जस्तै यसको पनि कमजोरी छ ।

८. "प" एउटा ध्वनि हो, व्यन्जन । तर यसका तीन रूप छन्: स्वास सहितको उच्चारण जस्तै: Pen = सुन्दा फेन सुनिन्छ जसलाई aspirated pronunciation बुझिन्छ । अर्को विष्फोटन रहित उच्चारण जस्तैः Top = टप् जसमा प विष्फोटन भएको सुनिँदैन । अन्त्यमा साधारण प उच्चारण ।

कमजोरी: एकै समयमा तीन ओटा उच्चारण सम्भव छैन । र यो फेरि conditional हो । ती तीन ओटा एलोफोन (allophones)  हरु हुन् । पिता, पुत्र र आत्मा एउटै परमेश्वरको प्रकटिकरण हो बिना कुनै शर्त र अवस्था । नत्र यसले modalism तिर लग्छ ।

९. गणितीय सिद्धान्त:

A progression can be in all three distinct progression i.e. A.P., G.P. and H.P. if a=b=c. Yet, the progression is one and a, b and c in it are equal. Likewise, Father, Son and Holy Spirit are equal though distinct but is one God.

कमजोरी: यसमा प्रत्येक व्यक्ति पनि पूर्ण परमेश्वर हुन् भन्ने कुनै बोध कतै पाइन्न ।

१०. आधुनिक सेल वा स्मार्ट फोन कहिले क्यामेराको रूपमा काम गर्छ, कहिले कम्प्युटरको रूपमा त कहिले  फोन कै रूपमा ।

कमजोरी: एकै समयमा अलग अलग कार्य हुन सक्दैन तर परमेश्वरका तीनै व्यक्तिहरु का अलग-अलग कार्य छन् ।

११. भौतिक विज्ञान:

Newton’s first law is the definition of force, second law is the measurement of that force and third law is the property of the force. Yet first and third laws are derived from second law. Likewise, Jesus, who is Son of God, revealed God the Father and granted the coming of Spirit for those who accept and receive him. In this way, one can understand God and can experience him through his spirit.

कमजोरी: त्रीएकतामा सम्बन्धको जगमा बोध गराउन केही सम्म ठिक होला । Trinity is relational. It is about relationship. तर पिता, पुत्र र आत्मामा कुनै derive छैन । आलंकारिक रूपको व्याख्या भयो ।

१२. An electron and a beta particle are essentially the same. An electron of nuclear origin is called a beta particle. Likewise, God and Jesus are essentially the same; however, God in human manifestation is Jesus.

कमजोरी: यो त्रीएकताको उदाहरण हैन ।

१३. Light acts as both wave as well as particle nature. As a wave, it exhibits reflection, refraction, diffraction and polarization. As a particle, it exhibits photoelectric effect. In similar manner, Jesus is a human as well as God. As a human, he born, lived and died, and faced every temptation as we do face in our life. As a God, he exhibits miracles, forgave sins, spoke with authority, lived a sinless life and resurrected after death.

कमजोरी: यो त हापोस्ट्याटिक यूनिअन (Hypostatic Union) को लागि जस्तो देखिन्छ तर त्रीएकको लागि हैन ।

यी त केही उदाहरण र तीनका कमजोरीहरु मात्र हुन् । निश्चय नै हामीले त्रीएकतालाई कुनै पनि किसिमको उदाहरणले छर्लङ्ग पार्न सक्दैनौं । तर यति पक्का छ कि रोमी १:२० ले भने झैँ उहाँ बारे केही हद सम्म हामी प्राकृतिक उदाहरणहरुबाट पनि जान्न सक्छौं र अड्कल लगाउन सक्छौं तर पुरा भर भने पर्न सक्दैनौं ।

In Podcast:

Here 

In pdf as well: 

Get the Session 1 here

Post a Comment

0 Comments