Advertisement

Responsive Advertisement

अन्य भाषालाई उचित रूपले विशलेषण गरौँ!

 


नोट: यो लेख एकेडेमिक नभएर एक नितान्त विचार हो!


अन्य भाषाको दुरुपयोग भएको बारे मिम बनाएर सचेत गराउन सकिन्छ तर अन्य भाषालाई नै जथाभावी लेखेर कृपया मिम वा पोस्ट नबनाऔँ । ख्याल गर्नुहोस् कि पावल आफैंले पनि यस्तो गरेनन् तर मण्डलीलाई यस बारे सचेत चाहिँ गराए ।

आज अन्य भाषाको बारे सचेत गराउने भन्दा पनि जथाभावी अन्य भाषाका शब्द र वाक्यांश लेखेर गिल्ला गर्ने प्रचलन बढेको देखिन्छ । अईसाई जगतमा त कोभिडको समयमा विविध गीत, टिक टक भिडियो, फिल्मी भिडियो, मिम पोस्टहरू मार्फत अन्य भाषाको गिल्ला गरिएकै थियो तर यस्तो गिल्ला ख्रीष्टियान जगत भित्र पनि कतिपयले गर्ने गरेका छन् (यद्दपि, उहाँहरूको मात्रै गल्ती छ भन्न खोजिएको चाहिं होइन!)|

 हो, कतिपय मण्डलीले अन्य भाषालाई "अज्ञात भाषा" को रूपमा मान्दैनन् । तर यो सोच्न पनि गलत ठहरिन्छ कि अन्य भाषामा बोल्ने मण्डलीले नबुझ्ने शैलीमा बोल्दा त्यो अबाइबलीय हो, नाटक हो, नक्कल हो, मनोबैज्ञानिक असर मात्रै हो, आदि । किनकि अन्य भाषाको काम विविध तवरले संसार भर भएको गवाही पाउन सकिन्छ । बुझिने र नबुझ्ने दुबै भाषामा नै अन्य भाषा प्रयोगमा आएको गवाहीहरू पाउन सकिन्छ । बरु अन्य भाषामा बोल्नेहरू सित व्यक्तिगत रूपले उनीहरूको अनुभव र जीवनमा फलिएको फल बारे सोधपुछ गरेर अनुसन्धान गर्न सकिन्छ ! वचनमा अन्य भाषा सम्बन्धि वचनहरूलाई सन्दर्भ, इतिहास, प्रचलन, प्रयोग र बुझाईका आधारमा विश्लेषण गर्न सकिन्छ । अन्य भाषा बोल्ने हरूको गिल्ला गरेर, अन्य भाषालाई जथाभावी लेखेर हुने फाइदा केही छैन ।

अनि अन्य भाषा बोल्ने हरू पनि सचेत हुन जरुरी छ! केवल आत्मिक उन्नति हुन्छ भनेर बोल्ने मात्रै होइन तर यसको बाइबल अनुसारको सिद्धान्त के हो, आफू साँच्चै अन्य भाषामा बोलेको होकि होइन, जीवनमा कस्तो फल फलिरहेको छ, अनुभवहरू कस्ता छन् आदि कुराहरूलाई सदैव जाँचिरहनु पर्दछ ! केवल भावनामा, अनुभवमा रमाएर मात्रै कुनै फाइदा छैन ।

साथै आफूले पायो भनेर पवित्र आत्मा आफूमा रहेछ र अरुले बोलेन भनेर उसलाई पनि बोल्न बाध्य पार्ने वातावरण कदापि सृजना गर्नुहुन्न किनकि अन्य भाषामा बोल्नु एक वरदान हो तर पवित्र आत्माको प्रमाणीकरण होइन । कतिपय मण्डलीले सदियौँ देखि अन्य भाषामा मात्रै जोड दिने गरेको पाइन्छ । कुनै मण्डलीले त अन्य भाषा नबोले सम्म छोड्दैन पनि । यी सब गलत बुझाइका परिणाम हुन् । अब कसैले प्रार्थना बेला, आराधना बेला अन्य भाषा पाउँछ भने प्रभुको स्तुति होस् र उसले राम्रो सँग यस वरदानको प्रयोग पनि गरोस् । तर बलजफ्ती कसैलाई पनि अन्य भाषा बोल्नलाई जोड दिइने काम भने कदापि बाइबलीय तरिका होइन । हाम्रो केन्द्र ख्रीष्ट हुनुहुन्छ अन्य भाषा होइन । अन्य भाषालाई मूर्तिपूजा जस्तो साधन नबनाऔँ ।

अझै भनौं भने हाइपर क्याजम्याटिक समूहहरू माझ यस सम्बन्धि अनेकौं अनौठा शिक्षाहरू समेत छन् जसले अन्य भाषालाई एक आत्मिकी हतियार सम्मको रूपमा सिकाउँछन् । जुन बुझाइमा खोट कोरिन्थ मण्डलीमा भएको थियो त्यो आज सम्म पनि कायम नै छ । अन्य भाषालाई आत्मिकी स्तरको मापन गर्ने यन्त्र बनाउने, एक शक्तिशाली डुनामिसको रूपमा प्रस्तुत गर्ने आदि जस्ता अनौठा सिद्धान्तहरू आज पनि प्रबल छन् । यी कुराहरूमा सुधार ल्याउनु आवश्यक छ!

अन्त्यमा, अन्य भाषाका कारण उब्जेको तीतो र वृहत बहसको वातावरणलाई होशियारपूर्वक विश्लेषण गर्न आवश्यक छ । यसका लागि स्वस्थ पेन्तिकोस्तल र क्यारिजम्याटिक समूहहरूले नै कदम चाल्न पर्छ किनकि उनीहरूले नै सिद्धान्त अनि अनुभव दुबैलाई बुझेका हुन्छन् । नत्रता अब आउने युगमा यस सम्बन्धि झन ठूल्ठूला विवाद र अनौठा शिक्षाहरू उब्जिन सक्नेछन् र सुसमाचारलाई तगारो पर्न जानेछ ! ख्याल गर्नुहोस्, अन्य भाषालाई मनाही नगर भनेका पावल आफैंले पनि मण्डलीको हितका लागि आग्रह गरेका छन् !


अन्य भाषा संसारिक भाषाहरू कै रुपमा पनि देखा परेका गवाहीहरू: यहाँ क्लिक गर्नुहोस्!


अब केही सामग्रीहरू आफैं हेर्नुहोस्:





***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


Post a Comment

3 Comments