Advertisement

Responsive Advertisement

टभ सनातन धर्म? येशू जस्तै मशीहहरू उत्पादन गर्ने? व्यवस्थाहरू पुनःस्थापन गराउने? ५२ पुस्तकहरूलाई मात्रै मान्यता दिने? सतावट अब नहुने ?

 






भिडियोलाई १९:५९ समयबाट हेर्दै जानुहोला: यहाँ!


सनातन धर्म? अन्त्यका दिनहरूमा जागी उठेको टभ युग? येशू जस्तै मशीहहरू उत्पादन गर्ने? व्यवस्थाहरू पुनःस्थापन गराउने? ५२ पुस्तकहरूलाई मात्रै मान्यता दिने? सतावट अब नहुने ?

 

यिनको तर्कहरूलाई गहिरिएर विश्लेषण गरौँ !

 

 येशूले व्यवस्था पूरा गर्न आउनुभएको होकि पुनःस्थापन गर्न? येशूमा नै पुराना करारका समस्त व्यवस्थाहरू पूरा भए र आज हामी अनुग्रहको युगमा छौँ । हो, हामी १० आज्ञाहरूलाई पालना गर्छौँ किनकि ती परमेश्वर द्वारा स्थापित उहाँ र मानिसहरू सित हामीले कायम गर्नुपर्ने सम्बन्धको विषयमा  एक मापदण्ड हो [i] यसलाई एक प्रकारले पुराना करारको समस्त व्यवस्थाहरूको सारांश भनेर मानिन्छ |[ii] तर हामी पुराना करारका अन्य व्यवस्थाहरूलाई पालना गर्दैनौँ । कतिपय व्यवस्था र विधिहरू इस्राएलीहरूलाई अरु जातिहरूबाट अलग देखाउन दिइएका थिए । कतिपय परमेश्वर प्रति कसरी आज्ञाकारी हुने, उहाँलाई खुशी पार्ने र उहाँको आराधना गर्ने बारे थिए |[iii] कतिपय आउने वाला ख्रीष्टमा पूरा हुने छायाँ मात्रै थिए ।[iv] आज हामी व्यवस्थाको अधीनमा छैनौँ [गलाती ३:२३, एफिसी २:१५, रोमी ६:१६, १०:४] बरु ख्रीष्टको व्यवस्थाको अधीनमा छौँ [गलाती ६:२, मत्ती २२:३७-३९, ४०] अधिकांस पुराना करारका व्यवस्थाहरू ‘परमेश्वरलाई गर्ने प्रेम र आफ्नो छिमेकीलाई गर्ने प्रेम’ माथि नै अडिएको पाइन्छ | तसर्थ, आज ती व्यवस्थाहरू हाम्रा लागि केवल मार्ग दर्शकको रुपमा मात्र सान्दर्भिक हुन सक्छन् तर ख्याल गर्न पर्ने कुरा यो छ कि, व्यवस्था निकै गम्भीर भार थियो र कि सबै हुन पर्दथ्यो वा एउटा पनि हुनु हुँदैनथ्यो [याकूब २:१०]| मानिसले कहिले पूरा नगर्न सकिने व्यवस्था हाम्रो सट्टा पूरा गरी हामीलाई पूर्ण छुट्कारा दिनलाई नै येशू आउनुभयो।[v] व्यवस्थाको मूल उद्देश्य नै मानिस आफैंले व्यवस्था पालना गर्न सक्दैन र मुक्तिदाताको खाँचो छ भनी बोध गराउनु थियो [रोमी ७:७-९, गलाती ३:२४]| ख्याल रहोस् कि, व्यवस्था कै मुद्दा लिएर पावल आफैंले कसरी पत्रुसलाई हप्की दिएका थिए [गलाती २:११-१४]!

 

 अनि ख्रीष्ट येशू जस्तै हजारौं मशीह निकाल्ने यो एजेन्डा बोकेको नयाँ धर्म के साँच्चै नै सत्य शिक्षा मान्न सकिन्छ ? यो त ख्रीष्ट चेतनावाद/ Christ Consciousness जस्तै अवधारणा देखिन्छ ![vi] अथवा, हाल वर्तमान मण्डली जगतमा प्रचलित अनौठो शिक्षा ‘मानिस परमेश्वर हुन्’ सरहको बुझाइ देखिन्छ | केन्योनका New Creation Realities, Hidden man आदि सिद्धान्तहरु, बाइबलमा येशू भएको ठाउँहरुमा आफ्नो नाम राखी पढ्ने केन्नतको शिक्षा, मोरिस सेरुल्लोको ] End time manifestation of the Sons of God आदि शिक्षाहरु झूठा हुन्। क्रेप्लोले मानिसलाई परमेश्वर बनाउन अर्को तर्क गर्छन्। उत्पत्तीमा सबै जीवले आफु जस्तो जीव उत्पादन गरेको कुरालाई, जस्तै कागले कागलाई, बाँदरले बाँदरलाई त्यस्तै परमेश्वरले पनि परमेश्वर नै बनाउनुहुन्छ भनी उनले तर्क गर्छन् र बेन्नी हिनले पनि यही कुरालाई प्रस्तुत गरी हामी सबै सानो मसीहहरु हुन्, फुच्चे परमेश्वरहरु हुन् भनी सिकाउँछ।[vii] साँचो मशीह येशू स्वयं हुनुहुन्छ । ख्रीष्टियान विश्वासको मूल लक्ष येशू जस्तै मशीह निकाल्नु होइन तर उहाँ जस्तै परमेश्वरका पुत्रहरू निकाल्नु चाहिँ हो [रोमी ८:१९, २९] । येशू माथि विश्वास गरेर आत्मामा नयाँ जन्म पाएका सबै जना नयाँ सृष्टि हुन् [यूहना ३:१६, १:१२, रोमी ५:१२-२१, २ कोरिन्थी ५:१७, आदि]

 

 अनि ५२ पुस्तकहरू मात्रै मान्छौँ भन्दा के यिनलाई क्याननको बारे केही जानकारी छैन र? नयाँ करारमा प्रेरितहरू के आधारमा छनौट गरिए, पत्रहरू कसरी र किन राखिए भन्ने बारे ज्ञान यिनलाई छैन र? अनि १४ वटा पुस्तकहरूले ख्रीष्ट येशूको अपमान गरे, व्यवस्थाको अपमान गरे रे? नयाँ करारका कुनै पनि पुस्तकहरू येशू विरुद्ध छैनन् बरु ख्रीष्टियान विश्वासलाई अझै स्पष्ट पार्ने, ख्रीष्टमा परमेश्वर र हामी बीच स्थापित भएको नयाँ सम्बन्धलाई स्पष्ट पार्ने र ख्रीष्टियान हुनु भनेको के हो भन्ने बारे विश्लेषण हो । सुसमाचार बाहेक सबै पत्रहरू आधिकारिकता प्राप्त भएका पत्रहरू नै हुन् जुन होशियारपूर्वक परिक्षण मार्फत बाइबलमा समावेश गरिए ।[viii]

 

मत्ती २३:३४ पद? यहाँ सतावट भन्दा सुरक्षा बढी छ?  

एक त माथीको पद अनुसार सतावट भन्दा बढी सुरक्षा हुनेछ भन्ने अवधारणा आफैंमा विफल भएको देखिन्छ । उक्त पद अनुसार परमेश्वरले सन्देशवाहक र प्रचारकहरू पठाउनुहुनेछ जो इस्राएली इतिहासमा झैँ खेदो र काटमारमा पर्नेछन् ।[ix] येशूको पुनरुत्थान पछि नै यी सब खेदो हुन थालिसकेका थिए । अर्को कुरो, येशू आफैंले पनि ख्रीष्टियान जीवन सतावट बिनाको जीवन हुने कुरोको प्रतिज्ञा कतै गर्नुभएको छैन बरु आफ्ना चेलाहरूलाई सान्त्वना दिनुभएको छ कि साहस गर्नु [यूहना १५:२०, १६:३३ आदि] Prosperity? Seeking the True Gospel नामक पुस्तकले पनि सतावटको विषयमा धेरै वर्णन गर्दछ | हामी कोहि पनि सतावट देखि अलग छैनौँ | सतावट भन्दा सुरक्षा बढी हुन्छ भन्दा त समृद्धिको सुसमाचार जस्तै यो धर्म देखिन पुग्यो !

तसर्थ, यस टभ सनातन धर्मलाई हामीले कुनै हालतमा पनि बाइबलीय ठहर गर्न सक्दैनौँ | हामी सबै मण्डली यस्ता बेलाबखतमा आइरहने अभियान र नयाँ सम्प्रदाय वा कल्ट देखि एकदमै होशियार हुनु पर्दछ | यस्ता अनावश्यक अभियानले ऐतिहासिक ख्रीष्ट्मतलाई नै ओझेलमा पार्ने काम भइरहेको छ | आज हामीले हाम्रो मण्डलीलाई सचेत गराउन नितान्त आवश्यक देखिन्छ |  

***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 



[i] Roger Weil, Foundations of the Christian Faith (London: Grace Publications Trust, 2017), 26.

[ii] “Do Christians Have to Obey the Old Testament Law?,” GotQuestions.Org, accessed August 7, 2024, https://www.gotquestions.org/Christian-law.html.

[iii] Ibid.

[iv] “What Is the Difference between the Ceremonial Law, the Moral Law, and the Judicial Law in the Old Testament?,” GotQuestions.Org, accessed August 7, 2024, https://www.gotquestions.org/ceremonial-law.html.

[v] अहिलेका प्रचलित झूटा शिक्षाहरु,” NepalChurch.Com, August 13, 2013, accessed August 7, 2024, https://nepalchurch.com/5259/%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%85/.

[vi] New Ager Distorts the Meaning of Christ, 2022, accessed August 7, 2024, https://www.youtube.com/watch?v=gfNfExXO72c.

[vii] अहिलेका प्रचलित झूटा शिक्षाहरु.”

[viii] Weil, Foundations of the Christian Faith, 32–35.

[ix] “What Does Matthew 23:34 Mean?,” BibleRef.Com, accessed August 8, 2024, https://www.bibleref.com/Matthew/23/Matthew-23-34.html.


Post a Comment

0 Comments